भर्खरै :

भारतमा अस्ट्राजेनेका – अक्सफोर्डको खोप

‘नयाँ दिल्ली, ११ पुस । भारतले आगामी साता आकस्मिक प्रयोजनको लागि अस्ट्राजेनेका र अक्सफोर्ड विश्वविद्यालयले विकास गरेको खोपलाई प्रयोग गर्न अनुमति दिने समाचार स्रोतहरूले बताएका छन् । सो खोपको स्थानीय उत्पादकले भारत सरकारले मागेका थप तथ्याङ्क बुझाएपछि भारतमा त्यो खोप प्रयोगमा आउने सम्भावना बढेको उनीहरूले बताएका छन् ।
कदाचित भारत सरकारले खोप प्रयोगको अनुमति दिए बेलायती औषधि कम्पनी अस्ट्राजेनेकाले बनाएको सो खोप प्रयोगको लागि सकारात्मक सङ्केत गर्ने भारत पहिलो देश बन्नेछ । भारतले आगामी महिनाबाट आफ्ना नागरिकलाई कोभिडको खोप दिने योजना बनाइरहेको छ । भारत सरकारले पिफाइजर र स्थानीय भारत बायोटेकले बनाइरहेको खोपको आपत्कालीन प्रयोगको लागि पनि आवश्यक प्रक्रिया अघि बढाइरहेको छ ।
हालसम्म खोपको सार्वजनिक प्रयोग गरिएका देशहरू
बेलायत
संयुक्त अरब इमिरेट्स
चीन
संरा अमेरिका
क्यानाडा
साउदी अरब
इजरायल
कतार
मेक्सिको
सर्विया
कुवेत
चिली
रुस
कोस्टारिका
हङ्गेरी
संसारकै सबभन्दा बढी जनसङ्ख्या भएको र सबभन्दा बढी सङ्क्रमण दर भएको देश भारतमा खोप लगाउनुलाई महामारीविरूद्धको लडाइँमा उल्लेखनीय कदम मानिएको छ ।
न्यून आय र गर्मी हावापानीका देशको निम्ति अस्ट्राजेनेका–अक्सफोर्डको खोप उपयोगी भएको बताइएको छ । यो खोप सस्तो, ढुवानीमा सहज र सामान्य तापक्रममा पनि लामो समयसम्म भण्डारण गर्न मिल्ने भएकोले उपयोगी मानिएको हो ।
गत डिसेम्बरमा भारतको केन्द्रीय औषधि मापदण्ड नियन्त्रण सङ्गठनले तीन वटा कम्पनीहरूसँग खोप खरिदको प्रस्ताव मागेको थियो । तीमध्ये अस्ट्राजेनेकाको खोप भारतमा उत्पादन गर्ने ठेक्का पाएको सेरम इन्स्टिच्युट अफ इन्डियासँग थप जानकारीको माग गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *