भर्खरै :

प्रजातान्त्रिक प्रकाशस्तम्भ ध्वस्त हुँदै

केही दिनअघि वाशिङ्गटनस्थित अमेरिकी सभाभवनमा हिंसात्मक गतिविधिले प्रवेश गरेको छ । यसबाट अमेरिकी मिडियालगायत अन्तर्राष्ट्रिय जनमत चकित भयो ।
उनीहरूले प्रकाशित गरेको समाचारअनुसार, यो हिंसात्मक घटनाबाट अमेरिकी समाजको गम्भीर ध्रुवीकरण भएर अमेरिकी समाजका विभिन्न समूहबीचको अविश्वासलाई अझ बढाउने र अमेरिकी राजनीतिक व्यवस्था कमजोर पार्ने देखिएको छ ।
एउटा कार्टुनमा एकजना सुन्दर राजकुमारीसँग जादु गर्ने क्षमता छ । उनको ऐनाबाट जहाँ लुके तापनि भेट्टाउन सकिन्छ । राजकुमारीले अरू मान्छेसँग सर्त राखिन् । जो राजकुमारीले देख्न नसक्ने ठाउँमा लुक्नसक्छ, उसैसँग विवाह गर्नेछिन् । त्यसक्रममा धेरै मान्छे मारिए । एक जना युवक पहिलोपटक ठूलो माछाको पेटमा र दोस्रोपटक चीलको पछाडिपट्टि लुकेर पनि फेला परिहाल्यो । अन्त्यमा त्यो युवा राजकुमारी बसेको भवनमुनि लुक्न सफल भयो । चीनमा यस्तो अवस्थालाई ‘बत्ती मुनिको अँध्यारो’ भनिन्छ ।
अमेरिकाले आफूलाई सधैँ ‘प्रजातन्त्रको प्रकाशस्तम्भ’ मानेर विश्वको हरेक कुनामा उज्यालो पु¥याउने प्रयास गरेको छ । एसिया, अफ्रिका र मध्यपूर्व, जहाँ तथाकथित ‘अलोकतान्त्रिक’ भए पनि त्यहाँ ‘प्रजातन्त्रको प्रकाशस्तम्भ’ चम्किरहेको छ । आज, ‘प्रजातन्त्रको प्रकाशस्तम्भ’ को संसद् सभा वर्तमान राष्ट्रपतिका समर्थकहरूबाट आक्रमण गरिएका छन् । ओहो ¤, ‘प्रजातन्त्रको प्रकाशस्तम्भ’ ले आफैलाई उज्यालो पार्न सक्दैन ? के यो पनि बत्तीमुनि अँध्यारो हो ?
अवश्य पनि, ‘प्रजातन्त्रको प्रकाशस्तम्भ’ ले आफूलाई अप्रजातन्त्रिक मान्दैन, किनकि ‘प्रजातन्त्रको प्रकाशस्तम्भ’ ले ‘प्रजातन्त्र’ को मापदण्ड लिएको छ । त्यसैले आफ्नै संसद्मा आक्रमण गर्ने विपक्षीहरूको ‘हिँसात्मक भीड’ हो । अरू देशमा दङ्गा गर्ने मान्छे ‘प्रजातान्त्रिक अग्रगामी’ हुन् । आफ्नो देशमा भएको दङ्गाको निन्दा गरिनुपर्छ । हङकङमा भएको दङ्गा अमेरिकी राजनीतिज्ञबाट ‘सुन्दर दृश्य’ मानिएको छ ।
कति दोहोरो मापदण्ड !
तर सन् २०२० मा महामारी फैलिएदेखि जनजीवनको बेवास्ता गरेर अर्थतन्त्रमाथि मात्र ध्यान दिएको, जातीय भेदभावबाट फैलिएको रङ्गभेदको लहर, ‘प्रजातान्त्रिक’ राष्ट्रपतिको हास्यास्पद चुनावी अवस्था, यी घटनाबाट अमेरिकाले कसरी प्रजातन्त्रको झन्डा बोक्न सक्छ ?
‘उसले प्रजातान्त्रिक प्रकाशस्तम्भ स्थापना गर्दा उक्त स्तम्भ अन्त्यमा ध्वस्त हुने विचार किन गरेन ?’
अमेरिका, जातीय हिंसामा स्थापित देश हो, बुद्धिभन्दा सम्पत्ति अझ महत्वपूर्ण मानिने देश हो, नैतिकताभन्दा व्यक्तिको महत्वाकाङ्क्षा अझ महत्वपूर्ण ठानिने देश हो । यस्तो देशमा नागरिकहरूले आफ्नै सरकारी अङ्गमाथि कुटपिट गर्ने गतिविधि देखेर त्यति अचम्म मान्नुपर्दैन ।
प्रजातान्त्रिक प्रकाशस्तम्भ ध्वस्त हुँदै छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *