भर्खरै :

देश र जनतालाई आत्मनिर्भर बनाऔँ

देश समस्यामा छ । तर, सत्तामा बसेर देशलाई समस्यामा धकेल्ने नेताहरू आफ्नै धुनमा मस्त छन् ।
प्रजातान्त्रिक समाजवादको नारा लगाएर नेपाली काङ्ग्रेसले लामो समय देशमा शासन ग¥यो । उसले पुँजीवाद बलियो बनाई युवाहरूलाई विदेश पठायो । उद्योगहरू निजीकरण गरेर गरिबको उखुसमेतको उत्पादन मूल्य नतिर्ने शोषकहरूलाई साथ दिएर देश र जनतालाई समस्यामा धकेल्यो ।
स्थापनाकालदेखि प्रजातन्त्रको नारा लगाएर गरिब जनतालाई झन् गरिब बनाउनेहरूको पछाडि अझै कुनाकुन्दरा र सहरबस्तीका असचेत गरिब जनता लागेका छन् । शासकका छोराछोरीहरू राम्रा–राम्रा जागिर, विदेश र ठेकेदार बन्दै गरिबहरूमाथि शासन गर्दै छन् तर गरिबहरू खाना नपाएर विदेशीको कुल्ली बन्दै छन् ।
आफ्ना छोराछोरी अमेरिका, अष्ट्रेलिया, डेनमार्कजस्ता कमाई हुने देशमा पठाउँदै गरिबका सन्तानहरू मलेसिया, अरबका खाडीमा पठाई गरिब जनतामाथि अर्को दमन भइरहेको छ ।
सुस्ता, कालापानी, पशुपतिनगरलगायतका क्षेत्रमा भारतले सीमा मिच्दा काङ्ग्रेस सरकार टुलुटुलु हेरेर बस्यो । भारतको दलाली गर्दै उनीहरू सत्तामा पुगे । देशको सीमामा मापदण्डविपरीत बाँध, पर्खाल बनाउन दिनेहरूले जनतालाई झुक्याए । अनि चुनावमा धाँधली गरेर देशभक्तहरूलाई पराजित गरे ।
नयाँ जनवाद, बहुदलीय जनवाद आदि नारा लगाउने नेकपाहरूले ठूलो पार्टी बनेर देश र जनतालाई अर्को समस्यामा धकेलिरहेका छन् ।
मदन भण्डारी मारिएको हो भन्नेहरू राष्ट्रपति, प्रधानमन्त्री र मन्त्री बन्दा पनि दोषीमाथि कारबाही किन भएको छैन ? उल्टै बदमासहरूलाई सफाइ दिनेहरू सत्ताको बागडोर सम्हाल्दै छन् ।
देशको हितविपरीत भारतसँग सम्झौता गर्नेहरू, विभिन्न निहुँ उठाएर अरबौँ घूस खानेहरू, युवा विदेश पठाउनेहरू, सीमा मिच्नेलाई केही भन्न नसक्नेहरू, सत्ता पाएको बेला पारिवारिक र व्यक्तिगत स्वार्थ खोज्नेहरूबाट अब देश चलाउने आशा गर्न सकिन्न । चप्पल लगाउन नपाउनेहरू राजधानीमा महल बनाएर बस्नेहरूको सम्पत्ति कहाँबाट आयो ? कम्युनिस्टको नाममा लुट्न र ठग्न पाइँदैन ।

आफ्ना छोराछोरी अमेरिका, अष्ट्रेलिया, डेनमार्कजस्ता कमाई हुने देशमा पठाउँदै गरिबका सन्तानहरू मलेसिया, अरबका खाडीमा पठाई गरिब जनतामाथि अर्को दमन भइरहेको छ ।
सुस्ता, कालापानी, पशुपतिनगरलगायतका क्षेत्रमा भारतले सीमा मिच्दा काङ्ग्रेस सरकार टुलुटुलु हेरेर बस्यो । भारतको दलाली गर्दै उनीहरू सत्तामा पुगे । देशको सीमामा मापदण्डविपरीत बाँध, पर्खाल बनाउन दिनेहरूले जनतालाई झुक्याए । अनि चुनावमा धाँधली गरेर देशभक्तहरूलाई पराजित गरे ।

जनताको शासन ल्याउने नाममा २०२८ सालमा व्यक्तिहत्याको राजनीति गर्ने राजनीतिक दलहरू आज सरकारमा छन् । स्वास्थ्य उपचार निःशुल्क, रोजगारीको ग्यारेन्टी गर्ने जनतालाई वचन दिइयो । त्यही आधारमा दलले बहुमत हासिल ग¥यो । तर, जनता विदेश जान, भोकै बस्न, उपचार नपाएर मर्न बेरोजगार बस्न बाध्य छन् । के यही हो परिवर्तन र अग्रगमन ¤ शासकहरू मोटा भए । तर, यो जनताको चाहना थिएन । सत्ताको दुरूपयोग गरी ठूलठूला पद हत्याइयो । कर्मचारी सरूवा, बढुवा नियुक्तिमा पक्षपात भयो ।
कथित जनयुद्धको नाममा हजारौँ जनता मारिए । अरबौँको सम्पति जलाइयो । करोडौँ रकम लुटियो । भारतीयहरूको हतियार उनको स्वार्थपूर्ति गर्ने नाममा देश चलाउन प्रयोग भयो, जनताका छोराछोरी टुहुरा भए । अनि खोइ त नयाँ जनवाद ! जनवादको नाममा जनतालाई दुःखी देशलाई गरिब बनाए उनीहरूले । यही थियो माओवादी जनयुद्धको लक्ष्य ?
देश जलाएर पार्टी बनाइयो । शोषक सामन्तलाई पार्टीभित्र हुलेर नेताहरूले धनसम्पत्ति कमाए । अनैतिक राजनीतिक गठबन्धन गरेर सत्ता प्राप्ति भयो । जनताको सेवाको नाममा जनतालाई रूवाउने काम भइरहेको छ ।
जनताले आफ्नो पक्षको मित्रलाई चिनेर, समाजवादी आन्दोलन गर्ने पार्टीलाई साथ दिएर, जनताको प्रजातन्त्रको स्थापना गरेर देश र जनतालाई आत्मनिर्भर गरौँ ।.

Leave a Reply

Your email address will not be published. Required fields are marked *