भर्खरै :

काङ्ग्रेसको आन्दोलन कि सत्तामोह !

आजभोलि दिनैजसो नेपाली काङ्ग्रेसलगायत केही दलहरूले संसद् विघटनको विरोधमा ¥याली जुलुस गरिरहेका छन् । ती राजनैतिक दलका विरोध कार्यक्रमहरूमा ‘केपी ओली सरकार–मुर्दावाद, कम्युनिस्ट तानाशाही सरकार–मुर्दावाद, ओली सरकार–राजिनामा दे ! आदि नारा सुनिन्छ । ती सबै नारा ओली सरकार र कम्युनिस्टको विरोधमा छन् ।
प्रथमतः नेकपा नाम मात्रको कम्युनिस्ट हो भनी जनताले बुझेका छन् । भ्रष्टाचारीलाई संरक्षण गर्ने, गुन्डाहरूको आडभरोसामा राजनीति गर्ने, कमिसनमा रमाउने नेकपा कसरी कम्युनिस्ट हुन सक्छ ? एनजीओ र आईएनजीओका सञ्चालकहरू अधिकांश नेकपा नै छन् । साँचो कम्युनिस्ट पार्टी स्वाभिमानी हुन्छ । असल र क्रान्तिकारी हुन्छ । विचारले अन्तर्राष्ट्रियवादी हुन्छ । भारतीय एकाधिकार पुँजीको दलालको रुपमा नेकपालाई नेपाली जनताले बुझ्दछ । देशका बुद्धिजीवीहरूले भन्छन्, “एमाले–माओवादी मिलेर बनेको नेकपा भाइकाङ्ग्रेस हो । किनकि यिनीहरू काङ्ग्रेसकै बाटोमा हिँडे ।” अहिलेका नेकपाले काङ्ग्रेससँगै मिलेर विदेशीले दिएका सार्वजनिक उद्योग कलकारखाना बेचेर खाए । देशका ठूला नदी–नालाहरू भारतलाई बेचे । साठी लाखभन्दा धेरै नेपाली युवाहरूलाई वैदेशिक रोजगारको नाममा विदेशीको दास बनाए । देशमा रोजगारी दिलाउन सकेन । गरिव जनतामाझ स्वास्थ्य, शिक्षाको पहुँच पु¥याउन सकेन । तसर्थ नेकपा कम्युनिस्ट होइन ।
भारतले नेपालको पुर्व–पश्चिम र तराईका भूभागमा साठी हजार भन्दा बढी हेक्टर भूमि मिचेको कुरा सिमाविद्हरूले बोल्दै आएका छन । काङ्ग्रेसले भारतले सीमा मिचेको विषयमा किन एकवचन बोल्दैन ? काङ्गे्रसको विरोध ¥याली र सभामा वैदेशिक हस्तक्षेप बन्द गर किन भनिंँदैन ? स्वदेशमै रोजगारीको बन्दोबस्त गर, स्वास्थ्य शिक्षा अनिवार्य र निःशुल्क गर नारा किन काङ्ग्रेसले लगाएको सुनिंदैन । भूमिहीन किसानको पक्षमा किन बोल्दैनन् ? मजदुर किसानको पीडा काङ्ग्रेसको भाषणमा किन सुनिँंदैन ? काङ्ग्रेसले कम्युनिस्ट ‘तानाशाह’ हुन्छ भन्नेबाहेक केही भन्न जानेका छैनन् र ¤ काङ्गे्रस संसद् विघटनको विरोधको बहाना बनाई जसरी हुन्छ सरकारमा कसरी पुग्ने भन्ने कुरा यिनीहरूको विरोध कार्यक्रमहरू घामजत्तिकै छर्लङ्ग हुन्छ । पटक–पटक सरकारको नेतृत्व गरेको काङ्गे्रसलाई पनि जनताले बुझिसकेका छन् र चिन्दै छन् ।
काङ्ग्रेसमा भ्रष्टाचारी, कमिसनखोरी, दलाली, भूमाफिया, गुन्डागर्दी भएको स्वयम् स्वीकार्छन् । भारतीय विस्तारवादको दलाल, भ्रष्टाचार र भागबन्डाले लिप्त काङ्ग्रेसले भारतीय एकाधिकार पुँजी र नेपाली भूमि अतिक्रमणको विरोध नगर्नु स्वभाविक हो । सत्तामा पुग्नको लागि जालझेलको राजनीति गर्नेहरूलाई परास्त गर्न भने नेपाली जनता सचेत हुनैपर्ने देखिन्छ । नामको नेकपा कम्युनिस्टको बदनाम गर्न ठडिएको पुँजीवादी राजनैतिक दल भएको पनि बुझ्न आवश्यक छ । सानोतिनो झुठा आश्वासन, लोभ र लालचमा जनता नफसे यिनीहरूको पत्तासाफ हुनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *