थरको अन्तिम अक्षर ह्रस्व !
- असार २३, २०८३
मानव जीवनको मुख्य ध्येय नै कर्मशील हुन्छ र सो परिपूर्तिको निम्ति यस धर्तीमा जन्म लिन्छ । किन्तु अधिकांशमा कर्तव्य कर्म गर्ने सचेतना जागृत भएको हुँदैन । फलतः तिनीहरूको जीवन पलाँसको फूलझैँ सुवासहीन भएर ओइलाउँछ । फलविहीन र नीरस जीवन व्यतित गर्ने भएकोले उनीहरू कर्तव्य क्षेत्रसम्म पुग्नै पाउँदैनन् । तैपनि, देशको कुना कन्दरामा राम्रो विचार भएका मानिसहरूले जन्म लिन्छन् । राष्ट्रको भाग्य स्वतः जाज्ज्वल्यमान हुन्छ र कुप्रवृत्तिमा लालायित समाजद्रोहीहरूको लीला विस्तारै समाप्त भई राष्ट्रले कोल्टे फेर्छ । ती विशाल छाती भएका महान् आत्माहरूले समाज र देशको भरपूर सेवा र सुषुश्रा गर्न नपाउँदै दुष्ट कलुषित भावनाले युक्त कुचक्रीहरूको फन्दामा परेर देशहितको लागि प्राणहुति गर्न स्वतः बाध्य हुन्छन् । यसरी, जन्मभूमिको लागि प्राणको बलिदान दिन नहिचकिचाउने वीरहरूलाई सहिद भनेर नामकरण गर्छाैँ । राष्ट्र र जनताको भविष्य उजिल्याउन तम्सेका कर्मप्रधान व्यक्तिहरूको विविध योजना र लक्ष्यहरूलाई सहिदको सपना भनिन्छ ।
विश्व इतिहास केलाउने सिलसिलामा, शोषित, पीडित वर्गको उद्धारको लागि कल्याणकारी प्रयासहरू भएका पाइन्छन् । आफ्ना ज्यान दृष्टान्तहरू इतिहासमा अङ्कित छन् । जसले अन्य व्यक्तिहरूलाई देश र जनताको लागि समर्पण गर्न हौसला र चेतना प्रदान गरेको छ । राणा शासनजस्तो शताब्दीकै क्रुर, बर्बर र अमानवीय शासन सत्तालाई समाप्त पारी मुक्ति दिलाउनु सरल र सहज थिएन । नयाँ नेपालको सदिच्छालाई प्रेरणा र देन दिने जनसेवक, देश हितैषी, समाज सुधारक, सुपुत्रहरूमध्ये प्रातः स्मरणीय सहिदहरूमा गंगालाल, दशरथ चन्द, धर्मभक्त माथेमा र शुक्रराज शास्त्रीको नाम अनुकरणीय छ । त्यस्तै, जहानियाँ राणा शासनविरुद्धको स्वतन्त्रता सङ्ग्राममा डटेर गौरवशाली इतिहास रच्ने अन्य पौरखी योद्धाहरूको यस सुनौलो अक्षरले लेखिएको छ ।
दानवी प्रवृत्ति र घोर अन्यायबाट छुटकारा दिलाई सहिदहरूले देखेका सपनाहरूलाई साकार पारी कार्यरूपमा परिणत गराउनुपरेको छ । बाँच र बाँच्न देऊ, खाऊ र खान देऊ भन्ने नीति सार्थक बनाइनुपर्छ । जनताले सुख पाऊन्, शोषणरहित समाजको परिकल्पना होस्, लैङ्गिक विभेद, अन्याय नहोस् । नेपालीको अस्तित्व र स्वाभिमानको रक्षा होस्, प्रजातन्त्र फलोस्, फुलोस् । विश्वभरि नेपालको छवि, संस्कृति, गौरव र पौरखन चम्कियोस् । सहिदका भविष्यदर्शी सपना सफलीभूत पार्ने उद्देश्यले काँधमा काँध मिलाई परिश्रमका साथ सामाजिक कार्यमा आत्मसात गर्नु हाम्रो परम कर्तव्य हो ।
तर, २०४६÷०४७ र २०६२÷०६३ को जनआन्दोलनले स्थापित गरेको बहुदलीय प्रजातन्त्र, गणतन्त्र, लोकतन्त्र र सङ्घीयताको थालनीसँगै ‘समृद्ध नेपाल, सुखी नेपाली’ को नारा लागेको छ । प्रत्येक वर्ष माघ १६ गते औपचारिकरूपमा सहिद दिवस मनाउने गरे पनि ‘सहिदका सपना’ खिल्ली उडेका छन् अधुरै देखिन्छ । स्वदेशमा रोजगारीविहीन भएर मुग्लान हेलिन बाध्य बलिया पाखुराहरूको स्थिति भयावह र कहालीलाग्दो छ । कमाउने उमेरका विदेशिएपछि रगत–पसिना पोखेर खाई नखाई पठाएको विप्रेषणको दुरुपयोग हुँदै आएको मात्र छैन यद्यपि, सामाजिक विखण्डन, बालबच्चा र ज्येष्ठ नागरिकहरूको बिचल्ली भएको छ । घर–गाउँ, बस्ती उजाडिएका छन् । यसले सम्बन्ध विच्छेद, हत्या, हिंसा र अराजक स्थिति निम्त्याएर हुँदा खाँदाको नङ मासुजस्तो मिलेर जीवनयापन गरिरहेको नेपाली समाजमा ठूलै परकम्पनले रडाको मच्चिएको भए पनि सरकारी तवरबाट युवालक्षित स्वदेशभित्रै गमिलो रोजगारीको सुनिश्चितता गरेको पाइँदैन ।
समृद्धि ल्याउन मेरुदण्डको रूपमा रहेको कृषि व्यवसाय अस्तव्यस्त छ । विगत एक वर्षदेखि रासायनिक मलको अभावले कृषकहरू पिल्सिएका छन् । कृषि तथा पशुपालनमा जागरुक युवाहरूलाई रैथाने बीउ बिजन बैङ्क, सुलभ कृषि ऋण, बजारीकरण, उत्पादित वस्तुमा अनुदान, बाली वस्तु बीमा, प्राविधिक सेवा न्यूनतम बचतको सुनिश्चितता छैन । पर्यटन उद्योगलाई समृद्धिसँग जोड्न अझै गर्नुपर्ने धेरै देखिन्छ । जलविद्युत्लाई व्यापारमुखी बनाउन आन्तरिकरूपमा भ्रष्टाचारले सर्वत्र जरो गाडेको छ । तटस्थ असंलग्न परराष्ट्र नीति भूपरिवेष्ठित भएको कारणले अघोषित राजनैतिक मैदानझैँ हावी भएको छ । छदम्भेषी छिमेकी भएको कारणले तिनैतिर सिमा अतिक्रमण छ । सर्वत्र ‘हाम्रा मान्छेले’ प्रश्रय पाएका छन् । न्यायालय, प्रहरी, प्रशासन, आयोग, सबैमा भागबन्डा छ । नेपाल संस्कृति र सम्पदाको धरोहर भए पनि धमिरा लागेको छ । कृषिउपज निर्यात गर्ने देश परनिर्भरतामा चुर्लुम्म डुबेको छ ।
अन्त्यमा, सहिदको सपनाले हाम्रो हृदयलाई देश सेवा गर्ने प्रेरणा प्रदान गरेको र एकआपसमा मेल राख्न अर्ती बुद्धि दिएको छ । आज जनसेवामा लागेर मुलुकको रक्षा, स्वाभिमानभन्दा पनि व्यक्ति र आफन्तको स्वार्थमा लिप्त भई सडक तताएर तुच्छ गाली गलौजको हर्कत प्रदर्शनले सहिदको सपनाप्रति उपहास र धज्जी उडाएको छ ।
Leave a Reply