भर्खरै :

इरानको संसद र सर्वोच्च नेताको घरमा गोली प्रहार

तेहरान, २४ जेठ । इरानको संसद भवन र सर्बोच्च नेता आयातुल्लाह खोमेनीको प्रार्थनास्थलमा बुधबार गोली प्रहार हुँदा कम्तीमा १२ जनाको मृत्यु भएको छ ।
आतङ्ककारी आक्रमणमा परी अन्य ३९ जना घाइते भएको इरानको आपत्कालीन प्रमुखलाई उद्धृत गर्दै अर्धसरकारी समाचार संस्था फार्स न्युज एजेन्सीले जनाएको छ । घाइतेहरूलाई विभिन्न अस्पतालहरूमा उपचार गराइएको छ ।
हतियारधारी व्यक्तिगत संसद भवनभित्र छिरेर गोली प्रहार गरेको एक सांसदले जानकारी दिएका छन् । संसदको बैठक सकिएपछि आक्रमण भएको उनको भनाई छ ।
राजधानी तेहरानबाट केही किलोमिटर दक्षिणमा रहेको खोमेनीको प्रार्थनास्थलमा पनि उही समयमा आक्रमण भएको अधिकारीहरूले बताएका छन् । रासस÷सिन्ह्वा

Leave a Reply

Your email address will not be published. Required fields are marked *