भर्खरै :

गोयबल्स कप !

नेपालमा पहिलो पटक झूठलाई पनि साँच्चिैकै जस्तो गरी बोल्ने प्रतियोगिता हुँदै थियो । उक्त प्रतियोगितामा जित्नेले गोयबल्स नामको कप हात पार्ने थियो । प्रतियोगिता हेरेर मनोरञ्जन लिन थुप्रै दर्शकहरू सहभागी भएका थिए । झूठ बोल्नमा पारङ्गत एकसेएक वक्ताहरू प्रतियोगितामा सहभागी थिए ।
प्रतियोगिता छिट्टै सुरु हुन गइरहेको जानकारी स्पिकरबाट आइरहेको थियोे । एकछिनपछि जोसेफ गोयबल्सको छोटो परिचयका साथ कार्यक्रम सुरु गर्दै प्रस्तोताले भने, “सन् १९३३ मा जर्मनीका चान्सलर एडोल्फ हिटलरले आफ्नो विश्वस्त मित्र जोसेफ गोयबल्सलाई प्रचारमन्त्री बनाएका थिए । हिटलरलाई सबभन्दा अनुकूल तरिकाले प्रस्तुत गर्ने, सम्पूर्ण जर्मन मिडियालाई आफू अनुकूल प्रचारमा ल्याउने र यहुदीविरोधी अभियान चलाउनमा गोयबल्सको क्षमता गजबको थियो । गोयबल्सले हिटलरको नीतिअनुरूप नचल्ने यहुदी कलाकार, सङ्गीतकार र पत्रकारहरूलाई बेपत्ता बनाए । उनले जर्मनविरोधी पुस्तकहरूलाई सार्वजनिकरूपमा जलाउने काम गरे । गोयबल्स प्रचारमन्त्री भएर हिटलरको अन्त्यसम्म वफादार भइरहे । मे १, १९४५ मा हिटलरले आत्महत्या गरेको भोलिपल्टै गोयबल्सले पनि आत्महत्या गरे ।”
कार्यक्रम प्रस्तोता भन्दै गए, “गोयबल्स यस अर्थमा महान् थिए कि देश भित्रभित्रै खोक्रो भइसके तापनि झूठ बोलेरै उनले जनतालाई खुसी पार्नसक्थे । उनको चर्चित भनाइ रहेको छ ‘यदि तपाईं झूठो कुरा भन्न सक्नुहुन्छ र यसलाई दोहो¥याइ तेह¥याइ भनिरहन सक्नुहुन्छ भने जनताले अन्ततः यसलाई विश्वास गर्नेछन् । राज्यले असन्तुष्टिलाई दबाउनका लागि आफ्ना सबै शक्तिहरू प्रयोग गर्न ‘अत्यन्त महत्वपूर्ण हुन्छ किनकि सत्य झूठको घातक शत्रु हो र धेरै हदसम्म सत्य राज्यको सबैभन्दा ठूलो शत्रु हो ।” यही झूठका बादशाह गोयबल्सको सम्झनामा हामीले यो कार्यक्रम आयोजना गरेका हौँ ।”

हल्लाकै बीचमा उहाँले भन्दै जानुभयो, “मङ्गल ग्रहमा रहेको खानीबाट सुन निकाल्ने व्यवस्था गरिनेछ । मेरी श्रीमतीले जस्तै सबै नेपाली महिलाले पनि तोला वाला सुनको गहना होइन किलो वाला सुनको गहना लगाउने छन् । ती गरगहना निःशुल्क बाँडेर सबै नेपाली महिलाको अनुहारमा खुसी ल्याउनेछु । ढुक्क हुनुहोस्, यदि म सातौँ पटक प्रधानमन्त्री हुन पाएँ भने नेपालीहरू स्वर्ग जान मर्नुपर्दैन जिउँदै स्वर्ग जाने व्यवस्था गरिनेछ ।”

यति भन्दै पहिलो वक्ताको रूपमा छबि पुकदालाई गहकिलो झूठ बोलेर जनतालाई रमाइलो गर्न कार्यक्रम प्रस्तोताले अनुरोध गरे । छबि पुकदाले कुम हलाउँदै भने, “यस कार्यक्रममा आउनुभएका महान् जनतालाई क्रान्तिकारी अभिवादन टक्र्याउँछु जसले सधैँ एक त्यागी, इमानदार नेतालाई निर्वाचनमा जिताएर पठाए । मेरा प्यारा ती जनता जसले कहिल्यै पनि नेताहरूको झूठो आश्वासनमा नपरी, नेताहरूले दिएको भोज भतेरमा नलागी, कसैको लोभमा नफसी आफ्नो विवेकले हामीजस्ता तपस्वी नेताहरूमाथि विश्वास गरेकोमा धन्यवाद दिन चाहन्छु । हामी छिट्टै हाम्रो देशलाई स्विजरल्यान्ड बनाउँदै छौँ । हामी यो देशलाई माक्र्सले कल्पना गर्नुभएको समाजवादी राष्ट्र बनाएर सबै जनतालाई बराबरी हक दिन्छौँ । यहाँ नातावाद कृपावादको कुनै गुञ्जायस रहने छैन । कोही धनी गरिब हुँदैन, वर्गविहीन समाजको निर्माण छिट्टै हुनेछ ।” छबि पुकदाको गफमा दर्शक यति धेरै डुबे कि बीचैमा एकजना दर्शकले हाम्रा नेता त साह्रै इमानदार, त्यागी रहेछन् भन्दै अर्को दर्शकलाई सुनायो । अर्को दर्शकले झपारेको भावमा भन्यो, “यो झूठ बोल्ने प्रतियोगिता हो भन्ने बिस्र्यौ तिमीले ।” अनि बल्ल पहिलो दर्शक वास्तविकता सम्झेर झसङ्ग भयो ।
त्यसपछि दोस्रो प्रखर वक्ताको रूपमा जोवन गोयललाई आफ्नो मन्तव्य व्यक्त गर्न कार्यक्रम सञ्चालकले आग्रह गरे । जोवन गोयलले अलि अकमकाउँदै भने, “मेरो सोच कसरी सम्पूर्ण जनतालाई अर्बपति बनाउने भन्ने नै हुन्छ । यस्तो व्यवस्था निर्माण गर्दै छु जसले गर्दा तपाईँहरू सबै अर्बपति हुनुहुनेछ । एक किलो धानको मूल्य रु. १ करोड पर्नेछ जसले गर्दा सबै किसान अर्बपति हुनेछन् । एक जोर लुगाको मूल्य १ अर्ब पर्नेछ अनि सबै लुगा लगाउन पाउने मान्छे अर्बपति हुनेछन् । सबै कर्मचारीको तलब पनि अर्बमा हुनेछ । यसरी हाम्रो व्यवस्थामा सबै जनता अर्बपति हुनेछन् ।”
रिसाएर नै भए पनि जनतालाई हँसाउन सक्ने खुबी भएका अर्को वक्ता तोते बहादुरलाई झूठ बोलेर जनतालाई मनोरञ्जन गरिदिनुहुन आमन्त्रण गर्न चाहन्छु भन्दै कार्यक्रम सञ्चालकले अनुरोध गरे । तोते बहादुरले जिब्रो लेब्र्याउँदै भने,“हामी चन्द्रागिरी, मनकामनाजस्ता सानातिना केबुलकारको कुरा गर्दैनौँ । अब सीधै चन्द्रमासँग जोडेर केबुलकार बनाउनेछौँ । खोला नालाबाट बिजुली होइन आकाशमा चम्किने बिजुली सीधै जनताको घर–घरमा पु¥याउने व्यवस्था गरिनेछ, अनि बिजुलीको महशुल कसैले तिर्नुपर्ने छैन ।” उहाँले बोलेको बुझ्न गाह्रो हुँदा दर्शकदीर्घामा अलिकति हल्ला भएको थियो । हल्लाकै बीचमा उहाँले भन्दै जानुभयो, “मङ्गल ग्रहमा रहेको खानीबाट सुन निकाल्ने व्यवस्था गरिनेछ । मेरी श्रीमतीले जस्तै सबै नेपाली महिलाले पनि तोला वाला सुनको गहना होइन किलो वाला सुनको गहना लगाउने छन् । ती गरगहना निःशुल्क बाँडेर सबै नेपाली महिलाको अनुहारमा खुसी ल्याउनेछु । ढुक्क हुनुहोस्, यदि म सातौँ पटक प्रधानमन्त्री हुन पाएँ भने नेपालीहरू स्वर्ग जान मर्नुपर्दैन जिउँदै स्वर्ग जाने व्यवस्था गरिनेछ ।”
गफले आकाशको तारा झार्ने तर भुइँको सिन्को नभाँच्ने आदरणीय टुक्केप्रसादलाई झूठो गफमा टुक्का जोड्दै सम्पूर्ण जनतालाई पेट मिचीमिची हँसाउन आउँदै हुनुहुन्छ भन्दै कार्यक्रम सञ्चालकले जोडदार स्वागत गरे । टुक्केप्रसादले बोल्नुअगाडि नै हिस्टेरिया रोग लागेका रोगीहरू सबै एकै पटक रोएजस्तै सबै दर्शक लडीबुडी गर्दै हाँस्न थाले । टुक्केप्रसादले आफ्नो न्वारनदेखिको पूरै बल लगाउँदै भने,“मैले गरेको विकासबाट विश्वका सबै नेताहरू चकित छन् । डाँडा–डाँडामा रेल कुदाउने, कुवा–कुवाबाट तेल निकाल्नेदेखि हावाबाट बिजुली निकाल्ने कार्य हामीले गरिसकेका छौँ । विदेशीले यो प्रविधि पठाइदिन आग्रह गरिरहेका छन् । अहिले विदेशमा काम नपाएका लाखौँ मानिसहरू हाम्रो देशमा काम गर्न भिसाको निम्ति अनुरोध गरिरहेका छन् । मेरो कूटनीतिक पहलले भारत र चीनबीच बढिरहेको तनावलाई कम गर्न सफल भएको छ । यतिकैमा एक जना दर्शकले फ्याटै भनिहाले, “नाकको डोरीले जता डो¥याए त्यतै घाटी बटार्नेको फूर्ति कस्तो ?” ती दर्शकलाई अर्को दर्शकले चुप्प लाग्न इसारा गरे । टुक्केप्रसादले टेढो औँला आकाशतिर फर्काउँदै आफ्नो भनाइलाई अगाडि बढाए, “अहिले मलगायत मेरा सहयोगीहरू संसारको कुनै पनि मुलुकमा भ्रमण गर्दा त्यहाँका राष्ट्रपतिदेखि प्रधानमन्त्रीसम्मले विशेष सम्मान दिन्छन् । यो सबै सम्भव भएको मेरै कारण हो ।
धेरै वक्ताहरूले झूठ बोल्ने क्रम सकेपछि कार्यक्रमको अन्तमा सबैभन्दा रमाइलो र उत्कृष्ठ झूठ बोल्न सफल भएका वक्ताहरूको नाम घोषणा गर्ने समय आयो । तोते बहादुरलाई तेस्रो भएको घोषणा गरियो । दोस्रो हुन सफल भए छबि पुकदा । अन्ततः दर्शकको अपेक्षाअनुरूप प्रथम हुन सफल टुक्केप्रसादले ‘गोयबल्स कप’ हात पारे । जोवन गोयलले कुनै पनि स्थान हासिल गर्न नसक्दा दुःखी र आश्चर्य भए । जोवन गोयल आयोजककहाँ गएर नतिजाप्रति असन्तुष्टि जनाए तर आयोजकको तर्फबाट नतिजामा कुनै फेरबदल नआउने भनेपछि निराश भएर फर्के । यो देखेर एकजना पत्रकार जोवन गोयलकहाँ गएर असन्तुष्टिको कारण सोधे । जोवन गोयलले गोप्य राख्ने शर्तमा वास्तविकता खोल्ने कुरा गरे । पत्रकारले उनलाई आश्वस्त पार्दै गोप्यता भङ्ग नहुने वाचा गरे । जोवन गोयलले रहस्य खोल्दै भने, “वास्तवमा मेरो नाम जोवन गोयल होइन र म नेपाली पनि होइन । सत्य कुरा के हो भने म जर्मनीबाट आएको हुँ । मेरो नाम जोसेफ गोयवल्स हो । वास्तवमा म नै हुँ गोयबल्स । म ठान्थँे कि संसारमा सबैभन्दा ठूलो झूठ बोल्न सक्ने मै हुँ । झूठ बोलेर जनतालाई लट्ठ पार्दै मूर्ख बनाउन मैले जति अरू कसैले सक्दैनन् जस्तो लाग्थ्यो तर नेपाल आएपछि मलाई पत्याउन गाह्रो भयो कि मभन्दा गजबको झूठ नेपालीहरूले बोल्न सक्छन् भनेर । त्यही भएर म निराश छु र आश्चर्यचकित पनि छु ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *