भर्खरै :

आठौँ नगरसभामा प्रमुख प्रजापतिको भनाइ

(भक्तपुर नगरपालिकाको आठौँ नगरसभाको उद्घाटन समारोह (२०७७ पुस २९) मा व्यक्त मन्तव्यको पूर्ण पाठ)
सभासद् मित्रहरू,
भक्तपुर नगरपालिकाको सातौँ नगरसभा २०७७ असार ७ गते प्रारम्भ भई असार १६ गते सम्पन्न भयो । उक्त सभाले आर्थिक वर्ष २०७७÷७८ को नीति तथा कार्यक्रम र बजेट स्वीकृत गरेको थियो । सभाबाट स्वीकृत बजेटको सीमाभित्र रही भक्तपुर नगरपालिकाले शिक्षा, स्वास्थ्य, विकास निर्माण, सम्पदा संरक्षणलगायतका काम गरिरहेको छ ।
स्थानीय सरकार सञ्चालन ऐन, २०७४ मा वर्षको दुईपटक नगरसभाको बैठक बस्नुपर्ने व्यवस्था छ । ऐनको त्यही प्रावधानअनुसार यो आठौँ नगरसभा बस्दै छौँ ।
देशको राजनीति अत्यन्तै जटिल र अप्ठेरो मोडमा छ । देशको सर्वोच्च जनप्रतिनिधिसभा विघटन भई नयाँ निर्वाचनको मितिसमेत घोषणा भइसकेको छ । तर, निर्वाचन हुने नहुने टुङ्गो लागिसकेको छैन । प्रतिनिधिसभा विघटनको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छ । अदालतले त्यसको उचित निर्णय लिने जनताको विश्वास छ ।
प्रजातन्त्रमा निर्वाचित प्रधानमन्त्रीसँग ‘संसद्् भङ्ग गर्ने भरेको बन्दुक हुन्छ’ भन्ने मान्यता छ । आफ्नो दलका सांसदहरूलाई अनुशासनमा राख्न र विपक्षीहरूले सरकारलाई काम गर्न बाधा अड्चन सृजना गरेको अवस्थामा प्रधानमन्त्रीले कुनै पनि बेला संसद् भङ्ग गर्ने अधिकार राख्छ । यही मान्यताअनुसार प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटन गरेकोलाई स्वाभाविक राजनैतिक घटनाक्रमको रूपमा लिन सकिन्छ । प्रतिनिधिसभा विघटनको बेला स्थानीय तहमा बसेर काम गरेका हामी जनप्रतिनिधिको भूमिका अझ बढेको छ । हामी जनप्रतिनिधि थप सचेत भएर काम गर्नुपर्ने आवश्यकता छ ।
स्थानीय तह कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकासहितको अधिकार प्राप्त निकाय हो । सङ्घ र प्रदेश सरकारहरूले विभिन्न बहानामा स्थानीय तहको स्वायत्ततामाथि हस्तक्षेप गर्ने प्रयास गर्दै छन् । सङ्घ र प्रदेशले निरन्तर कर्मचारीहरू पठाउने गरेका छन् तर भनपाले तिनीहरूलाई फिर्ता पठाउने गर्दै आएको छ । तिनीहरूलाई हाजिर नगराइएको भन्दै ती कर्मचारीहरूले पाउने तलब बराबरको रकम अनुदानमा कटौती गरेर पठाउने गरिएको छ । स्थानीय तहको आवश्यकताअनुसारको कर्मचारी राख्ने अधिकार स्थानीय तहलाई नै हुनुपर्नेमा हामी जोड दिँदै छौँ ।
समपूरक र विशेष अनुदानको लागि योजनाको सिफारिस स्थानीय तहले गर्ने तर सङ्घ र प्रदेशले योजना छनोट गर्ने नीति सरासर गलत हो । यो अप्रत्यक्षरूपमा स्थानीय तहमाथि केन्द्रको नियन्त्रण हो । नेपालको संविधानअनुसार सङ्घ, प्रदेश र स्थानीय तह कोही कसैको मातहतमा बस्नु पर्दैन । सबै तह आ–आप्mनो क्षेत्रमा स्वायत्त छन् । स्थानीय तह योजना कार्यान्वयन गर्ने महत्वपूर्ण निकाय भएको हुँदा देशको विकास निर्माणको अधिकांश बजेट स्थानीय तहमा पठाइनुपर्दछ । स्थानीय तहमा बढी बजेट पठाएको खण्डमा विकास निर्माणको काम अझ बढी प्रभावकारीरूपमा अगाडि बढ्नेछ ।
प्रधानमन्त्री केपी ओलीले केही समयअघि ‘प्रदेशहरू सङ्घको एकाइमात्रै हुन्’ भन्नुभयो । जुनसुकै बहानामा स्थानीय तहमाथि नियन्त्रण खोज्नु हस्तक्षेप नै हो । कुनै पनि प्रकारको हस्तक्षेप नगरपालिकाको लागि स्वीकार्य हुँदैन । स्थानीय तहको पूर्ण स्वायत्तताको लागि हामी निरन्तर लडिरहेका छौँ र लडिरहने छौँ ।
यो आर्थिक वर्षको सुरुदेखि नै कोभिड–१९ को कारण सबै क्षेत्र प्रभावित भयो । यद्यपि, नगरपालिकाका जनप्रतिनिधिहरू, कर्मचारीहरूको संयुक्त प्रयास र नगरवासीहरूको अमूल्य सहयोगले हामी यस अवधिमा पनि आप्mना कार्यहरूलाई निरन्तरता दिन सफल भयौँ ।
सातौँ नगरसभाले रु. १ अर्ब ८२ करोड ४० लाख बराबरको बजेट पारित गरेको थियो । अहिलेसम्म निम्नबमोजिम आय व्यय रहेको जानकारी गराउन चाहन्छौँ ।
चालू खर्चतर्फ :
आ.व. २०७६÷७७ मा चालू खर्चतर्फ ९९ करोड ८० लाख रूपैयाँ विनियोजन गरिएकोमा २०७६ पुस मसान्तसम्ममा ३६ करोड १७ लाख २२ हजार रूपैयाँ खर्च भएको थियो । आ.व. २०७७÷७८ मा १ अर्ब २ करोड ६६ लाख ८९ हजार रूपैयाँ विनियोजन गरिएकोमा २०७७ पुस २६ सम्ममा २३ करोड ६० लाख ७० हजार रूपैयाँ खर्च भयो । यो चालूतर्फ विनियोजित बजेटको २२.९९ प्रतिशत हो ।
पुँजीगत खर्चतर्फ :
त्यसैगरी आ.व. २०७६।७७ मा पुँजीगततर्फ १ अर्ब १३ करोड ३० लाख विनियोजन गरिएकोमा २०७६ पुस मसान्तसम्म २५ करोड १० लाख ९५ हजार रूपैयाँ खर्च भएको थियो । चालू आ.व. २०७७।७८ मा पुँजीगततर्फ ७५ करोड ३३ लाख ११ हजार विनियोजन गरिएकोमा २०७७ पुस २६ सम्म ११ करोड ४३ लाख ९१ हजार रूपैयाँ खर्च भएको छ । यो पुँजीगततर्फ विनियोजित बजेटको १५.१३ प्रतिशत हो ।
यसरी चालू आ.व.मा जम्मा १ अर्ब ८२ करोड ४० लाख बजेट पारित भएकोमा चालू तथा पुँजीगत गरी जम्मा ३५ करोड ४ लाख ६२ हजार ५ सय अर्थात् कुल बजेटको १९.२१ प्रतिशत खर्च भएको जानकारी गराउन चाहन्छौँ ।
आन्तरिक आयतर्फ :
सातौँ नगरसभाले आन्तरिक आयतर्फ ६२ करोड रूपैयाँ (जग्गा बिक्रीबाहेक) राजस्व सङ्कलन गर्ने लक्ष्य राखेको थियो । २०७७ मङ्सिर मसान्तसम्म २५ करोड १३ लाख १८ हजार रूपैयाँ आम्दानी भएको छ ।
स्वास्थ्य :
चालू आर्थिक वर्षको सुरुदेखि आजको दिनसम्म कोभिड–१९ हामी सबैको निम्ति चुनौती बनेको छ । कोभिडको बढ्दो सङ्क्रमणलाई ध्यानमा राखेर त्यसको रोकथाम र नियन्त्रणको लागि सुरुमा खरिपाटीमा २०० बेडको एकीकृत आइसोलेसन केन्द्र निर्माण गरिएकोमा त्यसपछि भनपा ९ ब्रह्मायणीमा ७५ बेडको नगरपालिकाको छुट्टै आइसोलेसन केन्द्र सञ्चालन गरियो । आइसोलेसन केन्द्रमा बस्नेहरूका लागि खाना, रक्तचाप र अक्सिजन परीक्षण, भिटामिन सी, सिटामोल, आयुर्वेदिक औषधिको व्यवस्था गरी हामीले सङ्क्रमित नगरवासीहरूको सेवा ग¥यौँ । त्यहाँ रहेका र घर–घरमा आइसोलेसनमा बसेकाहरूका लागि अनलाइनमार्फत चिकित्सा सेवा, मनोचिकित्सक, आयुर्वेदिक चिकित्सक, नर्स, फिजियोथेरापिस्ट तथा जनप्रतिनिधिहरूबाट परामर्श सेवा प्रदान ग¥यौँ ।
घरघरमा आइसोलेसनमा बस्नेहरूको लागि विशेष टोलीद्वारा फोहर सङ्कलन, ५ जना सम्पर्क व्यक्तिको व्यवस्था, विदेशबाट आएकाहरूका लागि घर, होटल र नपाको क्वारेन्टिन हेर्न ९ जना कर्मचारीको विशेष टीमको व्यवस्था र ब्रह्मायणी आइसोलेसन केन्द्रको लागि जनप्रतिनिधिको नेतृत्वमा अलग्ग समिति गठन गरी १३ जना कर्मचारीको व्यवस्था ग¥यौँ । साथै, नगरवासीहरूको स्वास्थ्यलाई ध्यानमा राखेर बिहान ६ः३० बजेदेखि अनलाइन एवं टेलिभिजनमार्फत शारीरिक व्यायामको तालिमको व्यवस्था गरी जनताको स्वास्थ्यलाई प्राथमिकतामा राखेर काम गर्दै छौँ ।
कोभिडको रोकथाम तथा उपचारको लागि खर्च बढ्न सक्ने कुरालाई ध्यानमा राखेर सङ्घ—संस्थाहरूलाई कोभिडको सहयोगको लागि आग्रह ग¥यौँ । स्थानीय सहकारी र अन्य सङ्घ संस्था तथा व्यक्तिगतरूपले रु. ५ हजारदेखि २० लाखसम्मको सहयोग प्राप्त भयो । यो आर्थिक वर्ष २०७७÷७८ मा साउनदेखि पुस २५ गतेसम्म रु. ४१ लाख ४४ हजार सहयोगस्वरूप प्राप्त भएको छ । सबै सहयोगी सङ्घ–संस्था र महानुभावहरूलाई यस अवसरमा हार्दिक धन्यवाद ज्ञापन गर्दै आगामी दिनहरूमा पनि यस्तै सहयोगको अपेक्षा गर्दछौँ ।
कोभिड सङ्क्रमितहरूको सङ्ख्या बढ्दै गएपछि भक्तपुर नगरपालिकामा पीसीआर परीक्षण मेसिनको व्यवस्था हुनुपर्ने माग बढ्दै गयो । हामीले प्रदेश सरकारसँग समन्वय गरी भक्तपुर अस्पतालमा पीसीआर परीक्षण मेसिनको बन्दोबस्तका लागि जोड दियौँ । मेसिन प्राप्त भएपछि भक्तपुरवासीलाई धेरै सहज भएको छ । त्यसअघिसम्म नगरवासी टेकु र धुलिखेलमा गएर पीसीआर परीक्षण गराउनुपर्ने बाध्यता थियो ।
कोभिडका कारण निजी अस्पतालले बिरामी जाँच्न आनाकानी गरेका कारण धेरै बिरामीको बिचल्ली भयो । अस्पताल चहार्दा चहार्दै बिरामीहरूको मृत्यु भएको दृश्य हामीले देख्यौँ । भक्तपुर अस्पताललाई कोभिड अस्पतालमा परिणत गरेपछि कोभिडबाहेक अन्य रोग लागेका गरिब जनतालाई थप मर्का पर्नसक्ने सम्भावनालाई ध्यानमा राखेर भनपाद्वारा सञ्चालित जनस्वास्थ्य केन्द्रमा बिहान ७ बजेदेखि साँझ ६.० बजेसम्म ओपीडी सेवा सञ्चालनको व्यवस्था मिलायौँ । यस्तो गम्भीर अवस्थामा समेत दैनिक २ देखि ४ सयसम्म बिरामीको सेवा ग¥यौं । जनस्वास्थ्य केन्द्रहरूको रेकर्डअनुसार साउन १ गतेदेखि पुस २५ सम्म कुल ५५,६९२ जना बिरामीलाई स्वास्थ्य उपचार सेवा प्रदान ग¥यौँ ।
यसरी नगरवासीहरूलाई आवश्यक सेवा सुविधा पु¥याउने कार्यमा खटिँदै गर्दा यो अवधिमा यस नगरपालिकाका ८ जना जनप्रतिनिधि र १४ जना कर्मचारीसमेत कोभिड १९ रोगबाट सङ्क्रमित भएका छन् ।
च्याम्हासिँह आँखा उपचार केन्द्रबाट नगरवासीहरूको निरन्तर आँखासम्बन्धी उपचार भइरहेको छ भने आयुर्वेदिक औषधिको प्रभावकारितालाई ध्यानमा राखेर नगरपालिकाबाट आर्थिक सहयोग गरी जिल्ला आयुर्वेदिक स्वास्थ्य केन्द्रमार्पmत थप औषधि वितरणको व्यवस्था मिलायौँ ।
कोभिड सङ्क्रमितहरूलाई ध्यानमा राखेर नेपाल सरकारले आईसीयूभन्दा कम र अस्पतालको सामान्य बेडभन्दा माथिल्लो तहको हाई डिपेन्डेन्सी युनिट (एचडीयू) २५ बेडको स्वीकृति प्राप्त भएको छ । त्यसको सञ्चालनको तयारी भइरहेको छ । साथै ख्वप अस्पताल छिट्टै सञ्चालनमा ल्याउने तयारी गरिरहेका छौँ । अस्पताल भवन निर्माण कार्य तीव्ररूपमा अघि बढिरहेको छ ।
आ.व. २०७७÷७८ साउनदेखि पुस २५ गतेसम्म कडा रोग लागेका जस्तैः क्यान्सर, मृगौला, मुटु, मस्तिष्कघातजस्ता बिरामीहरूलाई रु. १० हजार सहयोग गर्ने नीतिअनुसार यस अवधिमा ५३ जनाले सहयोग प्राप्त गरिसकेका छन् । त्यसको लागि रु. ५ लाख ३० हजार खर्च भइसकेको छ । यस वर्ष अपाङ्गता भएका ८९ जनालाई ह्वील चियर तथा सहयोग सामग्री वितरण गरिएको छ ।
नगरवासीहरूको स्वास्थ्यलाई ध्यानमा राखेर यसअघि स्थगित घरदैलो नर्सिङ सेवा पुनः सुरु गरिएको छ ।
भक्तपुर क्यान्सर अस्पतालमा तत्कालीन व्यवस्थापन समितिका पदाधिकारीहरूले भ्रष्टाचार गरेको समाचार व्यापक भएको र अस्पतालका चिकित्सक, कर्मचारीहरूले अस्पताललाई संरक्षकत्व ग्रहण गर्न लिखित आग्रहपछि नगर प्रमुखको अध्यक्षतामा अस्पताल व्यवस्थापन समिति गठन गरी सेवालाई निरन्तरता दिइयो । तत्कालीन व्यवस्थापन समितिले नगरपालिकाविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दर्ता गरेपछि विचाराधीन रहेकै अवस्थामा नेपाल सरकारले अस्पताल सञ्चालन गठन आदेश जारी गरी उक्त अस्पताल सरकारीकरण ग¥यो । अहिले क्यान्सर अस्पताल नेपाल सरकारको स्वामित्वमा गएको छ र जनताले सस्तो सेवा सुविधा पाउने भएका छन् ।
भक्तपुर अस्पताललाई अझ व्यवस्थित गरी जनताको सेवामा लगाउन नगरपालिकाको तर्फबाट सक्दो सहयोग गर्दै आएको छ । उक्त अस्पताल यो वर्ष बाग्मती प्रदेशमै उत्कृष्ट हुन सफल भएको छ ।
शिक्षा :
करिब १० महिनादेखि सबै शिक्षण संस्थाहरू बन्द छन् । लामो समयसम्म कक्षाहरू बन्द हुँदा अधिकांश विद्यार्थीको पढाइमा नकारात्मक असर पर्नु स्वाभाविक हो । विद्यार्थीको पढाइमा कुनै पनि समस्या नआओस् भन्ने सोचले नगरपालिकाले लकडाउनकै बेलादेखि नगरभरिका विद्यालयहरूमा अनलाइन कक्षा सञ्चालनमा जोड दियो । कतिपय विद्यार्थीमा अनलाइनको पहुँच पु¥याउन गा¥हो भएको गुनासो आएपछि २०७७ पुस १ गतेदेखि कक्षा ८, ९ र १० का विद्यार्थीलाई स्वास्थ्य सुरक्षा मापदण्ड कायम गरी भौतिक उपस्थितिमा आलोपालो गरी कक्षा सञ्चालनको व्यवस्था मिलाइयो । त्यस अवधिलाई परीक्षणकालको रूपमा लिएर यही माघ १ गतेबाट भौतिक उपस्थितिमै विद्यालय सञ्चालन गर्ने नगर शिक्षा समितिले निर्णय ग¥यो । निर्णय गर्नुअघि नगरपालिकाले शिक्षक, अभिभावक, विभिन्न शिक्षक सङ्घ र विद्यार्थी प्रतिनिधिहरूसँग छलफल गरेको थियो ।
कोभिडको असरलाई ध्यानमा राखी कक्षा ११ र १२ पढिरहेका विद्यार्थीका लागि २०७७ साउन र भदौ गरी २ महिनाको शुल्क मिनाहा र अन्य संस्थागत विद्यालयहरूको हकमा ३ महिनाको शुल्कमा पूर्ण छुट र अरू बेलाको शुल्कमा आंशिक छुट दिने निर्णय ग¥यौँ ।
स्थानीय पाठ्यक्रमअन्तर्गत यो वर्ष कक्षा ३ र ८ को पाठ्यक्रम कार्यान्वयनमा आइसकेको छ भने नगरपालिकाद्वारा सञ्चालित शिशुस्याहार केन्द्रहरूको सुधारलाई विशेष ध्यान दिएका छौँ ।
भूगोल, इतिहास, राजनीतिशास्त्र, नेपालभाषा र संस्कृति पढ्ने सम्पूर्ण नगरवासी विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था गरेअनुसार हालसम्म जम्मा ४९ जना विद्यार्थीले ती विषय लिई अध्ययन गरिरहेकोमा सम्बन्धित कलेजको लागि रु. ५ लाख ६८ हजार भुक्तानी दिएका छौँ ।
आर्थिक कारणले भक्तपुर नगरवासी विद्यार्थी पढाइबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले शैक्षिक ऋणको व्यवस्था गर्दै आएकोमा ऋण स्वीकृत भएकामध्ये २० जना विद्यार्थीले शैक्षिक ऋणको सुविधा लिएर अध्ययन गरिरहेका छन् त्यसको लागि रु. ३६ लाख ८२ हजार भुक्तानी दिइसकेका छौँ । यस आ.व. को लागि शैक्षिक ऋणसम्बन्धी सूचना प्रकाशित गर्दै छौँ ।
कक्षा ११ पढ्ने विद्यार्थीहरूलाई परीक्षा लिई ८७ जना विद्यार्थीलाई छात्रवृत्ति दिन नगरपालिकाले सिफारिस गरेको छ । साथै यस वर्षको कक्षा ८ को आधारभूत तहको अन्तिम परीक्षा लिने बन्दोबस्त गर्न परीक्षा समिति गठन गरी प्रक्रिया अगाडि बढाइसकेका छौँ ।
सामुदायिक विद्यालय भवन पुनःनिर्माण तथा भौतिक निर्माणको लागि पनि नगरपालिकाले आर्थिक सहयोग गर्दै आएको छ ।
सम्पदा तथा कला–संस्कृति संरक्षण :
इनागः दुधपाटीदेखि च्याम्हासिंहसम्मको करिब ३ किमि मूल सडकमा ढुङ्गा छपाइ, गयभिंद्यो पुल र छिप्पा ताँ (पुल) पुनःनिर्माण सम्पन्न भए भने दरबार क्षेत्रस्थित वत्सला मन्दिर, चपाल भैरव द्योछेँ, ल्योसिंख्योस्थित च्यासिं देगलगायत थुपै्र सम्पदाहरू यस अवधिमा सम्पन्न भए । बाराही पुल, विश्वकर्मा आगंछेँ, मधिकर्मी छेँ, रानीपोखरी, भाज्या पुखु, इखालाछी मठ, तलेजु क्षेत्रभित्रका विभिन्न सम्पदाहरू निर्माणाधीन छन् । सम्पदा पुनःनिर्माण र जीर्णोद्घारमा जनश्रमदान, आर्थिक सहयोगको भावनालाई हामीले कायमै राख्नुपर्छ । कसैको सहयोगबिना सम्पदा संरक्षण गर्न हामी सक्षम छौैँ भनेर गर्वका साथ भन्न सक्छौँ ।
यो अवधिमा विश्वप्रसिद्ध ङातापोल्हँ मन्दिर जीर्णोद्धार सम्पन्न भयो । उक्त मन्दिर जीर्णोद्धारको क्रममा ४१८७ जनाले जनश्रमदान, १५ लाख ४७ हजारभन्दा बढी आर्थिक सहयोग र ५ लाख ६३ हजार रूपैयाँभन्दा बढी रकम बराबरको जिन्सी सामग्री सहयोगस्वरूप प्राप्त भयो । यो हामी सबैको लागि खुसीको कुरा हो । साथै वत्सला मन्दिर पुनःनिर्माणको क्रममा स्वदेशी र विदेशीले रु. ६ लाख २७ हजारभन्दा बढी सहयोग गरेका थिए ।
भाषा, कला–संस्कृति र सम्पदा हाम्रा पहिचान हुन् । भक्तपुर नगरपालिकाले त्यसको संरक्षणको निम्ति निरन्तर प्रयास गर्दै आएको छ । यस क्रममा पाँचाँै नगरसभाले भक्तपुर नगरपालिकाको कला संस्कृति र सम्पदा संरक्षण एवं संवद्र्धन गर्ने सम्बन्धमा बनेको ऐन, २०७६ पारित गरी अझ व्यवस्थित गर्ने प्रयास ग¥यो । स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ९(३) बमोजिम नगरको पुरानो क्षेत्रलाई सांस्कृतिक क्षेत्र घोषणा गरी त्यस क्षेत्रभित्र स्थानीय नागरिक बाहेकले घरजग्गा खरिद बिक्री गर्न नपाइने व्यवस्था गरियो । तर, व्यक्तिगत स्वार्थलाई प्राथमिकतामा राख्ने र सम्पदाको महत्व नबुझेको एकजना सम्पदाविरोधी व्यक्तिले नगरपालिकाको यस महत्वपूर्ण कार्यविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दर्ता गरेको छ । त्यस मुद्दामा नगरपालिकालाई उक्त ऐन कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको जानकारी प्राप्त भएको छ । देशको भाषा, कला, संस्कृति र सम्पदा संरक्षणको लागि बनाइएको उक्त कानुनबारे न्यायालय सकारात्मक हुनेमा हामी आशावादी छौँ ।
भक्तपुर नपा १ स्थित ऐतिहासिक रानीपोखरी पुनःनिर्माणसम्बन्धी विस्तृत अध्ययन प्रतिवेदन तयार भएको छ । भक्तपुर नगरपालिकाद्वारा पुनःनिर्माण एवम् जीर्णोद्धार सम्पन्न भएका सम्पदाहरूको फोटो सङ्ग्रह गरी पुस्तक प्रकाशन गरिएको छ ।
बजार अनुगमन :
उपभोक्ताहरू व्यवसायीबाट नठगिऊन् भन्ने उद्देश्यले भक्तपुर नगरपालिकाले निरन्तर बजार अनुगमन गर्दै आएको छ । अनुगमनको क्रममा पसल नवीकरण नभएको, सरसफाइमा कमी, पसल दर्ता नभएको, नापतौल विभागमा नियमानुसार नवीकरण नगरेको, पसल दर्ता प्रमाणपत्र नझुण्ड्याइएको, म्याद नाघेको, मिश्रित वस्तु बिक्री गरेको पाइएको हुँदा आवश्यकताअनुसार सुधारको लागि सचेत पार्ने, मालसामान जफत गरी नष्ट गर्ने, कानुनबमोजिम दण्ड जरिवाना गर्दै आएका छौँ । आप्mनो हकको विषयमा उपभोक्ताहरू स्वयम् सचेत हुन आवश्यक छ । कुनै व्यवसायीले उपभोक्ता ठगेको सूचना आउनेवित्तिकै अनुगमन टोलीले तत्काल कारबाही गर्ने व्यवस्था मिलाएका छौँ ।
देको–मिवा–इतापाके आवास योजना :
भक्तपुर नगरपालिका वडा नं. २ र ६ मा देको–मिवा–इतापाके आवास योजना सञ्चालनमा छ । हाल टेवा पर्खालको उचाइसम्म माटो भर्ने, माटो सम्याउने काम भइरहेको छ । त्यस आयोजनाको लागि नगर विकास कोषबाट रु. २० करोड ऋण लिने प्रक्रिया चलिरहेको छ । योजनाको स्वीकृत रिप्लटिङ नीतिअनुसार नक्सा सार्वजनिक गरी जनताको गुनासो लिने काम भइरहेको छ । जग्गावालाहरूको गुनासोपछि उपभोक्ता समिति र सम्बन्धित समितिले छलफल गरी गुनासोहरूको न्यायोचित सम्बोधन गर्ने प्रयास गरिनेछ ।
सरसफाइ तथा वातावरण सुधार :
कोभिडको बेला सरसफाइ झनै महत्वपूर्ण भएकोले हामीले त्यसलाई जोड दियौँ । कठिन परिस्थितिमा पनि हामीले सरसफाइमा कमी आउन दिएनौँ । नगरपालिकाभित्र रहेका सहकारीहरूलाई सामाजिक दायित्वबोध गराउने उद्देश्यले एक सहकारी एक क्षेत्र सरसफाइ नीतिलाई अगाडि बढाएका छौँ ।
फोहर व्यवस्थापनको नयाँ प्रविधितर्फ जाने कोसिस गर्दै छौँ । विभिन्न पक्षसँग सम्पर्क गरी भक्तपुरको लागि व्यवहारिक हुने प्रविधिलाई भित्र्याउने तयारी पनि गरिरहेका छौँ ।
हनुमन्ते र खसाङखुसुङ खोला फोहर भई चुनौती भइरहेकोमा आयोजना कार्यान्वयन निर्देशनालय (पीआईडी) सँग समन्वय गरी खोलाका किनारामा ढल राख्ने कार्य करिब सम्पन्न भएको छ । सल्लाघारीस्थित उपचार पोखरी र हनुमानघाटको उपचार पोखरी पुनः सञ्चालनमा ल्याउने कोशिश गरिरहेका छौँ । सल्लाघारीको उपचार पोखरी निर्माण कार्य भइरहेको छ भने हनुमानघाटको एसियाली विकास बैङ्कको ऋण सहयोगमा पीआईडीमार्पmत गर्ने योजना अघि बढिरहेको छ ।
भक्तपुर औद्योगिक क्षेत्र स्थानान्तरणबारे :
भनपा वडा नं २ ब्यासीस्थित घरेलु तथा साना उद्योग क्षेत्रमा राखिएका ठूला एवं ध्वनि, धुवाँ र रसायन फाल्ने उद्योगहरूले वातावरण प्रदूषण गरिरहेको हुँदा स्थानीय जनताको मागअनुसार प्रदूषण फाल्ने टेक्सटाइल, डाइङ, प्लाष्टिक, र रङ्गरोगनजस्ता उद्योगहरू तत्काल अन्यत्र स्थानान्तरणको लागि नगरपालिकाले प्रयास गरिरहेको छ । ती उद्योगहरूले कानुनबमोजिम तिर्नुपर्ने करिब रु. १ करोड रूपैयाँ अहिलेसम्म तिरेका छैनन् । उद्योग स्थानान्तरणको सरकारी नीतिअनुसार स्थानान्तरणको लागि भनपाले पहल गरिरहने छ र उक्त क्षेत्रलाई साना तथा घरेलु उद्योग क्षेत्रकै रूपमा विकास गर्न प्रयास जारी राखिने छ ।
निजी आवास पुनःनिर्माण :
२०७२ सालको भूकम्पमा निजी र सार्वजनिक गरी धेरै सम्पदामा क्षति भएको थियो । भूकम्पपछि भक्तपुर नगरपालिकामा ७,६५७ परिवार लाभग्राही सूचीमा दर्ता भएका थिए । तीमध्ये ५,६८१ परिवारले लाभग्राही सम्झौता गरे र ५,६८० परिवारले पहिलो किस्ता प्राप्त गरे । तर, हालसम्म जम्मा २,०९२ परिवारले मात्र दोस्रो किस्ता र १,८९१ परिवारले मात्र तेस्रो किस्ता प्राप्त गर्न सकेका छन् । सरकारले दिने अनुदान थोरै हुनु, किस्ताबन्दीमा रकम दिनु र बहुस्वामित्व तथा विभिन्न विवाद हुनुको कारण धेरै परिवारले अनुदान रकम लिन सकेका छैनन् । यसर्थ भक्तपुर नगरपालिकाले नगरवासीहरूको भावनाबमोजिम सरकारको तर्फबाट एकमुष्ट अनुदान दिनुपर्ने, अनुदान रकम १० लाख पु¥याउनुपर्ने, नगरपालिकाको सिफारिसको आधारमा जग्गाधनी प्रमाणपूर्जा नभएका तर वास्तविक पीडित परिवारलाई पनि अनुदान दिनुपर्ने माग गर्दै आएको छ ।
खेलकुद :
वडा वडामा राखिएका खुला शारीरिक व्यायामशालाहरू कोभिडको कारण बन्द भएको हुँदा अनलाइन एवम् टेलिभिजनमार्फत शारीरिक व्यायाम तालिम भइरहेको छ । भनपा वडा नं १० बेखालमा कभर्ड हल निर्माण स्वीकृत भई निर्माण प्रक्रिया अगाडि बढेको छ ।
कृषि :
यो वर्ष किसानहरूले खेतीको समयमा रासायनिक मल पाएनन् । नेमकिपाका सचिव प्रेम सुवालको नेतृत्वमा भनपाका जनप्रतिनिधिहरूसहितको टोलीले किसान समस्यालाई लिएर कृषि मन्त्री, साल्ट ट्रेडिङ लिमिटेड र कृषि सामग्री कम्पनीका प्रमुखहरूलाई भेटेर शीघ्र मल उपलब्ध गराउन आग्रह ग¥यो । सरकारी कोटाअनुसार प्राप्त मललाई नगरपालिकाको तर्फबाट निश्चित दर निर्धारण गरी बिक्री वितरणको क्रममा मूल्यमा एकरूपता कायम गरिएको छ । मल विक्रीमा अनियमितता हुनसक्ने सम्भावनालाई ध्यानमा राखेर सहकारीहरूलाई बिक्री वितरणमा प्राथमिकता दिइएको छ । नगरपालिकाले मल बिक्री भएका ठाउँहरूमा अनुगमन पनि गरिरहेकोे छ ।
नेपाल सरकारको नीतिअनुसार पकेट तरकारी खेती र पशुपालनको सम्भाव्यताबारे सम्बन्धित किसानहरूसित छलफल चलाइरहेका छौँ ।
खानेपानी :
जनसङ्ख्याको चापअनुसार पानीको स्रोतको अभावले हरेक वर्ष जनतालाई खानेपानीको समस्या भइरहेको छ । नगरपालिकाले केयुकेएलसँग समन्वय गरी थप स्रोत पहिचान गरी पानी आपूर्ति गर्ने कार्य गरिरहेको छ । अझै पर्याप्त पानीको वितरण हुन नसकेकोमा हामी चिन्तित छौँ । मेलम्चीको पानी पहिलो चरणमै भक्तपुरमा ल्याउने कोसिस भइरहेको छ । यस अवधिमा पुरानो जगातीदेखि आदर्शसम्म खानेपानी वितरण प्रणालीलाई विस्तार गरिएको छ ।
नक्सा पास :
आ.व. २०७७÷७८ को साउनदेखि पुस २५ गतेसम्म यस नगरपालिकामा नयाँ घर बनाउन २७२ वटा नक्सा दर्ता भएकोमा २४४ वटा पास भएका छन् । यो दर्ता भएका नक्साहरूमध्ये ९० प्रतिशत हो । यस अवधिमा ८२ वटा घरले निर्माण सम्पन्न प्रमाणपत्र लिएका छन् । पास नक्सामध्ये यो ३० प्रतिशत हुन आउँछ ।
अन्य :
भक्तपुर नगर क्षेत्रका विभिन्न स्थानहरूमा सडक बत्तीको व्यवस्था र आदर निकेतन सञ्चालनको प्रक्रिया पनि अगाडि बढाइएको छ । साथै युवा, महिला लक्षित विभिन्न सीपमूलक तालिमलाई पनि ध्यान दिँदै आएका छौं ।
अन्त्यमा, हामी जनप्रतिनिधिहरूले निर्वाचन घोषणापत्रको आधारमा नगर र नगरवासीहरूको हितलाई केन्द्रबिन्दुमा राखेर काम गर्दै छौँ । नगरवासीलाई चुनावको बेला दिएको वचन पूरा गर्न निरन्तर लागिरहने छौँ । जस्तोसुकै कठिन अवस्थामा पनि नगरवासीको साथ लिएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्दछौँ । कोभिड–१९ को यो विषम परिस्थितिमा पनि नगरवासीहरूको स्वास्थ्यलाई ध्यानमा राखी निरन्तर नगरपालिकाको काममा साथ र सहयोग गर्ने जनप्रतिनिधि, कर्मचारीहरू र स्थानीय जनतालाई भक्तपुर नगरपालिकाको तर्पmबाट हार्दिक धन्यवाद ज्ञापन गर्दछौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *