भर्खरै :

अवसरवादले भित्र्याएको विकृत पुँजीवादी राजनीति

आजको विश्व राजनीतिक परिस्थितिलाई नियाल्दा पुँजीवादले एकपछि अर्को सङ्कट व्यहोरिरहेको प्रस्ट हुन्छ । विश्व साम्राज्यवादको नाइके संरा अमेरिकी साम्राज्यवाद घरभित्र अत्यन्त तनावपूर्ण स्थितिमा छ र एकपछि अर्को हमला व्यहोर्दै छ भने घरबाहिर दिन प्रतिदिन बदनाम हुँदै छ । यही समयमा सन् १९९० को दशकपछि रक्षात्मक स्थितिमा पुगेको समाजवादले एकपछि अर्को सफलता हासिल गर्दै छ । पुँजीपति वर्गद्वारा समाजवादी युगको अन्त्यको घोषणा गरिएको ठीक तीन दशकपछि परिस्थिति बदलिएको छ । यो केवल संयोग होइन । विश्व यो स्थितिमा ढिलो या चाँडो एक दिन पुग्नैपथ्र्यो । समाजवादको अपरिहार्यताबारे फेरि जनतामा जागरण पैmलिनु निश्चय पनि सुखद सङ्केत मान्न सकिन्छ ।
कोभिडले कोमामा पु¥याएको पुँजीवाद
ठीक एक वर्ष अगाडि विश्वमा नयाँ खालको भाइरस देखाप¥यो । कोभिड–१९ भनियो त्यसलाई । साम्राज्यवादले सुरु गरेको जीवाणु युद्धको परिणति हुनसक्ने धेरैले अनुमान गरे । समाजवादविरुद्ध त्यो एक प्रकारको हमला मानियो । रणनैतिकरूपमा चीनलाई घेरिरहेको संरा अमेरिका त्यस हमलाको मुख्य योजनाकार तथा प्रायोजक भएको चर्चा चल्यो । इतिहासमा कुनै दिन पुस्ट्याइँ अवश्य पेश होला । प्रारम्भिक घटना विवरण, प्रमाणले संरा अमेरिकाको हात रहेको बताइसकेको छ । तर, त्यो षड्यन्त्र, त्यो जैविक हमला स्वयम् संरा अमेरिकाका निम्ति प्रत्युत्पादक, आत्मघाती साबित भयो । संरा अमेरिकी साम्राज्यवाद ‘जिउँदो मानिसको फेला’ परेको विश्वजगतले अनुभव ग¥यो । समाजवादी देश चीनले व्यवस्थित तथा पूर्ण तयारीका साथ भाइरसविरुद्ध बेग्लै खालको ‘जनयुद्ध’ लड्यो । लाखौँ–करौडौँ जनता एकजुट भई आत्मविश्वासका साथ लडे । कममात्र क्षतिमा तर छोटो समयमा चीनले विजय प्राप्त ग¥यो । अन्य कैयौँ देशलाई समेत मानिसको जीवन रक्षा गर्न र भाइरसलाई निर्मूल पार्न सम्भव भएका सम्पूर्ण सहयोग उपलब्ध गरायो । चिनियाँ जनताले समाजवादको सर्वश्रेष्ठता स्थापित गरे । विश्वका कामदार जनता, न्यायप्रेमी तथा मानवतावादीहरूले समाजवादको रातो झन्डालाई सलाम गरे । कतिले मनमनै अभिवादन गरे ।
उता संरा अमेरिका, बेलायत, फ्रान्स, ब्राजिल, स्पेन, इटाली, जर्मनी, भारतजस्ता पुँजीवादी देशहरू स्वास्थ्य महासङ्कटमा फसे । राज्य असफल साबित भयो । असङ्ख्य गरिब जनताले अकाल मृत्युवरण गरे । पुँजीवादले जन्माएका अत्याधुनिक हातहतियार बेकामसिद्ध भए । राज्ययन्त्र अपाहिजतुल्य बने । राज्यको उदासिनता पनि उदेकलाग्दो थियो । पुँजीपति वर्गको अमानवीय शासन उदाङ्गो भयो । पुँजीवाद सङ्कटमा नेतृत्व जन्माउन सक्दैन र नेतृत्व प्रदान गर्न सक्दैन भन्ने यथार्थ फेरि एकचोटी उजागर भयो ।
कोभिड सँगसँगै उदारीकरणको नीति एक्काइसाँै शताब्दीका लागि झन् अफापसिद्ध भएको महसुस व्यापक जनताले गरे । पुँजीवादी व्यवस्था मानवीय सङ्कट, प्राकृतिक प्रकोप, महाव्याधी आदि समयमा बेकामको हुँदो रहेछ भन्ने अनुभव भुक्तभोगीहरूले गरे । बाहिरबाट सा¥है शक्तिशाली देखिने पुँजीवाद अदृश्य भाइरसका अगाडि अत्यन्त कमजोर प्रमाणित भयो । पुँजीवादको असफलता या पराजयको रूपमा धेरैले वर्णन गरे । साम्राज्यवादले युद्ध भड्काएर मात्र मानिसको ज्यान लिँदैन, बरु उपचारविहीनताको स्थिति तयार गरी नरसंहार पनि गर्छ भन्ने प्रत्यक्ष अनुभव मानिसले गरे । पुँजीपतिवर्ग र शासकहरूको यो खालको मानवताविरोधी अपराधविरुद्ध विश्वमा आवाज चर्को ढङ्गमा सुनियो । सन्त्राशबीचको ‘सरासु’ या रातको सन्नाटालाई चिर्दै कतैबाट आएको आवाज मान्न सकिन्छ त्यसलाई ।
पुँजीवाद : मानव समाजको निम्ति एक अभिशाप
पुँजीवादी व्यवस्थाले हरेक दश वर्षमा एक पटक आर्थिक सङ्कट व्यहोर्ने कार्ल माक्र्सको अनुमान आजसम्म गलत साबित कसैले गर्न सकेको छैन । यो जगजाहेर छ । यतिखेर पुँजीवाद आर्थिक सङ्कटबाट पनि मुक्त छैन भने राजनीतिक सङ्कटको उत्कर्षमा पुग्दै छ । क्युवाली नेता फिडेल क्यास्ट्रोले कतै भन्नुभएको थियो – “समाजवादको असफलता देख्नेहरू पुँजीवाद कहाँ सफल छ ? अफ्रिका, एसिया, ल्याटिन अमेरिका कहाँ सफल छ पुँजीवाद ?” नेता क्यास्ट्रोले भन्नुभएझैँ पुँजीवाद सबैतिर असफल हुँदै छ । आर्थिक, राजनीतिक, सामाजिक क्षेत्रमा असफलता व्यहोर्दै छ । पछिल्लो समय संरा अमेरिकामा काला जातिमाथि चलिरहेको निर्मम दमन, नृशंस हत्याको शृङ्खला, बढ्दो अराजकता र निर्वाचनमा पराजित भइसकेको ट्रम्पको फासीवादी नीतिले पँुजीवादको कुरूपता उदाङ्गो पारेको कसैसामु लुकेको छैन ।
संरा अमेरिकी प्रजातन्त्रमा देखिएको नयाँ सङ्कटले पुँजीवादी व्यवस्था कति खोक्रो छ, कति ढोङ्गी छ र कति म्याद नाघिसकेको छ भन्ने पुनः प्रस्ट पार्छ । हालैको क्यापिटल हिलको अराजकता तथा हिंसा, ट्रम्पको हठ र सङ्कटकालको घोषणाले पुँजीवादी प्रजातन्त्रलाई नक्कली साबित गरिसकेको छ । निर्वाचन परिणामबारे जुन प्रश्न उठाइएको छ त्यसले पनि पुँजीवादी प्रजातन्त्रलाई लुटतन्त्र प्रमाणित गरेको छ । विश्वलाई प्रजातन्त्र, मानवअधिकार, स्वतन्त्रता र सभ्यताको पाठ सिकाउने संरा अमेरिकाको आजको दयनीय स्थिति, घृणित गतिविधि तथा बर्बरताले संरा अमेरिकाले विश्वलाई ‘नेतृत्व’ गर्ने नैतिकरूपमा हैसियत गुमाइसकेको घोषणा गरेको विश्लेषकहरू बताउँदै छन् । पुँजीवादी निर्वाचन प्रणाली तथा संसदीय प्रणालीप्रति नै धेरैले प्रश्न उठाउन थालेका छन् र त्यसको विकल्पको खोजी गरिनुपर्ने आवाज संवेदनशील समुदायबाट फेरि जोडदार ढङ्गमा उठ्दै छ । पुँजीवादी प्रजातन्त्र भीडतन्त्र, छाडातन्त्रमा परिणत भइरहेको र शासकहरू क्रुर बन्दै गइरहेको जनता गुनासो गर्दै छन् । प्रजातन्त्र तस्करतन्त्र, माफियातन्त्र र कर्पोरेटतन्त्र भनी बदनाम हुँदै छ । संरा अमेरिकी ‘ट्रम्पतन्त्र’ का कारण झनै पुँजीवाद तथा साम्राज्यवादको वास्तविक चरित्र नाङ्गिएको निर्विवाद हो । संरा अमेरिकामात्र होइन बेलायत, फ्रान्स, भारत, इजरायलका उदाहरणले पनि पुँजीवाद मानवीय हित, राजनीतिक स्वच्छताको हिसाबले अत्यन्त कमजोर रहेको देखाउँदै छ ।
पुँजीवादले भ्रष्टाचार, कमिसनखोरी, अनियमितता बढाएको विश्वजगतले अनुभव गर्दै छ । पुँजीवाद भोकमरी, बेरोजगारी, गरिबी, अभाव, अशिक्षा, अशान्ति उत्पादन गर्ने कारखाना भएको बताउने धेरै विद्वान छन् । तीन–चार सय वर्षको लामो इतिहास बोकेका पुँजीवादी देशहरूले समेत मानवसमाजका यी समस्या समाधान गर्न नसकेको यथार्थ सबैसामु छर्लङ्ग छ । केही सामन्त, सम्भ्रान्त तथा धनाढ्यलाई पोस्नका निम्ति लाखौँ करोडौँ जनतालाई भोकभोकै राख्ने र जिउँदै मार्ने अमानवीय व्यवस्था भएकैले पुँजीवादी व्यवस्थाप्रति मानिसको असन्तुष्टि तथा आक्रोश बढ्दै गएको बुभ्mन कठिन छैन । राज्यको ढुकुटीमाथि ब्रम्हलूट मच्चाएर देश कङ्गाल बनाउने तर निश्चित परिवार या समूहले अकूत सम्पत्ति आर्जन गर्ने बेथितिका कारण यो व्यवस्था बदनाम हुँदै गएको स्वयम् नेपाली जनताको अनुभव छ । पुँजीवाद आपैmले अनैतिकता, अराजकता, सिद्धान्तहीनता, अन्धविश्वास, व्यक्तिगत स्वार्थलाई बढावा दिएर समाज लथालिङ्ग पारेको पनि त्यति नै यथार्थ हो ।
पुँजीवादी फोहरी राजनीतिको दलदलमा नेकपा
नेपाली राजनीतिक व्यवस्था र शासक दलहरूमा देखिएको पछिल्लो सङ्कटलाई पनि पुँजीवादी व्यवस्थाले विश्वव्यापीरूपमा झेलिरहेको सङ्कटकै सिलसिला या हिस्सा मान्नु गलत हुने छैन । नाम कम्युनिस्ट भएपनि सम्पूर्णरूपमा पुँजीवादी बाटोमा हिँडिसकेको नेकपा यतिखेर विकृत संसदीय राजनीतिक खेलमा मग्न छ । राजनीतिक अनैतिकता, विचारशून्यता र अवसरवादले ग्रस्त नेकपा एकताको तीन वर्ष पनि पार नगर्दै विभाजनको दलदलमा फसिसकेको छ । पुँजीवादी फोहोरी राजनीतिको पोखरीमा घाँटीसम्म डुबिसकेको छ । नेताहरू कुर्सीको तानातानमा निर्लज्ज किसिमले लाग्दै छन् । एकले अर्कोलाई नङ्ग्याउन होडबाजी गर्दै छन् ।
यो झगडाको मूल कारण भागबण्डा, शक्ति आर्जन, पद र पैसा रहेको कसैबाट लुकेको छैन । शक्तिमा पुग्नका निम्ति विस्तारवादीको कठपुतली बन्नसम्म तयार हुनु, पद र पैसाका निम्ति जस्तै कुकर्म गर्न पनि पछि नपर्नु, देश र जनतालाई विश्वासघात गर्नसमेत अघि सर्नु र आशीर्वाद प्राप्त गर्न विदेशी शक्तिको पाउ ढोग्न तयार हुनु आदि नै नेकपा विभाजनका खास कारण हुन् । यसबाट के प्रमाणित हुन्छ भने अहिलेको समयमा पुँजीपति वर्गले नियोजित ढङ्गमा अमूक राजनीतिक दल या नेतालाई शासन सत्तामा पु¥याउँछ र आप्mनो स्वार्थबमोजिम नचाउँछ या प्रयोग गर्छ । अनि, आप्mनो स्वार्थ पूरा भइसकेपछि फाल्छ या हटाउँछ । पुँजीपति वर्गले सबैलाई भौतिकरूपमा समाप्त गर्दैन तर अवसर, लोभलालच आदिमा फसाएर सिध्याइदिन्छ । नेकपाको अहिले जुन जात्रा चलिरहेको छ त्यसलाई यही प्रकाशमा हेरिएको खण्डमा फरक नपर्ला ¤ अर्को कोणबाट हेर्दा जुन पार्टी आपूmलाई कम्युनिस्ट या वामपन्थी भन्छ तर वर्गसङ्घर्षको बाटो त्यागेर पुँजीपति वर्गको सेवामा तल्लिन रहन्छ र उसको जुठो खानुलाई सौभाग्य ठान्छ तिनको दूर्भाग्य नेकपाको झैँ हुनु आश्चर्य होइन । पुँजीपतिवर्ग उपभोगवादी सिद्धान्तमा विश्वास गर्दछ, यसमा कुनै शङ्का छैन ।
अवसरवादले कहाँसम्म पु¥याउँछ ?
सत्तामा पुगेपछि सङ्घर्षको बाटो भुल्ने, शक्ति प्राप्त भएपछि दुरुपयोग गर्ने, जनताको सेवाको भावना परित्याग गर्ने, व्यक्तिगत स्वार्थपूर्ति र भ्रष्टाचारलाई अधिकार ठान्ने आदि रोगले ग्रस्त भएपछि अहिले नेकपा र नेकपाका नेताझैँ गाईजात्रे पात्र बन्ने शिक्षा समयले दिँदै छ । सत्तामात कति घातक हुन्छ, विचारमा विचलन कति दूर्भाग्यपूर्ण हुन्छ र देशघात तथा जनघात कति प्रत्युत्पादक बन्न सक्छ भन्ने पाठ सबैसामु आज छर्लङ्ग भइसकेको छ ! कम्युनिस्ट नामधारी शासक दललाई अवसरवादले कहाँसम्म पु¥याउँछ, अझै हेर्न बाँकी नै छ ! असैद्धान्तिक झगडामा फसाएर देश र जनताको भविष्यमाथि खेलबाड गर्नेलाई समयले कसरी दण्डित गर्ला, नतिजा कुर्न त्यति धेरै समय नलाग्ला ! विदेशीको बुई चढेर देशलाई भड्खालोमा जाक्ने र अन्तरध्वंस मच्चाउने तत्वलाई नेपाली जनताले कसरी बदला लिन्छन्, हेर्न थोरै धैर्य भए पर्याप्त होला !

Leave a Reply

Your email address will not be published. Required fields are marked *