आधुनिक साहित्य र कला – १
- भाद्र २६, २०८२
कुनै पनि सङ्घ संस्थालाई सवारी साधनको आवश्यकता पर्दछ । सवारी साधन भएको खण्डमा सङ्घ संस्थाको कामकारबाही छिटो छरिटो हुने गर्दछ । वर्तमान समयमा त आधुनिक प्रविधिको आवश्यकता कुनै पनि सङ्घ संस्थालाई धेरै नै आवश्यक पर्दछ । सरकारी निकायलाई आधुनिक प्रविधि तथा यातायातको धेरै नै महत्व रहेको छ । भक्तपुर नगरपालिकामा पनि नगरमा सरसफाइ र निर्माण कार्य तथा प्रशासनिक कार्य गर्नको लागि आधुनिक प्रविधि तथा यातायातको भरमग्दुर प्रयोग गरिएको छ । हाल भक्तपुर नगरपालिकामा यातायातका साधनहरूमा सफाइसँग सम्बन्धित १३ वटा, ट्याङ्कर २ वटा, दिप्सी १ वटा, वाइक १२ वटा छन् । त्यस्तै ट्राइसाइकल १० वटा सञ्चालनमा छन् । निर्माण तथा पुनःनिर्माण कार्य गर्न २ वटा डोजर र एक जेट मेसिन पनि रहेको छ । भक्तपुर नगरपालिकाले नगरमा सरसफाइ कार्यलाई नियमितता दिन, नगरमा निर्माण कार्यलाई निरन्तरता दिन, कार्यालयको कार्य कुशलतापूर्वक गर्न, कर्मचारीहरूको कामकारबाहीमा छरिटोपना ल्याउन यातायातको साधनहरूको व्यवस्था गरेको हो । यी साधनहरूको प्रयोगको कारणले नगरमा सरसफाइ तथा निर्माणको कार्य गर्न सजिलो भएको छ । यसबाट नगरवासीहरू पनि धेरै नै लाभान्वित छन् । एम्बुलेन्स र शववाहनको त झन् ठूलो महत्व छ । भक्तपुर नगरपालिकाको एम्बुलेन्स र शववाहन चौबीसै घण्टा खटिरहेको छ । यसले नगरवासीहरूलाई सुविधा भएको छ ।
नेपाल मजदुर किसान पार्टी केन्द्रीय निर्वाचन परिचालन समितिले प्रकाशित गरेको स्थानीय तहको निर्वाचन घोषणापत्र २०७४ मा “नेपालका नगरपालिकाहरूलाई सफा–स्वच्छ बनाउन घर–घरबाट निस्कने फोहरलाई कुहिने र नकुहिने अलगअलग सङ्कलन गर्ने र कुहिने फोहरबाट प्राङ्गारिक मल बनाउने र नकुहिने फलाम, काँच, इँटा, सिसा, प्लास्टिकलाई पुनःप्रयोगको लागि पठाउने” उल्लेख छ । त्यस्तै भक्तपुर नगरपालिकाको लागि नेपाल मजदुर किसान पार्टीको घोषणापत्र २०७४ को बुँदा नं. १ मा ‘पुरानो नगर वरिपरि घुम्ने गरी सल्लाघारी, ब्यासी, कमलविनायक, च्याम्हासिँह, जगाती, सूर्यविनायक, सल्लाघारी सडकमा सहरी बस सञ्चालन गर्ने’ उल्लेख छ । घोषणापत्रमा उल्लेखित प्रतिबद्धता पूरा गर्न पनि यातायातका साधनहरू आवश्यक छ । भक्तपुर नगरपालिकाका जनप्रतिनिधिहरू घोषणापत्रका प्रतिबद्धताहरू कार्यान्वयन गर्न तत्पर छन् । घोषणापत्र कार्यान्वयन गर्न कतिपय अवस्थामा कानुनको आवश्यकता पर्दछ । यही आवश्यकता पूरा गर्नको लागि भक्तपुर नगरपालिका सवारी दर्ता तथा सञ्चालन गर्न बनेको ऐन, २०७६ नगर सभाबाट पास गरेर कार्यान्वयनमा ल्याएको छ ।
स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा १०२ ले दिएको अधिकार प्रयोग गरी भक्तपुर नगरपालिकाको पाँचौँ नगरसभा २०७६ बाट यो ऐन पारित गरिएको थियो ।
भक्तपुर नगरपालिकाले नगरभित्रका निर्माण कार्यलाई सहज बनाउन, नियमित सफाइलाई व्यवस्थित गर्न, प्रशासनिक कार्यलाई छरिटो गर्न आफ्नै स्वामित्व र नाममा सवारी साधन चलाउन सहजताको लागि यो ऐन बनाई लागू गरिएको हो । हाल पनि नगरपालिकामा धेरै सवारी साधनहरू भएको र घोषणापत्रअनुसार नगर वरिपरि सवारी साधनहरू चलाई नगरवासीको सहजताको लागि भविष्यमा सवारी साधनहरू चलाउने लक्ष्य लिएकोले यो ऐन कार्यान्वयमा ल्याएको हो । साथै हलुका सवारी साधनहरू नगरको गल्लीगल्ली पनि जान सकिने भएकोले र ठूलठूला सवारी साधनहरू नगरपालिकामा उपयुक्त नभएकोले नगरपालिकाले हलुका सवारी साधनको सम्बन्धमा यो ऐन कार्यान्वयमा ल्याएको हो ।
भक्तपुर नगरपालिका क्षेत्रभित्र सरसफाइ र सार्वजनिक यातायातलाई सहज बनाउन नगरपालिकाले नगरभित्र र आसपासका क्षेत्रमा समेत सञ्चालन गरी नगरको सरसफाइ र सार्वजनिक आवागमनमा सहजता ल्याउन, नियमित गर्न र व्यवस्थापन गर्न आवश्यक भएकोले नेपालको संविधानको धारा २२६, अनुसूची ९ एवम् स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ११ (ट) र दफा १०२ ले दिएको अधिकार प्रयोग गरी भक्तपुर नगरपालिकाको पाँचौँ नगरसभाले यो ‘भक्तपुर नगरपालिका सवारी दर्ता तथा सञ्चालन गर्न बनेको ऐन, २०७६’ स्वीकृत गरी लागू गरेको छ । यस ऐनको दफा २ (ग) ले हलुका सवारी साधनको परिभाषा गरेको छ । जसअनुसार ‘हलुका सवारी साधन’ भन्नाले भक्तपुर नगरपालिका र आसपासका क्षेत्रमा सञ्चालन गर्ने ट्राइसाइकल र माइक्रो भ्यानलाई सम्झनुपर्दछ । दफा २ (घ) अनुसार सवारी साधन दर्ता भन्नाले सवारी साधन तथा यातायात व्यवस्थापन ऐन २०४९ र सवारी तथा यातायात व्यवस्था नियमावली २०५४ बमोजिम दर्ता भएका र यस कार्यविधिको दफा २ (ग) मा उल्लेखित प्रकृतिको सवारी साधनहरू यस ऐनको दफा ३ बमोजिम भक्तपुर नगरपालिकामा गरिने दर्तालाई सम्झनुपर्दछ ।
यस ऐनको दफा ३ ले सवारी दर्तासम्बन्धी व्यवस्था गरेको छ । सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ तथा सवारी तथा यातायात व्यवस्था नियमावली, २०५४ बमोजिम नेपालभित्र यातायात व्यवस्था कार्यालयमा दर्ता भएका सवारी साधन भए सोको ब्लुबुक तथा विभिन्न मुलुकबाट आयात गरी ल्याएको सवारी साधन भए सोको भन्सार महसुल तिरेको निसा वा प्रमाणसहित कागजात संलग्न राखी दर्ता गर्नेछ । यसरी दर्ता भएको सवारी साधन नगरपालिकाले आफ्नै प्रयोजनमा वा नगरवासीको सेवा सुविधाको लागि प्रयोग गर्ने गराउनेछ । दर्ता नगरी सवारी साधन सञ्चालन गर्न पाउने छैन । यस ऐनको दफा ४ (क) अनुसार सवारी दर्ता गर्दा त्यस्तो सवारी साधन नेपालभित्र खरिद वा तयारी गरेको भए सो कम्पनी वा फर्मको नाम, बनेको साल र सोको निस्सासमेतको कागजात राखी दर्ता गर्नुपर्नेछ । विदेशबाट आयात गरी ल्याएको भए सो देशको नाम, बनेको साल र आयात गर्ने फार्म वा कम्पनीको नाम, भन्सार महसुल तिरेको रसिद संलग्न गरी दर्ता गर्नुपर्नेछ । यसरी दर्ता गरेको सवारीको नगरपालिकाले दर्ता प्रमाण पत्रदिने व्यवस्था दफा २ (ग) ले गरेको छ । दर्ता गरी सञ्चालन गर्ने सवारी साधनको अनिवार्यरूपमा तेस्रो पक्ष बीमा गरी सञ्चालन गर्नुपर्नेछ । दर्ता भएका सवारी साधनहरू प्रत्येक वर्ष नगरपालिकामा नवीकरण गराउनुपर्नेछ र दर्ता तथा नवीकरणका लागि अनिवार्यरूपमा तेस्रो पक्ष बीमा गराउनुपर्नेछ ।
यस ऐनको दफा ५ ले मेकानिकल जाँचपास सम्बन्धमा व्यवस्था गरेको छ । जसअनुसार दर्ता भई सञ्चालन गरिने प्रत्येक सवारी साधन ६ महिनासम्म एक पटक अनिवार्य मेकानिकल जाँचपास गरी सञ्चालन गर्नुपर्नेछ । मेकानिकल जाँच गर्दा सवारीको यान्त्रिक स्थितिको सम्बन्धमा, सवारीको लम्बाइ, चौडाइ, उचाइ बनौट वा स्वरूपको सम्बन्धमा, सवारीबाट हुनसक्ने प्रदूषणको सम्बन्धमा र सवारी चलाउन सकिने अवधिको सम्बन्धमा आधार लिने गरिन्छ ।
यस ऐनको दफा ७ ले सवारीको लगत राख्ने र विवरण पठाउने सम्बन्धमा व्यवस्था गरेको छ । जसअनुसार भक्तपुर नगरपालिकाले यस ऐनबमोजिम दर्ता भएको प्रत्येक सवारीको धनीको नाम, ठेगाना, सवारी दर्ता भएको मिति, दर्ता नम्बर, सवारी निर्माताको नाम, मोडेल, वर्ष, इन्जीन नम्बर, चेसिस नम्बर, सवारीको किसिम र वजन इत्यादि स्पष्टरूपमा खुल्ने गरी अनुसूची २ बमोजिम दर्ता किताबमा लेख्न लगाई सवारीको लगत अद्यावधिक राख्नुपर्छ । त्यस्तो दर्ता किताबको सम्बन्धित पानामा सवारी धनीको फोटोसमेत टाँसिएको हुनुपर्दछ । यसरी अद्यावधिक विवरण नजिकको यातायात व्यवस्था कार्यालय, जिल्ला प्रशासन कार्यालय, भक्तपुर, महानगरीय प्रहरी परिसर, भक्तपुर, महानगरीय ट्राफिक प्रहरी परिसर, भक्तपुरमा जानकारीको लागि पठाइने छ ।
भक्तपुर नगरपालिकाले नगरभित्रका निर्माण कार्यलाई सहज बनाउन, नियमित सफाइलाई व्यवस्थित गर्न, प्रशासनिक कार्यलाई छरिटो गर्न आफ्नै स्वामित्व र नाममा सवारी साधन चलाउन सहजताको लागि यो ऐन बनाई लागू गरिएको हो । हाल पनि नगरपालिकामा धेरै सवारी साधनहरू भएको र घोषणापत्रअनुसार नगर वरिपरि सवारी साधनहरू चलाई नगरवासीको सहजताको लागि भविष्यमा सवारी साधनहरू चलाउने लक्ष्य लिएकोले यो ऐन कार्यान्वयमा ल्याएको हो । साथै हलुका सवारी साधनहरू नगरको गल्लीगल्ली पनि जान सकिने भएकोले र ठूलठूला सवारी साधनहरू नगरपालिकामा उपयुक्त नभएकोले नगरपालिकाले हलुका सवारी साधनको सम्बन्धमा यो ऐन कार्यान्वयमा ल्याएको हो ।
(लेखक भक्तपुर नगरपालिका विधायन समितिका संयोजक तथा भनपा वडा नं. ६ का वडाध्यक्ष तथा अधिवक्ता हुनुहुन्छ ।)
Leave a Reply