भर्खरै :

सन् २०२० लाई बिदा र सन् २०२१ लाई स्वागत !

समय अनन्त छ र संसार पनि अनन्त छ । तर, सन् २०२० ले हामीसँग बिदा लियो । सन् २०२० ले बिदा लिनुभन्दा पहिले संसारमा लामो समयसम्म प्रभाव पार्ने अनेक घटना भए । ‘कोरोना भाइरस’ को कारण हुने कोभिड – १९ रोगले पृथ्वीका सबै महादेश एवम् टापु राज्यका जनतालाई आतङ्कित पा¥यो ! धनी र गरिब सबै जनताले पीडा भोगे ।
विकसित सम्झिएका कतिपय देश कोभिड – १९ बाट मुक्ति पाउन बाइबल र चर्चको शरणमा गए । भारतमा प्रधानमन्त्री मोदीले मन्दिर गएर बत्ती बालेर भजन गरे । धर्मभीरु र अन्धविश्वासी जनतालाई झनै निरुत्साहित बनाउने काम भयो । वैज्ञानिक चिन्तनबारे जोड दिइएन । तर, भारतीय वैज्ञानिक, सम्बन्धित रोग विशेषज्ञ, चिकित्सक एवम् स्वास्थ्यकर्मीले ज्यानको बाजी लगाएर रोगको विरुद्ध सङ्घर्ष गरे ।
नेपालका चिकित्सक एवम् स्वास्थ्यकर्मी पनि आफ्नो घर –परिवारको माया र चिन्ता मनमा राख्दै अस्पतालमा भर्ना भएका रोगीको सेवामा समर्पित भए । तर, यस मामिलामा शासक दल, प्रमुख प्रतिपक्ष एवम् विभिन्न राजनैतिक दलहरू आ–आफ्नो कर्तव्य बिर्सेर बसे ।

सन् २०२१ मा चिनियाँ कम्युनिस्ट पार्टी स्थापनाको सय वर्षमा पदार्पण गर्छ । समाजवाद र साम्यवादमा पुग्ने दुईसय वर्षको आकाङ्क्षा र योजनाको यो पहिलो वर्ष हो । छिट्टै नै संरा अमेरिकामा नेतृत्व बदलिँदै छ र पेरिस सम्झौतामा फर्कने लक्षण देखिँदै छ । एसिया र अफ्रिकी देशमा पनि आर्थिक विकासले फड्को मार्ने सम्भावना बढेको छ । चीनको कृषि, उद्योग, व्यापार, विज्ञान एवम् प्रविधिको विकासले संसारलाई सकारात्मक प्रभाव पार्नेबारे दुईमत नहोला ! स्वागत छ, सन् २०२१ लाई !

छिमेकी जनवादी गणतन्त्र चीनमा कोभिड– १९ लाई ठूलै शत्रु वा रोगको रूपमा बुझेर चिनियाँ कम्युनिस्ट पार्टी, सरकार, कर्मचारी, जनसेना, पार्टी कार्यकर्ता, वैज्ञानिक, चिकित्सक, स्वास्थ्यकर्मी एवम् सम्पूर्ण जनता रोग नियन्त्रणको सङ्घर्षमा हामफाले ।
रोगको निदान, अनुसन्धान, औषधी र स्वास्थ्य सेवाका उपकरण एवम् आवश्यक सामानको उत्पादन तथा वितरणलाई सँगसँगै अगाडि बढाउँदै चीनले एक हप्ताभित्रै ठूल – ठूला अस्पतालहरू निर्माण ग¥यो । सबैलाई आश्चर्यचकित पार्दै चीनले सारा संसारलाई सेवा पु¥याइरहेको छ । कोभिड – १९ विरुद्धको लडाइँमा प्राप्त आफ्नो अनुभव र अन्य देशका अनुभव एवम् स्वास्थ्य सेवाका उपकरणको आदानप्रदान गरेर चीनले आफ्नो अन्तर्राष्ट्रिय कर्तव्य पूरा गरिरहेको छ । यसमा चिनियाँ कम्युनिस्ट पार्टीका महासचिव र चिनियाँ राष्ट्रपति सी चिन फिङ धन्यवादका पात्र हुनुहुन्छ ।
ठीक त्यही समयमा संरा अमेरिकी राष्ट्रपति ट्रम्प कोरोनालाई सामान्य रोग सम्झँदै, साझा सरोकारको विषय भएकाले मिलेर समस्या समाधान गर्ने चीनको सल्लाह र अनुरोधलाई पन्छाएर आफ्नो अन्तर्राष्ट्रिय कर्तव्य र दायित्वबाट पन्छिए ।
त्यसैबेला अमेरिकी प्रहरीबाट भएको जर्ज फ्लोयडको हत्याको विरोधलाई राष्ट्रपति ट्रम्पले ‘अराजकतावादी’, ‘वामपन्थी’, ‘कम्युनिस्ट’ र ‘उप्रदव’ हरूको वितण्डाको नाम दिए । भेदभाव एवम् अन्यायको विरोधमा अमेरिकादेखि अस्ट्रेलिया र युरोपदेखि एसिया तथा अफ्रिकासम्म प्रदर्शन, जनसभा र सङ्घर्षहरू भए ।
सन् २०२० मै चीनले गाउँका १० करोड जनतालाई गरिबीबाट मुक्त गरेर संसारमा नयाँ उदाहरण प्रस्तुत ग¥यो । गत सालमै मङ्गल ग्रह र चन्द्रमामा अवतरण गर्दै त्यहाँका चट्टानहरू ल्याएर अनुसन्धान सुरु ग¥यो र समुद्रको गहिराइमा आधुनिक पनडुब्वी पु¥याई नयाँ – नयाँ वैज्ञानिक पाइलामा सफलता प्राप्त ग¥यो ।
सन् २०२१ मा चिनियाँ कम्युनिस्ट पार्टी स्थापनाको सय वर्षमा पदार्पण गर्छ । समाजवाद र साम्यवादमा पुग्ने दुईसय वर्षको आकाङ्क्षा र योजनाको यो पहिलो वर्ष हो । छिट्टै नै संरा अमेरिकामा नेतृत्व बदलिँदै छ र पेरिस सम्झौतामा फर्कने लक्षण देखिँदै छ । एसिया र अफ्रिकी देशमा पनि आर्थिक विकासले फड्को मार्ने सम्भावना बढेको छ । चीनको कृषि, उद्योग, व्यापार, विज्ञान एवम् प्रविधिको विकासले संसारलाई सकारात्मक प्रभाव पार्नेबारे दुईमत नहोला ! स्वागत छ, सन् २०२१ लाई !

Leave a Reply

Your email address will not be published. Required fields are marked *