अनुमतिबिना नेपाली सीमामा ड्रोन उडाउनु अन्तर्राष्ट्रिय कानुनको उल्लङ्घन
- भाद्र २३, २०८२
केही दिनअघि फेसबुकमा एकजना बुज्रुकले ‘भक्तपुर काण्ड’ बारे आफ्नो धारणा व्यक्त गरे । ‘भक्तपुर काण्ड’ बारे उनले टाउको दुखाएको रहेछ । ‘भक्तपुर काण्ड’ बारे ज्ञान नै नभएका व्यक्तिले हचुवाको भरमा टिप्पणी गर्नु खेदजनक छ ।
उनले भने, “चिनियाँ कम्युनिस्ट पार्टीले सांस्कृतिक क्रान्तिको बेला गरेको गल्तीका विषयमा आत्मालोचना गरेको थियो ।” नेकपा (माले) ले व्यक्तिहत्याको विषयमा आत्मालोचना गरेको थियो । व्यक्तिहत्याको नेमकिपाले विरोध गर्दै आएको थियो । नेकपा (एमाले) ले आत्मालोचना गरिसकेपछि जनताको हितको लागि यो–यो काम गरिसकेको छ भन्ने कुरामा कञ्जुस्याइँ गरेको जस्तो लाग्यो ।
गल्ती स्वीकार्नु या सुधार गर्नु राम्रो कुरा हो । यो हरेक पार्टीको जिम्मेवारी पनि हो । निरङ्कुश सरकारले नेमकिपालाई पूरै नष्ट गर्न पञ्चायती सरकारले षड्यन्त्र गरेको कुरा त्यसबेलाका वरिष्ठ वकिल, बुद्धिजीवीहरूले व्यक्त गरिसकेका छन् । तैपनि, एमालेका तथाकथित कार्यकर्ताले यस्तो विचार किन ग¥यो होला ? विचारणीय छ ।
‘भक्तपुर काण्ड’को सम्बन्धमा तत्कालीन प्रधानमन्त्री मरिचमान सिंहले एउटा ‘साप्ताहिक पत्रिका’ को अन्तर्वार्तामा भनेका थिए, “राजनीतिमा षड्यन्त्र चल्छ । त्यो षड्यन्त्र सफल पनि हुनसक्छ, असफल पनि हुनसक्छ ।” यस मानेमा पञ्चायती सरकारले ‘भक्तपुर काण्ड’ को षड्यन्त्र असफल भएको स्वीकारेको जगजाहेर छ ।
फेसबुकको हिरो बन्न चाहने उक्त व्यक्तिले सर्वमान्य नेता गणेशमानको विचार, नेकपा (एमाले) का नेता सुवास नेम्वाङ, हृषिकेश शाह र कृष्णप्रसाद भण्डारीजस्ता आदरणीय अधिवक्ताहरूको बहस अध्ययन गरेका भए यस्तो आपत्तिजनक अभिव्यक्ति दिने थिएन ।
पञ्चायती राज्यस्तरबाट नेमकिपालाई नष्ट गर्न गरिएको षड्यन्त्रलाई ‘कालो दिन’को सम्झना गर्दै जानुपर्दछ । ‘कालो दिन’ को सम्झना गरिएन भने त्यस्तै खालको जनविरोधी सरकारहरूले नेमकिपालाई नष्ट गर्न षड्यन्त्र नगर्ला भन्ने के ठेगान छ र ? त्यसको लागि सम्पूर्ण नेता, कार्यकर्ता तथा समर्थकहरूलाई सचेत पार्नुपर्छ ।
गल्ती नै नगरेको स्थितिमा आत्मालोचना गर्नु के मनासिब छ र ? पटक पटक गल्ती गर्नु, पटक पटक आत्मालोचना गर्नु फेरि निहित स्वार्थको लागि राज्यलाई उपयोग गर्नु के एमालेको धर्म हो ?
Leave a Reply