भर्खरै :

कुलङ्गार साथीहरूलाई अन्तिम पत्र

प्रिय साथी,
षड्यन्त्रकारी को हो
तिमी या म ?
भित्रभित्र षड्यन्त्र गर्ने
महाभियोगको, अनि
अगाडि ज्यू–हजुरीको
अभिनय गर्ने ?
साथी, षड्यन्त्रकारी
तिमी हौ या म ?
एक–एक पाइला गरेर
बुद्धिचालको चालजस्तै
मुख्य–मुख्य ठाउँमा
उपराष्ट्रपति
सभामुख र अन्य पदहरू
घोडा, उँट र हात्तीजस्तै
राख्दै जाने
न्यायाधीश आदि
आयोग र सचिव पदमा
आफ्नै आउरे–बाउरे
अनि, फेरि तिमीले नै
मलाई अन्यायी ठह¥याउने ?
प्रिय साथी भन त !
विदेशीले रोपेको त्यो काँडा
दुई अध्यक्षको झगडा !
मेरो मृत्युको मिति तोकेर
के तिमीले मलाई
गुन लाएका हौ ?
ठीकै छ साथी, अब
हाम्रो पानी बाराबार भयो
म हत्यारा, भ्रष्टाचारी
र ठगहरूलाई
पदको सिफारिस गर्दिनँ
जनताका हत्याराहरूलाई
स–साना बालक मार्नेहरूलाई
सुन–पानी छर्कन तयार छुइनँ !
प्रिय साथी,
म विदेशीको पाउ मल्दिनँ
म विदेशीको आदेश सुन्दिनँ,
म देशको विरोधमा
कलम चोप्दिनँ
हाम्रो बाटो अलग भयो
म आफ्नो बाटोमा छु
तिमी आफ्नै बाटो लाग !
जहाँ काँडा धेरै छन्
साथी सबै झूटा छन्,
तिम्रो मृत्युमा खालि
म ‘विचरा’ मात्र
भन्न सक्छु,
तिम्रो शोक गीत गाउँदिनँ !

Leave a Reply

Your email address will not be published. Required fields are marked *