भर्खरै :

ट्रम्प समर्थकहरू हिंसात्मक गतिविधिमा

अमेरिकी राष्ट्रपतीय चुनावी परिणामलाई प्रमाणीकरण गर्ने समारोह हिंसात्मक गतिविधिमा परिणत भएको छ । राष्ट्रपतीय निर्वाचनमा ट्रम्प हारेको जगजाहेर छ । तर, पनि ट्रम्पका रिपब्लिकन समर्थकहरू बाइडेनको जितलाई मानिरहेका छैनन् । उनको जितलाई रोक्ने प्रयास गर्दा हिंसात्मक घटना भयो । उक्त घटनामा ट्रम्पका समर्थक चार जनाको मृत्यु भइसकेको छ भने पचास जनाभन्दा बढी गिरफ्तारी भएका छन् । हिंसात्मक गतिविधि रोक्न संयुक्त राज्य अमेरिकाको राजधानी वासिङ्टनमा कफ्र्यु जारी गरिएको छ ।
ट्रम्पको पक्षबाट भएको हिंसात्मक गतिविधिको बेलायत, क्यानाडालगायतले विरोध गरेका छन् । निर्वाचनमा हारेपछि सहज ढङ्गले पद हस्तारण गर्नुपर्नेमा अनेक निहुँ खोजेर बाधा व्यवधान पु¥याउने छलछाम गर्नु प्रजातान्त्रिक अभ्यास होइन । प्रजातान्त्रिक मूल्य र मान्यता कुल्चेर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलबार आफ्नै उपराष्ट्रपतिमाथि जो बाइडेनको जित सद नगराउन दबाब दिए । त्यसरी नै यसअघि निर्वाचनको मतगणना रोक्न र मत परिणाम रोक्न राष्ट्रपति ट्रम्पले न्यायाधीशहरूलाई दबाब दिए । तर, राष्ट्रपति ट्रम्पले जति जसलाई दबाब दिए पनि न्यायाधीशहरूले उनको कुरा स्वीकारेनन्, पत्याएनन् । यसरी राष्ट्रपति ट्रम्प आफ्नो देशमा मात्र होइन संसारमै बदनामका पात्र बने ।
शक्तिको मातमा चढेका राष्ट्रपति ट्रम्प संयुक्त राज्य अमेरिकाको अहिलेसम्मकै बदनामी राष्ट्रपति बनेका छन् । वास्तवमै उनी राजनीतिक सुझबुझ नभएका राष्ट्रपति हुन् । निर्वाचित राष्ट्रपति बाइडेनको जितको प्रमाणीकरणविरुद्ध मतदान गर्ने चाल प्रजातान्त्रिक अभ्यास होइन । यही अभ्यासको कारण संसद् भवनमा आक्रमण भयो, हिंसात्मक घटना घट्यो र कफ्र्यु जारी गर्न बाध्य भयो । निर्वाचित राष्ट्रपति बाइडेनलाई पद हस्तान्तरण गर्ने मिति नजिकिँदै गएपछि वासिङ्टनमा राजनीतिक तनाव बढिरहेको छ ।
राष्ट्रपति ट्रम्पले राष्ट्रपतिमा आफू हारेपछि पहिले नै त्यति सजिलै पद हस्तान्तरण नगर्ने बताएका थिए । जनताले आफूलाई हराएपछि पनि सजिलै पद हस्तान्तरण नगर्ने भन्नुको अर्थ उपद्रव गर्नु नै हो । ट्रम्पले संसद् भवनमा आक्रमण गरेर हिंसात्मक कार्य गरे, अराजनीनिक गतिविधि गरे । राष्ट्रपति ट्रम्पले यस्तो गतिविधि गर्नुहुँदैनथ्यो । यो निर्वाचन सदाको लागि होइन । जनताको सेवा गरेर ट्रम्प पक्षधर पार्टीले अर्काे निर्वाचनमा जित्न सक्छ । एक पटक हा¥यो भन्दैमा निराश हुने, निराश भएर रिस जहाँतहीँ पोख्ने होइन । यसले ट्रम्प र ट्रम्पको पार्टी रिपब्लिकन सधैँको लागि जनताको नजरमा कालोसूचीमा पर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *