भर्खरै :

महामारीको सामना

जनवरी १३ तारिखमा बिहान सबेरै तिब्बति जनताको मित्रताका साथ ३ सय वटा भेडाहरू हुपेइ प्रान्तको सदरमुकाम शच्याच्वाङ पठाइएका छन् ।
विशेषगरी हुपेइ प्रान्तमा फैलिएको महामारी नियन्त्रण गर्न हुपेइ प्रान्तले सबै नागरिकलाई न्युक्लिक एसिड परीक्षण गर्नुका साथै धेरै ठाउँमा बन्द व्यवस्थापन कार्यान्वयन गरेको छ । चीनका अरू प्रान्त र सहरहरूले हुपेइ प्रान्तलाई सहयोग पु¥याएका छन् ।
केही समयदेखि हुुपेइ प्रान्तको सदरमुकाम शच्याच्वाङ सहरले तिब्बतको आली क्षेत्रलाई सहयोग गर्दै आएको छ । कोभिड–१९ महामारीको विरूद्ध लडाइँमा आली क्षेत्रीय सरकारले तुरून्तै ३ सय वटा भेडा, १४ टन प्राकृतिक मिनेरलवाटर र ६ हजार औषधि बक्स शच्याच्वाङलाई सहयोग प्रदान गरेको छ । यसअघि सिच्याङ खुरल सहरले शच्याच्वाङलाई १० हजार बक्सका स्थानीय नासपाती, १० हजार नान र २ सय भेडालगायत ५ टनको सामग्री प्रदान गरेको छ ।
तिब्बतको भेडा र सिच्याङको नान र खाद्य पदार्थहरूले शच्याच्वाङका नागरिकहरूलाई सहयोग पु¥याएका छन् ।
चीन ५६ भएको ठूलो परिवार हो । चीनका राष्ट्राध्यक्ष सी चिनफिङले भन्नुुभयो, “सबै जातीय समूहहरूले एक अर्कालाई बुझ्नुपर्छ, सम्मान गर्नुपर्छ, सहिष्णु हुनुपर्छ र कदर गर्नुपर्दछ, एक अर्काबाट सिक्नुपर्दछ र एक अर्कालाई सहयोग गर्नुपर्दछ । सबैले अनारको दानाझैँ घनिष्ट अँगालो हाल्नुपर्छ ।’सीआरआई

Leave a Reply

Your email address will not be published. Required fields are marked *