भर्खरै :

इरान अल कायदाको मित्र होइन, शत्रु हो

कार्यकाल सकेर घर फर्किन लागेका संरा अमेरिकी विदेश सचिव माइक पम्पेओले गत जनवरी १२ को दिन इस्लामिक गणतन्त्र इरान आतङ्कवादी सङ्गठन अल कायदाको ‘नयाँ आधारभूमि’ भएको आरोप लगाए । पम्पेओले सन् १९९८ मा पूर्वी अफ्रिकामा अल कायदाबाट भएका आतङ्कवादी हमलाहरूमा संलग्न भएको अभियोग लागेका उच्चपदस्थ कार्यकर्ताहरूलाई इरानमा गत गर्मीयाममा गोली हानी हत्या गरिएको खबर केही महिनाअघि प्राप्त भएको दाबी गरे ।
ट्रम्प सरकार बिदा हुनुअघि अन्तिम सातामा प्रचार गरिएको पम्पेओका यस्ता आरोपलाई कतिले पत्याउलान् ¤ कतिले इरान पनि अल कायदाको पक्षमा लागेको ठान्लान् । तर, वास्तविकताको धरातलमा उभिएर नियाल्ने हो भने यो दाबी पूर्णतः झूट हो । इरान अल कायदाको समर्थक होइन, विरोधी हो ।
इरान सिया मुसलमानको बाहुल्य भएको देश हो । अल कायदाले मध्यपूर्वी क्षेत्रमा सिया मुसलमानहरूको हत्या गर्दै आएको छ । अल कायदाले सिया मुसलमानहरूलाई निशानामात्र बनाउने गरेको छैन बरु सिया मुसलमानजस्ता मुसलमान अल्पसङ्ख्यकहरूले आतङ्कवादी हमलालाई निस्तेज गर्दै आएका छन् । इरानले धेरै थरी आतङ्कवादको सामना गरिसकेको छ । इरानमाथि यस्ता हमला गर्नेहरू सुन्नीदेखि माक्र्सवादसम्म सबै थरी विचारधाराका पक्षधरहरू छन् । इरान लामो समयदेखि विश्वको आतङ्कवादविरुद्ध वास्तविक युद्धको अग्रमोर्चामा मोर्चाबद्ध छ । इरानको त्यो मोर्चा संरा अमेरिकाको राजनीतिक उद्देश्यबाट निर्देशित दोहोरो मापदण्डको आतङ्कवादविरोधी लडाईँजस्तो पक्कै होइन । इरानमाथि अल कायदालाई संरक्षण दिइरहेको आरोप लगाउनु पूर्णतः झूट हो जो वास्तविकतासँग कदापि मेल खाँदैन ।
आतङ्कवादविरोधी क्षेत्रीय लडाइँमा इरान निकै सक्रिय छ । उसले बितेका सात वर्षमा आतङ्कवादी सङ्गठन आईएसआईएसविरुद्ध लड्न इराक र सिरियामा इस्लामिक क्रान्तिकारी गार्ड कर्प (आईआरजीसी) का लडाकु र सल्लाहकारहरू पठाउने गरेको छ । संसारकै शत्रु बनेको आतङ्कवादविरुद्धको लडाईँमा ठूलो सङ्ख्यामा इरानी लडाकुहरू मारिएका छन् । तर, इरानी अधिकारीहरूले यसबारे प्रायशः बोल्ने गर्दैनन् । उनीहरूमध्ये कति जना त आतङ्कवादीहरूबाट होइन, सिरियामा इजरायली हवाइ हमलामा परी मारिएका छन् । संरा अमेरिकाजस्तै इजरायलले इरानलाई आतङ्कवादलाई प्रश्रय दिने देश भन्दै आएको छ । त्यही कारण संरा अमेरिका र इजरायलले इरानलाई सुरक्षाको कडी होइन, क्षेत्रीय सुरक्षाको चुनौतीका रूपमा लिने गरेका छन् ।
मध्यपूर्वमा आतङ्कवादप्रति इजरायली र अमेरिकी धारणामा मुख्य समस्या भनेको उनीहरूले त्यसलाई ज्यादै राजनीतिकरण गरेका छन् । यी दुई देशले आतङ्कवादलाई संसारभर नै भत्र्सना गरिनुपर्ने समस्याको रूपमा हेर्ने गरेका छैनन् । आतङ्कवादलाई परास्त गर्न आफ्ना सबै क्षेत्रीय साझेदारहरूसँग मिलेर लड्नुपर्ने उनीहरू सोच्दैनन् । बरु, आफ्नो विपक्षी देशलाई उनीहरूले आतङ्कवादको बिल्ला लगाइदिने गरेका छन् । आईआरजीसी इरानी सेनाको वैधानिक शाखा हो । यो वाशिङ्टन र तेल अभिभले भन्ने गरेजस्तो कुनै अन्तर्राष्ट्रिय आतङ्कवादी सङ्गठन होइन । त्यस्तै इरानी सहायतामा हेजबुल्लाहजस्ता गैरराज्य शक्तिहरू संयुक्त राष्ट्र सङ्घले आतङ्कवादी करार गरेको सिरियाको आईएसआईएसविरुद्ध लडिरहेका छन् । हेजबुल्लाहहरू आतङ्कवादी होइनन्, बरु आतङ्कवादविरोधी हुन् ।
क्षेत्रीयरूपमा आपसमा विपरीत दृष्टिकोण र असन्तुलित सैनिक शक्तिको कारण आईआरजीसी र उसका पक्षधरहरूमाथि ‘आतङ्कवाद’को संरा अमेरिका र इजरायलका आरोप राजनीतिक अभिप्रायबाट निर्देशित छ । अनि, उनीहरूले बेला बेलामा सिरियामाथि बम हमला पनि गरेका छन् । तर खासमा आफूले भनेजस्तो इरान अल कायदाको समर्थक नभएको वास्तविकता उनीहरूलाई पनि थाहा छ । त्यसकारण उसको भनाइमा ऊ आफै विश्वस्त छैन ।
संरा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प चुनावमा पराजित भएको झोकमा आक्रोशित छन् । उनी आगामी साता बुधबार राष्ट्रपति कार्यालय छोडेर जाँदै छन् । आफ्ना केही समर्थकहरूले संसद् भवनमा उपद्रव गरेपछि संरा अमेरिकामा आफूविरुद्ध जे भइरहेको छ, उनले पत्याउनै सकेका छैनन् । उनका राजनीतिक विपक्षीहरूले उनीहरूको शब्दमा संरा अमेरिकामा ट्रम्पले ‘घरेलु आतङ्कवादी’ हमलाको निम्ति उक्साएका छन् । यस्तो परिस्थितिमा अमेरिकी जनताको ध्यान अन्यत्र तान्न ट्रम्पले आफ्ना विदेश सचिवलाई ‘इरान अल कायदाको साझेदार हो’ भन्न लगाएका छन् । यस्तो आरोप लगाउँदा जनताले आतङ्कवादसँग ट्रम्पको सम्बन्ध भुल्ने अपेक्षा गरेको पनि हुनसक्छ ।
त्यसकारण ट्रम्प सरकारको यो आरोपलाई गम्भीरतापूर्वक लिनु आवश्यक छैन । राष्ट्रपतिको रूपमा आफ्ना अन्तिम दिनमा छवि जोगाउने व्यक्तिगत महत्वाकाङ्क्षा र नयाँ राष्ट्रपति बाइडेनलाई पनि इरानविरोधी नीतिको लागि परिबन्दमा पार्न ट्रम्पले यस्तो कदम चालेको हुनसक्छ । गत साताको सुरक्षा सङ्कटको सन्दर्भमा धेरैले हालै ट्रम्पबारे ‘आतङ्कवादप्रति नरम’ भएको आरोपबाट जोगिन पनि बाइडेनलाई संरा अमेरिकाको कूटनीतिक दिशा बदल्न ज्यादै कठिन हुनेछ । जे होस्, सबै वस्तुगत विश्लेषकहरूलाई इरान अलकायदाको समर्थक होइन, विरोधी हो भन्ने कुरा बुझेका छन् ।
स्रोत : सीजीटीएन
नेपाली अनुवाद : सिर्जन

Leave a Reply

Your email address will not be published. Required fields are marked *