भर्खरै :

इजरायली हवाई आक्रमणमा ३५ यमनी नागरिकको मृत्यु : हुथी

इजरायली हवाई आक्रमणमा ३५ यमनी नागरिकको मृत्यु : हुथी

साना, यमन, २६ भदौ (सिन्ह्वा) । उत्तरी यमनको हुथी नियन्त्रणमा रहेको क्षेत्रमा इजरायलले गरेको हवाई आक्रमणमा परी कम्तीमा ३५ जनाको मृत्यु भएको हुथी नियन्त्रित सरकारको स्वास्थ्य मन्त्रालयले जनाएको छ । बुधबार भएको आक्रमणमा परी १३१ जना घाइते भएको मन्त्रालयले बिहीबार पुष्टि गरेको छ ।
मन्त्रालयका अनुसार आक्रमणमा अधिकांश मृत्यु राजधानी सानामा भएको छ । त्यहाँ २८ जनाको मृत्यु भएको र ११३ जना घाइते भएका छन् । उत्तरी प्रान्त अल–जावफमा सात जनाको मृत्यु हुनुको साथै १८ जना घाइते भएका छन् । उद्धार टोलीले भग्नावशेषमा खोजी गरिरहेकाले मृतकको सङ्ख्या बढ्न सक्ने बताइएको छ ।
प्रत्यक्षदर्शीका अनुसार सानामा भएको आक्रमणले रक्षा मन्त्रालय, हुथी सेनाका प्रवक्ता याह्या सारियाको कार्यालय, एक सैन्य शिविर र इन्धन भण्डारण स्थललाई लक्षित गरेको थियो ।
अल–जावफमा हुथीद्वारा सञ्चालित अल–मसिरा टिभीले समाचारमा उल्लेख गरेअनुसार लक्ष्यहरूमा एक सरकारी भवन, एक बैङ्क र प्रान्तीय राजधानी अल–हज्ममा एक कार्यालय परेका थिए । आक्रमणस्थलबाट नजिकैका घरहरू र नागरिक सुविधाहरूमा पनि क्षति पुगेको बताइएको छ ।
सारियाले सामाजिक सञ्जाल एक्समा लेख्नुभएको छ, “सेप्टेम्बर २६ र अल–यमन पत्रिकासहित सञ्चार कार्यालयलाई क्षेप्यास्त्रको निशाना बनाइएको थिएन ।” उहाँले प्रतिशोधात्मक आक्रमण गर्ने बताउनुभयोे ।
प्रत्यक्षदर्शीका अनुसार प्रवक्ताको मुख्यालयको छेउमा रहेको मध्य सानामा रहेको राष्ट्रिय सङ्ग्रहालयमा आक्रमणबाट नराम्ररी क्षति पुगेको छ ।
सङ्ग्रहालय प्राधिकरणले युनेस्कोलाई भवन र यसका पुरातात्विक वस्तुहरूको संरक्षणमा सहयोग पु¥याउन हस्तक्षेप गर्न आग्रह गरेको छ ।
हालैका हप्ताहरूमा यमनमा इजरायली आक्रमणहरू तीव्र भएका छन् । गत महिना सानामा भएको आक्रमणमा १२ जना वरिष्ठ हुथी नेताको मृत्यु भएको समूहले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *