बाढीले ‘टुहुरा’ बनेका ५ सय भन्दा बढी बालबालिकाको भविष्य अनिश्चित !
- आश्विन ९, २०८३
विभिन्न देशमा राजनीति, सुझबुझपूर्ण भई राष्ट्रसेवा–समाजसेवामा समर्पित भएर सार्थक बन्ने गरेको छ । कतिपय देशका राजनेताहरूको पृष्ठभूमि नै समाजसेवा हुन्छ । राजनेतामा नैतिकता, त्याग, विज्ञता र प्रतिभाको प्रचुरता भएपछि राजनीतिक क्रियाकलापमा पनि नैतिकता, शिष्टता, संस्कार, नियम तथा अनुशासन झल्किन्छ । परिणामतः सामाजिक व्यवस्था असल र जनमुखी बन्छ । अनि नागरिक पनि स्वतः सभ्य र कर्तव्यनिष्ठ बन्छन् । राजनीति भनेको राष्ट्रसेवा, सदाचार, परोपकारी र जनमुखी भएपछि शासकहरू आफ्नो शासनकाल सकिएपछि कुनै पेशामा लागेर जीवन बिताउँछन् । न त तिनलाई फेरि जनताले नै नेतृत्वमा रहेको देख्न चाहन्छन् न त उनीहरू नै पदीय कुर्सीमा लोभिन्छन् । त्यहाँ श्रम गर्नुलाई अनिवार्य र आदर्श मानिन्छ । आफ्नो कार्यकालमा देश र जनताका लागि कुनै विशेष काम गरेका भए ती पछिसम्म स्मरणीय र चर्चित् हुन्छन् नै । नत्र पूर्वशासकहरूको चर्चा अखबारको भित्री पानामा समेत हुँदैन ।
अमेरिकामा बनेको संविधानलाई विश्वकै पुरानो संविधान मानिन्छ । यो सन् १७८७ मा बनेको थियो । समय समयमा संशोधनसँगै त्यहाँ अहिले पनि त्यही संविधानले काम गरिरहेको छ । बेलायतमा लिखित संविधानै छैन । जापानमा दोस्रो विश्वयुद्धपछि अमेरिकी कानुनविद् गएर संविधान बनाइदिएका रहेछन् । हिरोसिमा र नागासाकी पीडापछि जापानीहरूले हृदयदेखि नै ‘युद्ध भावना’ हटाइदिए । राजनीतिक आचरण असल चरित्र र असल संस्कारको भएका कारण आम जनताको सोच, संस्कार, नैतिकता, चरित्र, सभ्यता र जीवनपद्धति स्वतः विकसित हुँदै जाँदा ती देशहरू विश्वसमुदायमा शक्तिशाली भएका छन् ।
यता हाम्रामा भने २००७ सालदेखि यता ७ वटा संविधान बने । प्रजातन्त्र, पञ्चायती व्यवस्था हुँदै लोकतन्त्र–गणतन्त्रजस्ता नयाँ नयाँ व्यवस्था आए । पछिल्लो संविधान पाउनका लागि त दशवर्षे ‘जनयुद्ध’का क्रममा, १७ हजारभन्दा बढी नेपालीको बलिदानी र अर्बौंको भौतिक नोक्सानी व्यहोर्नुप¥यो ।
तर हाम्रो राजनीतिक आचरण कहिल्यै राम्रो भएन । यो क्रमश : सबैभन्दा आकर्षक ‘कमाउ पेशा’ बन्न थाल्यो । संविधान तथा नियमकानुन—देश, जनता र सुशासनका पक्षमा प्रयोग गरिनुको साटो यसलाई आफूअनुकूलको काम गर्न÷गराउनमात्र प्रयोग गर्न थालियो । अधिकांश नेताहरूमा नैतिकता, विज्ञता, प्रतिभाजस्ता सद्गुण पाउनु दुर्लभ भएको छ । ढाँटढुँट, हाटहुट, चाटचुट, टपर्टुय्याँ, धूत्र्याइँ र लाटलुट मिश्रित ‘गुण’ भने जताततै र जति पनि पाइन्छ । अझ त्यसमा जालझेल, धोका, कपट, षड्यन्त्र नभई त सफल नेता बन्नै नसक्ने ! राजनीतिमा लागेर नेता हुनासाथ त्यो परिवारैले दुःख र श्रम गर्नै हुँदैन । सामान्य जीवन जिउनै हुँदैन । सादा र मितव्ययी बन्दा इज्जतै रहँदैन । इज्जतिलो र सभ्य कहलाउनका लागि हदैसम्मको विलासी र ऐयासी बन्नैपर्छ । सकेसम्म औंला बङ्ग्याएर सातपुस्तालाई पुग्ने सम्पत्ति कमाउनैपर्छ । सानोतिनो मात्र भए पनि काम गरेर होइन, चाहिने नचाहिने कुरा गरेर भए पनि चर्चामा आइरहनैपर्छ ।
कतिपटक प्रधानमन्त्री/मन्त्रीको पदमा बसेर शारीरिक, मानसिक र चारित्रिक हिसाबले अयोग्य प्रमाणित भइसकेकालाई पनि फेरि कुर्सी नै चाहिएको छ । जसरी भए पनि, जे गरेर भए पनि । भूतपूर्व भैसकेका सबैका मनमा फेरि पनि ‘यो देशमा म नै हुनुपर्छ, म भएमात्र सबैथोक ठिक हुन्छ, अर्को भए केही पनि हुँदै हुँदैन’ भन्ने घोर अहङ्कारी भावनाले घर बनाएको देखिन्छ । चुनावमा हारेर पनि फेरि सिंहासनमै पुग्नुपर्ने ! समाजसेवाको अरू कुनै पनि काममा मन र जाँगरै नलाग्ने ¤ लाभको पदबिना त बाँच्नै नसक्ने ! उनीहरूले देशलाई दिएको कथित् योगदान र त्यागको ऋण कहिल्यै चुक्तै नहुने ! योग्यता निर्धारण र उमेरको हदबन्दी पनि चाहिँदै नचाहिने ! पुर्खाको त्याग र बलिदान भएको माटोमा, सन्तानको यो कस्तो घटिया व्यवहार देख्नुपरेको होला ¤ आफूले आफ्ना पालामा राम्रो गर्न नसकेर देश र जनताका लागि पाप गरेको भए, अर्कालाई सहयोग गरेर÷सुधारेर प्रायश्चित गर्दा पनि त हुन्थ्यो । त्यस्ता कुराको त मनको एकछेउमा पनि सोचाइ नै छैन । ‘जसरी पनि मै हुनुपर्छ’ भन्ने भावना भएकाले लिओ टल्सटायको ‘हाउ मच ल्यान्ड डज अ म्यान निड रु’ भन्ने कथासमेत पढेजस्तो लाग्दैन ।
गणतन्त्र प्राप्तिपछि यतिखेर सातौं कम्युनिस्ट सरकार ९प्रचण्ड, माधव, झलनाथ, बाबुराम, ओली, प्रचण्ड, ओली चल्दै छ कामचलाउ अवस्थामा । यस क्रममा, देश र जनताका पक्षमा मर्न र मार्न नडराउने हजारौँ कार्यकर्ताका साथ दश वर्ष ‘जनयुद्ध’ चलाएर आएका ‘महान् नेता’ प्रचण्ड दुईपटक प्रधानमन्त्री भए । वर्षौं जेल बसेका अर्का ‘लोकप्रिय नेता’ ओली पनि दोस्रोपटक नै चलाउँदै छन् । दोस्रो÷तेस्रो पुस्ताका नेता, नेतृत्व सह्माल्न तयार भैसके । तर, आफ्नो वाचा, कर्तव्य र जिम्मेवारी सम्झेर अहोरात्र काम गर्नुपर्नेमा तिनै बूढा–ठूला नेताहरू सर्वोच्च पद ओगटेर, समूहमा विभाजित भएर, अझ त्यति गर्दा पनि कुरै नमिलेर हुँदाखाँदाको दुईतिहाइ नजिकको सरकार विघटन गरिएको छ । एकअर्काले गरेको भ्रष्टाचारलाई लिएर कुनै कारबाही गराउन होइन, त्यसका आधारमा आफूलाई बढी असल देखाएर लोकप्रियता हासिल गर्ने होड चलेको छ । रातदिन तल्लो स्तरको आरोप प्रत्यारोपका साथ एकअर्काका पोल खोलाखोल गरिएको देख्दा, ‘यो देशमा कम्युनिस्ट भनेका साह्रै फटाहा हुँदारहेछन्’ भन्ने खालको धारणा बन्दै छ ।
संसद् विघटन ठीक र बेठिक भन्दै दुवैथरी ‘कानुनविद्’ बन्दै छन् । दुवैका तर्कहरू चर्काचर्का र आक्रामक खालका छन् । कोही पनि आफू आफूमा हार्नेवाला देखिंदैनन् । जसका कुरा सुन्यो, त्यही ठीकजस्तो लाग्छ । न्यायालय नै दुई धारमा विभाजित भैसकेको छ । भोलिका दिनमा निर्वाचन आयोग तथा सर्वोच्च अदालतबाट जेजस्तो निर्णय÷फैसला भए पनि त्यसले फाइदा हुने भनेको त फेरि पनि, सबै वा केही नेतालाई नै हो । भ्रष्टाचार, अपचलन, दण्डहीनता, अराजकता, बिचौलिया, महँगी, बेरोजगारीको सम्बोधन भएर देश र जनताको अवस्थाचाहिं सुध्रने कुनै लक्षणै छैन ।
देशले भ्रष्टाचारमा दक्षिण एसियामै पहिलो भनेर अन्तर्राष्ट्रिय दुर्नाम कमाइसक्यो । वैदेशिक ऋणको भार जनताका थाप्लामा बढ्दै छ । देश र जनताको विकास र उन्नतिका लागि, तीन तहको सरकारमा बसेर शासन गर्ने ‘राजाहरू’ अधिकारको अहङ्कारसहित पद ओगटेर मयूरझैँ मख्ख छन् । ‘आफू र आफ्ना नेताबाट घोर बेइमानी भयो’ भन्ने महसुस नेतामा छँदै छैन । खालि, पद र सत्ता कसरी प्राप्त गर्ने वा जोगाउने भन्ने चिन्ताले उनीहरू पिरोलिएका छन् ।
शास्त्रले भन्छ : अनायकाः विनश्यन्ति नश्यन्ति बहुनायकाः अर्थात् नायक नहुँदा विनाश हुन्छ । धेरै नायक हुँदा पनि विनाशै हुन्छ । यहाँ नायकका नाममा धेरै खलनायकहरू भएर देश नासिँदो अवस्थामा छ ।
यस्तो लाग्छ :अब कुनै दल, चुनाव वा सरकार होइन । राजनीतिक आचरणमा परिवर्तन चाहिएको छ । राजनीति ‘कमाउ सेवा’ होइन, समाजसेवा बन्नुपरेको छ । यसले देशमा सुशासन, विकास, समृद्धि र रोजगारी ल्याउनुपरेको छ ।
Leave a Reply