भर्खरै :

बिप्लव माओवादीका कार्यकर्ता पक्राउ

रुकुम, २४ जेठ । स्थानीय तहको चुनाव बिथोल्न खोजेको आरोपमा पक्राउ परेका नेपाल कम्युनिष्ट पार्टी रुकुमका १९ जनालाई रिहा गरेलगत्तै आज फेरि पक्राउ गरिएको छ ।
वैशाख १९ गते पक्राउ परेका नेकपाका जिल्ला सेक्रेटरी चन्द्रबहादुर बुढासहित १९ जनालाई जिल्ला प्रशासन कार्यालयले धरौटीमा रिहा गरे पनि उनीहरुलाई फेरि प्रहरीले पक्राउ गरेको हो ।
दोस्रो चरणको स्थानीय तहको निर्वाचन बिथोल्न सक्ने भएकाले पक्राउ गरेको प्रहरी निरीक्षक थम्मनबहादुर रजालीले जानकारी दिनुभयो । दोस्रो चरणको निर्वाचन नसकिँदै रिहा भए फेरि पक्राउ गर्ने भनिएपछि उनीहरु दोस्रो चरणको निर्वाचन सम्पन्न नहुँदासम्म हिरासतमै रहने भएका छन् । “उनीहरु धरौटीमा रिहा भएका थिए प्रहरी निरीक्षक रजालीले भन्नुभयो, “तर दोस्रो चरणको निर्वाचनमा पनि उनीहरुले असर पु¥याउनसक्ने अनुमान गरिएकाले फेरि पक्राउ गरिएको हो ।”
आगामी असार १४ गते हुने स्थानीय तह निर्वाचनको सुरक्षा चुनौती बिप्लव माओवादीलाई लिएको प्रहरीले उनीहरुको गतिविधिप्रति निगरानी बढाइरहेको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *