चामुण्डा बिन्द्रासैनीमा समाजवाद र साम्यवादको अपरिहार्यताबारे अन्तरक्रिया
- जेष्ठ ३, २०८३
भक्तपुर, १३ पुस । “राणा र पञ्चहरूको पालामा पनि ठूल–ठूला भवनहरू बने, बाटोघाटो निर्माण भए तर सन्तुलित विकास नभएकोले जनताले सुख पाएनन् । आज बहुदल आएको तीन दशक नाघिसकेको छ तर जनताको अवस्था दिनप्रतिदिन कमजोर हुँदै गइरहेको छ । सन्तुलित विकासको अवधारणालाई बुभ्mन नसक्दा देशको अवस्था जटिल बन्दै गएको छ । शासक दलहरूले विकासको नाममा राज्यकोषको चरम दुरुपयोग गर्ने गरेको कारण देशको अर्थतन्त्र थप कमजोर भएको हो ।”
उक्त कुरा शारदा माविको भवन शिलान्यासको क्रममा आज विद्यालय प्राङ्गणमा आयोजित भेलामा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सचिव प्रेम सुवालले व्यक्त गर्नुभएको हो । जनताको सांस्कृतिक स्तर वृद्धि नभएसम्म अग्ला– अग्ला भवन र बाटोघाटोले मात्र विकासको मापन नगर्ने स्पष्ट पार्दै उहाँले दूरदर्शिताको अभावमा भएको अव्यवस्थित प्लटिङले हाम्रो सभ्यतामा आँच पुगेको बताउनुभयो । दशकौँसम्म सत्ताको वरपर बसेर देश र जनताको लागि केही उल्लेखनीय काम नगर्ने शासक दलका नेताहरूले भक्तपुर विकास नभएको भन्नु विकासको अवधारणाबारे कुनै जानकारी नै नभएको प्रमाण हो, ठेक्कापट्टामा रमाउने र कमिसन खान पल्केकाहरूले सन्तुलित विकासको कुरा नगर्ने पनि उहाँले स्पष्ट पार्नुभयो ।
देशको समग्र विकासमा शिक्षा र स्वास्थ्य निःशुल्क गर्नुपर्ने नेमकिपाको आवाजलाई नसुन्ने र विकासका आधारभूत कुराहरूलाई निजीकरण गर्ने २०४६ सालपछिका शासकहरूले आज गरिब वा आर्थिकरूपले पिछडिएका समुदायलाई शिक्षाबाट वञ्चित गर्ने काम गरिरहेको विचार उहाँले व्यक्त गर्नुुभयो ।
उहाँले अगाडि भन्नुभयो, “संसदीय व्यवस्थामा प्रधानमन्त्रीसँग भरेको बन्दुक हुने गर्दछ, आज त्यसैको प्रयोगले संसद् विघटन गरी ताजा जनादेशको लागि मध्यावधि निर्वाचनको लागि आह्वान गर्नु सकारात्मक हो ।”
अतिथि सुवालले माटो जोडाइको घर वा भवनहरू भूकम्पप्रतिरोधी हुने चर्चा गर्दै सभ्यता जोगाउन सरकारले पहल गर्नुपर्ने बताउनुभयो ।
नेपाल मजदुर किसान पार्टी केन्द्रीय सदस्य तथा बाग्मती प्रदेश सांसद सुरेन्द्रराज गोसाईले देशका ठूला दल र त्यसका नेताहरू दलीय भागबन्डामा तल्लीन रहँदा देशले आजको स्थिति भोग्नुपरेको बताउनुभयो । उहाँले एक्काइसौँ शताब्दीका शिक्षकहरूमा आधुनिक समय सुहाउँदो दक्षता र सीप हासिल गर्न प्रेरित गर्नुपर्नेमा जोड दिँदै सामूहिक हितको लागि सामूहिक मेहनत र गतिशील प्रशासन आवश्यक हुने बताउनुभयो ।
भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले भक्तपुर नगरपालिका सामुदायिक विद्यालयलाई अगाडि बढाउने योजनाका साथ अघि बढेको बताउनुभयो । सरकारले भूकम्प प्रतिरोधी भवनको नीतिगत ढाँचा तयार हुनुपर्नेमा जोड दिँदै अतिथि जोशीले सरकारले पुरातात्विक र प्राचीन भवनको महत्वलाई बुझ्न नसकेको बताउनुभयो । उहाँले सम्पदा जोगाउने काममा अरूको मुख नताकी अग्रजहरूका सपना र सम्पदाप्रतिको चाहनालाई ध्यानमा राखेर नगरपालिका अगाडि बढेको विचार व्यक्त गर्नुभयो ।
भनपा २ का वडाध्यक्ष हरिप्रसाद बासुकलाले विद्यालयको भवन मौलिक शैलीमा निर्माण हुनु सुखद भएको बताउँदै शिक्षामा देशको लागि भनपाले उदाहरणीय कार्य गरिरहेको बताउनुभयो ।
सभापतिको आसनबाट विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्र हाडाले पुनःनिर्माण हुन लागेको भवन २ वर्षमा सम्पन्न गर्ने लक्ष्य रहेको र भवन परम्परागत एवम् मौलिक शैलीमा बन्ने जानकारी गराउनुभयो ।
विद्यालयका भूपू शिक्षक प्रेमगोपाल कर्माचार्य, प्रधानाध्यापक रोशनराज तुइतुई, शिक्षक सुन्दर राजचललगायतले बोल्नुभएको थियो । उक्त भेलामा भूपू शिक्षक प्रेमगोपाल कर्माचार्यले भवन निर्माणको लागि आप्mनो तर्फबाट रु. १ लाख आर्थिक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।
Leave a Reply