भर्खरै :

बेलायतमा चुनावः मे र कोर्बनीबीच प्रतिस्पर्धा

संसारमा पश्चिमा प्रजातन्त्रको जननी मानिने देश बेलायतमा आज बिहीबार संसदीय चुनाव भइरहेको छ । चुनावमा लेबर दलका नेता जेरेमी कोर्बनी र हालका प्रधानमन्त्री थेरेसा मेबीच चर्को प्रतिस्पर्धा हुने विश्लेषकहरुले पूर्वानुमान गरेका छन् ।
४६.९ मिलियन जनताले चुनावमा मतदान गर्न आफ्नो नामावली दर्ता गराएका छन् ।
उनीहरुले ४० हजार मतदान केन्द्रमा मतदान गर्ने स्रोतले बताएको छ ।
युगोभ नामको एक सर्वेक्षण संस्थाले प्रधानमन्त्री मेले आफ्नो हाल सम्हाल्दै आएका बीस हार्ने सम्भावना रहेको प्रारम्भिक मतसर्वेक्षणले जनाएको छ ।
कोर्बनीले विशेषतः युवाहरुको मत हासिल गर्ने बताइएको छ । युगोभका अनुसार १८–२४ वर्ष उमेरका १२ प्रतिशत मतदाताहरुले कन्जरभेटिभ दललाई र बाँकी ६९ प्रतिशतले कोर्बनीको पक्षमा मतदान गर्नेछन् ।
मेले आफ्नो चुनावी नाराको रुपमा ‘बलियो र चुस्त नेतृत्व’ अघि सारेका छन् । कोर्बनीले भने शिक्षामा शिक्षण शुल्क घटाउने, निजीकरण अन्त्य गर्ने र सामाजिक क्षेत्रमा लगानी कटौती गर्न बन्द गर्ने आदि नारा अघि सारेका छन् । तर केही विश्लेषकहरुले कोर्बनीका नारा व्यवहारिक नभएको दाबी गरेका छन् ।
बेलायतका कुनै एक दलले हाउस अफ कमनको कुल ६५० सीटमध्ये आधा मात्र पनि जित्न सके उसले बहुमतको सरकार गठन गर्नेछ । त्यो दलले अरु कुनै पनि दलको सहयोगबिना कानुनहरु बनाउन सक्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *