भर्खरै :

नेता परिवर्तनसँगै के युरोप र अमेरिकाको सम्बन्धमा परिवर्तन आउला ?

अमेरिकी राष्ट्रपति जोसेफ बिडेनले युरोपसँगको सम्बन्धको सुधार गर्ने इच्छा धेरैपटक व्यक्त गरे तापनि जर्मनी चान्सलर एन्गेला मर्केलले अमेरिका र यूरोपको सम्बन्ध मेलमिलाप नहुने स्पष्ट पारेकी छिन् ।
रूससँगको नर्ड स्ट्रिम दुई प्राकृतिक ग्यास पाइपलाइन योजना युरोपको श्रोत–साधन सुरक्षासित सम्बन्धित रहेको छ । तर, अमेरिकाले रूसलाई रोक्न र आफ्नो प्राकृतिक ग्यासको बिक्री गर्न सक्दो प्रयासमा नर्ड स्ट्रिम दुई योजनालाई रोकेको छ । जसबाट यूरोपेली देशका नेतागणमा ठूलो असन्तुष्टि देखा परेको छ ।
हाल अमेरिकी फाइजर कम्पनीले खोप आपूर्तिलाई पछाडि सारेको छ । जसले युरोपेली सङ्घका देशहरू रिसाएका छन् । फाइजर कम्पनीले सर्वप्रथम अमेरिकामा खोप वितरण गर्ने विचार गरेका हुनाले युरोपको आपूर्तिलाई पछाडि सारेको विश्लेषण गरिएको छ । नेता परिवर्तनद्वारा अमेरिका र युरोपको सम्बन्धको सुधार हुन कठिन छ ।
एकातिर, अमेरिका र युरोपबीचको पूरानो समस्या हटेको छैन । उड्डयन अनुदान, डिजिडल कर, नर्ड स्ट्रिम दुई योजनामा दुवै पक्षले छोडेका छैनन् ।
अर्कातिर, वर्तमान अन्तर्राष्ट्रिय परिस्थितबाट हेर्दा अमेरिकाको वैदेशिक रणनीतिक केन्द्र एसिया–प्रशान्त क्षेत्रमा राखेको छ । युरोपका लागि आर्थिक तथा सैनिक लगानी बढाउने सम्भावना कम छ । त्यसैले तैनाथ सेना र नेटोको सैनिक खर्चमा अमेरिकाको नीतिमा परिवर्तन हुन गाह्रो छ । त्यसका साथै दुई पक्षको सम्बन्धको सुधार गर्ने जनमत पनि त्यति सुदृढ देखिँदैन । अधिकांश युरोपेली सर्वसाधारणले अमेरिका विश्वासिलो नभएको विचार राख्ने गर्छन् ।
एक पक्षले अनुयायी खोज्दै र अर्को पक्ष स्वतन्त्र हुन खोज्दै छ । अमेरिका र युरोपबीचको संरचनात्मक विरोधाभास अमेरिकी सरकारको परिवर्तनबाट सुधार हुनसक्ने सम्भावना कम छ ।
सीआरआई

Leave a Reply

Your email address will not be published. Required fields are marked *