कैयौँ प्रहारले गाल्न नसकेको वन्दनीय चट्टानी नारी ! –१
- श्रावण १, २०८३
नेपालको कम्युनिस्ट आन्दोलनभित्र भएको बहस तथा सैद्धान्तिक सङ्घर्षको निचोड नै ‘नेपालको कम्युनिस्ट आन्दोलनमा देखापरेका खोटा विचारको खण्डन’ हो । यही धरातलको आधारमा नेपाल मजदुर किसान पार्टीको स्थापना भएको हो । नेपालको कम्युनिस्ट आन्दोलनमा यो पुस्तकले व्यापक चर्चा पायो । नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छँेद्वारा लिखित यो पुस्तकको पहिलो प्रकाशन वि.सं. २०३३ (१ सेप्टेम्बर १९७६) मा र दोस्रो संस्करण २०५५ माघ १० गते अर्थात् नेमकिपा स्थापना दिवसको अवसरमा पार्टीको केन्द्रीय प्रकाशन समितिले प्रकाशित गरेको थियो ।
नेपालको कम्युनिस्ट आन्दोलनको हरेक मोडमा अनेकन खोटा विचारहरू अगाडि आए । सिद्धान्त र व्यावहारिक कमी कमजोरीबाट मात्र नभई राष्ट्रिय, अन्तर्राष्ट्रिय परिवेशको अध्ययनविनाको मनगढन्ते निष्कर्ष र अहङ्कारपूर्ण अभिव्यक्तिबाट नेपालको कम्युनिस्ट आन्दोलन दिशाहीन हुनबाट जोगाउन ‘खोटा विचारको खण्डन’ अपरिहार्य भयो । वामपन्थी अवसरवाद तथा दक्षिणपन्थी अवसरवाद हाबी भएको कारण नेपाल कम्युनिस्ट आन्दोलनले ठोस गति लिन सकेको छैन । पुस्तकको अध्ययनबाट खोटा विचारहरूको सैद्धान्तिक, व्यावहारिक आधारमा आलोचना, खण्डन र विरोध गर्न एवम् कम्युनिस्ट आन्दोलनलाई शुद्धीकरण गर्दै आजुतर्फ फड्को मार्ने काममा योगदान हुने विश्वास गर्न सकिन्छ ।
“पार्टीभित्र केही कामरेडहरू सास फेर्दा पनि ‘पार्टी कार्यक्रम’ या ‘नयाँ जनवादी कार्यक्रम’ भनेर फलाको गर्ने गर्छन् र अरूलाई पनि आफ्ना त्यही प्रचारलाई सुगाको घोकाइ घोकाउन चाहन्छन् ।” भनी पुस्तकमा उल्लेख छ । निश्चय पनि कुनै पनि ‘कार्यक्रम’ सही छ वा छैन भन्ने व्यवहारको कसीमा नजाँचीकनै आँखा चिम्लेर समर्थन गर्नु उचित हुन्न । जबरजस्ती लाद्नु झन् गलत तरिका हो । कार्ल माक्र्सले वि. वाक्रेलाई लेख्नुभएको चिठी (गोथा कार्यक्रमको आलोचना) मा, “वास्तविक आन्दोलनको हरेक पाइलो दर्जनौँ कार्यक्रमहरूभन्दा धेरै महत्वपूर्ण छ” भन्नुभएको छ । भ्ला.इ. लेनिनले ऐतिहासिक अनुभव भएको व्यावहारिक पाइलोलाई ‘सयौँ कार्यक्रमहरू र तर्कहरूभन्दा कता कता धेरै महत्वपूर्ण’ मान्नुभयो ।
क्रान्तिको निम्ति शत्रु र मित्र चिन्नु महत्वपूर्ण छ । २०१७ सालपछि हाम्रो पार्टीमा हाम्रा शत्रुहरू को हुन् र हाम्रा मित्रहरू को हुन् भन्ने प्रश्न प्रमुखरूपमा देखाप¥यो । यही प्रश्नलाई फुकाउन नसक्दा हाम्रो क्रान्ति अगाडि बढ्नमात्र नसकेको होइन, क्रान्तिको बाटो देखाउनुपर्ने पार्टी आफै टुक्रा–टुक्रा भएर धेरै दलहरूमा विभाजित भएको पुस्तकमा प्रस्ट पारिएको छ ।
वास्तविक शत्रु र मित्रहरू चिन्ने उपायहरू के–के हुन् ? भन्ने विषयमा घोत्लिनु आवश्यक छ । राजनैतिक सङ्घर्षको जरा नै आर्थिक सङ्घर्ष हो । किनभने, माक्र्स–ऐङ्गल्सले कम्युनिस्ट घोषणापत्रमा उल्लेख गर्नुभएको छ, “प्रत्येक वर्गसङ्घर्ष राजनैतिक सङ्घर्ष हो ।” यसकारण, वास्तविक शत्रु र मित्रहरू छुट्याउने कसी पनि वर्गीय र आर्थिक समस्याहरू नै भएको स्पष्ट पार्दै पुस्तकमा शत्रु र मित्रहरू छुट्याउने काममा अवास्तविक र खोटो विचारहरू हावी भएको उल्लेख गरिएको छ ।
अन्तर्राष्ट्रिय कुराबारे लेखिएको छ, “आपूmलाई ‘कम्युनिस्ट हौँ’ भन्ने हाम्रा केही साथीहरू अरूले अन्तर्राष्ट्रिय कुराकानी गरेकोमा घाँटी सुकाई विरोध गर्छन् र भित्रभित्र बेलायती कैँची काट्छन् । तिनीहरू आफ्नै देशको मात्रै कुरा गर्ने निहुँमा अन्तर्राष्ट्रिय गतिविधिबारे जनतालाई जानकारी नदिन ज्यानतोड कोसिस गर्छन् । तर, प्रश्न उठ्छ – आखिर तिनीहरू अन्तर्राष्ट्रिय कुराकानीबाट किन तर्सन्छन् ? यसका भित्री र बाहिरी कारणहरू के–के हुन् ? त्यसबारे जाँचबुझ गर्नु सबै कम्युनिस्टको कर्तव्य हो ।”
“हुनसक्छ, हिन्द चीन र एसिया, अफ्रिका र लाटिन अमेरिकी जनताको साम्राज्यवाद र सामन्तवादविरोधी सशस्त्र सङ्घर्षलाई समर्थन गर्दा नेपाली जनता पनि सशस्त्र सङ्घर्षकै बाटोमा लाग्ने छन् भनेर तिनीहरू डराएका हुन् । तर, ती ‘कम्युनिस्ट नेताहरू’ ‘आफ्नै देशको परिस्थितिअनुसार’ को निहुँ राखेर संसदीय र शान्तिपूर्ण सङ्घर्ष गरेर आफ्नो उद्देश्य प्राप्त गर्न खोज्छन् । अथवा, देशमा आफ्नो शक्ति देखाउन खोज्छन् । मित्र पार्टीहरूसँग मोलमोलाई, घुर्की र धम्कीको निम्ति बाटो राखेको हुनसक्छ । तर, ती सबै मनको लड्डु हो र त्यसले झन् तिनीहरू ‘रङ्गीन स्याल’ साबित हुनेछन् ।”, पुस्तकमा भनिएको छ ।
‘सामन्तवादको निर्मूल गर’ शीर्षकमा उल्लेख गरिएको छ, “सामन्तवादी समाजमा ऐन–कानुन र सबै बन्दोबस्त राजा, मुखिया र सामन्तको स्वार्थलाई प्रमुखता दिएर उसकै इशारामा बनाइएको हुन्छ । त्यसमा जनताको रायको कुनै मूल्य रहँदैन । त्यस ऐन–कानुनलाई लागु गर्ने संस्था, मन्त्रिमण्डल वा सञ्चालक समिति पनि जनताबाट चुनिएको हुँदैन । राजाले आफ्नै सामन्ती गुट र ताबेदारहरू मध्येबाट नै त्यस संस्थाका सदस्यहरूमा राख्छन् र झिक्छन्, थपघट वा प्रमोसन गर्छन् । पार्टीभित्र पनि बिना कुनै निर्देशित सिद्धान्तले यही व्यवस्था लागु गर्छ भने त्यो पनि सामन्ती व्यवस्थाकै नक्कल हो, त्यसको विरोध गरिनुपर्छ ।”
सामन्तवादको विरोध गर्नुको अर्थ कुनै खास व्यक्ति विशेषको विरोध होइन, बरु त्यस व्यवस्था र त्यसलाई टेवा दिएर राख्ने वर्गको विरोध हो । सामन्तवादलाई उखेल्नु भन्नुको अर्थ हो, त्यसलाई अडेस दिएर राख्ने माटोभित्रका जराहरूलाई उखेल्नु । ती सब नउखेलुन्जेल सामन्तवाद मर्दैन । पात टिपेर फाल्दैमा सामन्तवादी रुख ढल्दैन । सामन्त, जमिनदार, गुरु–पुरोहित, महन्त, ठूलाबडा जङ्गी र निजामति कर्मचारीवर्ग सामन्तवादका मूल जरा हुन् । तिनीहरूबाट सहुलियत प्राप्त व्यापारी, उद्योगपति र बुद्धिजीवीहरू सामन्तवादका सहायक जरा हुन् । विदेशी सामान देशभित्र बेच्न पाउने विदेशी पुँँजीपतिवर्ग र त्यसका पिछलग्गूहरू, असमान सन्धिबाट फाइदा उठाउने विदेशी शासक र शोषकवर्ग सामन्तवादका टेवा हुन् । तिनीहरूको विरोध गर्नु नै सामन्तवादको विरोध गर्नु हो । सामन्तवादलाई उखेल्नु नै तिनीहरूमाथि ठूलो प्रहार गर्नु हो । त्यसकारण, पार्टीभित्र घुसेका सामन्ती तत्व र त्यसका प्रभावहरूको विरोधमा सङ्घर्ष गर्नु नै सामन्तवादको विरोध गर्नु हो र त्यसको विरोध गरिनुपर्छ । यसै सन्दर्भमा पुस्तकमा उल्लेख छ, “सामन्तवादको विरोध गर्न पार्टीभित्रको सामन्ती प्रवृत्तिको विरोध गर । सामन्त र जमिनदार वर्गसँग लड्न पहिले सैद्धान्तिक हात–हतियारलाई तिखार ।”
सन् १८६३–१८६५ तिर जर्मनीका मजदुर महासङ्घका नेता लासाल थिए । उनले पुँजीपतिवर्गको मात्रै विरोध गर्थे । उनी सामन्त र जमिनदार वर्गको विरोध गर्दैनथे । त्यस नीतिको विरोधमा माक्र्स र एङ्गेल्सले भन्नुभयो, “खेतीको धेरै ठूलो प्राधान्यता भएको देशमा, औद्योगिक सर्वहारा वर्गको नाममा पुँजीपतिवर्ग एक्लैलाई मात्रै हमला गर्नु तर सामन्ती खान्दानी वर्गको पन्जाको तल गाउँले मजदुरहरूमाथि सामन्ती शोषणबारे एक शब्द पनि नबोल्नु पूरै डरछेरुवापन हो ।”
राजतन्त्र र गणतन्त्र शीर्षकमा भनिएको छ, “ती ‘कम्युनिस्टहरू’ पार्टीभित्र आपूmलाई बढी प्रगतिशील र क्रान्तिकारी साबित गर्न राजतन्त्र र गणतन्त्रको पक्ष र विपक्षमा लामा लामा तर्क र ठम्याइहरू अघि सार्छन् । तर, हामी प्रश्न गर्छौँ के राजतन्त्र वा गणतन्त्रको गन्थनलाई बितेका युगले फैसला गरिसकेको छैन र ? कति देशहरूमा राजतन्त्र र पुँजीवादी गणतन्त्र दुवै तन्त्रलाई सङ्ग्रहालयमा राखिसकेका छन् । सैद्धान्तिकरूपले यो प्रश्न इतिहासले टुङ्ग्याइसकेको छ । त्यही प्रश्नलाई फेरिफेरि दोहो¥याउनुको अर्थ हो ‘मरेको बाघको जुङ्गा उखेल्नु’ वा ‘राजतन्त्रलाई मृत्यु संजीवनी दिने घृणित जमर्को गर्नु ।’ राजतन्त्र र गणतन्त्र, संसद् वा संविधानसभामै आफ्नो गन्थनलाई सीमित पार्दा देशको मजदुर र किसान आन्दोलनलाई सशस्त्र आन्दोलनहरूमा फेर्ने कुरोबाट पार्टीको ध्यान हट्छ भन्ने कुरोलाई तिनीहरू बुभ्mदैनन् या बुझ पचाउँदै छन् ।”
“‘कम्युनिस्ट’ भई टोपलेका हाम्रा केही मपाईमार्के साथीहरू “चुनावमा भाग लिनु नै संसदीय बाटोलाई स्वीकार्नु हो” भन्ने कुतर्क अघि सार्छन् । तिनीहरू हरेक कुरालाई बङ्ग्याउने र फट्याइँ गर्ने गर्छन् । अर्काथरी हाम्रा केही साथीहरू “परिवर्तन एकैबाजी हुन्न बिस्तारै हुन्छ” भनेर शान्तिपूर्ण वा संसदीय बाटोबाटै क्रान्ति हुन्छ र समाजवाद आउँछ भन्ने सोच्छन् । ती दुवै बाटा खोटा हुन् किनभने संसदीय बाटोबाट क्रान्ति हुन्छ र समाजवाद आउँछ भन्ने विश्वासमा चुनावमा भाग लिइएको हुँदैन । कसैले त्यसो गर्छन् वा सोच्छन् भने त्यो खोटो विचार हो ।” भनी चुनावमा भाग लिने प्रश्नमा उल्लेख गरिएको छ ।
‘काम गर्ने तरिकाबारे’ शीर्षकमा भनिएको छ, “जिल्ला – जिल्लामा हाम्रा साथीहरूले जनताका दैनिक समस्यालाई लिएर मजदुर, किसान, युवक–विद्यार्थी, बुद्धिजीवी र स–साना पुँजीपतिवर्गको माझमा गएर काम गरे । हिन्द–चीन, एसिया–अफ्रिका र लाटिन अमेरिकी देश र जनताको स्वतन्त्रता एवम् मुक्ति आन्दोलनलाई समर्थन र प्रचार गरे । देश र विदेशमा भैरहेको साम्राज्यवादी आक्रमण, नयाँ र पुरानो उपनिवेशवादको थिचोमिचोको विरोधमा प्रचार–प्रसार गरे । विदेशी एकाधिकार पुँजी र थिचोमिचोको विरोध गरे । समाजवादी देशहरूको साम्राज्यवादविरोधी र समाजवादको निर्माणको सङ्घर्षलाई समर्थन गरे । चित्र प्रदर्शनी, साहित्य गोष्ठी, विभिन्न समारोह र सभाहरूको आयोजना, जुलुस र प्रदर्शनहरू गरेर जनताको मौलिक हक सुरक्षा गर्ने भावनालाई जगाई राख्ने काम गरे । ती गतिविधिको पछाडि मजदुर, किसान र व्यापक जनताको भविष्यको हित र उद्देश्य पनि थियो र छ ।”
जब कुनै मजदुर पार्टी पतनको खाल्डोमा खस्छ र पुँजीपति वर्गको चाकरी गर्न लाग्छ तब पुँजीपति वर्गले त्यसलाई संसद्मा बहुमत प्राप्त गराउने र सरकार बनाउने स्वीकृति पनि दिलाउन सक्छ । केही देशहरूको पुँजीवादी सामाजिक–जनवादी पार्टीहरूको अवस्था यस्तै हो । तर, यस्तो अवस्थाबाट खालि पुँजीपतिवर्गको हुकुमकै रक्षा हुन्छ र त्यही बलियो हुन्छ, त्यसबाट थिचिएका र शोषितवर्गको रूपमा सर्वहारा वर्गको स्थिति फेरिन्न न त फेर्नै सकिन्छ । यी तथ्यले संसदीय बाटोकै टाटपल्टाइ साबित गर्छ । पुस्तकमा खु्रश्चेभको संशोधनवादबारे प्रस्ट पार्ने प्रयास गरिएको छ । नेपालको सन्दर्भमा संशोधनवादी र अराजकतावादी ‘कम्युनिस्ट’ भनाउँदाहरूलाई देशका दलाल पुँजीपति वर्ग र विदेशी एकाधिकार पुँजीले संसद्मा दुईतिहाइ बहुमत दिलाएकै हुन् । अन्ततः, पद र पैसाको भागबण्डामा कुरा नमिल्दा दुईतिहाइको सरकारले संसद् विघटन गर्न पुगेको छ । यसमा नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गर्ने दक्षिण छिमेकी देशको के – कति भूमिका छ, त्यो निर्वाचनको समयमा जनताबीच आउला नै । कम्युनिस्ट नाम राख्नेहरूले सिद्धान्त र विचारको राजनीति छोडेपछि वा संशोधनवाद र अवसरवादलाई अङ्गालेपछि अहिले देशको अवस्था यस्तो भएको हो । चार दशकअघि प्रकाशित ‘नेपालको कम्युनिस्ट आन्दोलनमा देखापरेका खोटा विचारहरूको खण्डन’ पुस्तक नेपालको कम्युनिस्ट आन्दोलनमा आज पनि उत्तिकै सान्दर्भिक भएको पाउँछौँ ।
Leave a Reply