शासक दल, नेता र विश्व दक्षिणपन्थी शक्ति
- असार २२, २०८३
एक आदर्श समाज निर्माण गर्ने उद्देश्य बोकेर स्थापना भएका राजनैतिक दलका कार्यकर्ता कम उमेरदेखि नै निःस्वार्थ रूपले देश र जनताको सेवा गर्ने भावनाबाट प्रेरित भएका हुन्छन् । निर्वाचनको बेलामा मात्रै सहयोग गर्न राजनीतिमा लागेका कार्यकर्ताहरूमा ठुलो अन्तर हुन्छ – भावना, विचार र समर्पणको विषयमा !
निर्वाचनको बेलामा एउटा कुनै राजनैतिक दलबाट प्रभावित युवालाई आफ्नो दलको निर्वाचन चिह्न, घोषणापत्र र आफ्ना प्रतिद्वन्द्वीहरूको व्यक्तित्व र राजनैतिक दलहरूको राजनैतिक परिचय दिने गर्छ – एक स्वच्छ राजनैतिक दलले पनि !
तर, राजनीतिलाई फोहर पार्ने उद्देश्यले स्थापना भएका राजनैतिक दलले नयाँ युवालाई चियाबाट सुरु गरी निर्वाचन टुङ्गिनेसम्ममा जाँड–रक्सी र लागूपदार्थ सेवन गर्नेसम्म पु¥याउने गरेको व्यवहारमा देखिएको छ ।
नयाँ युवाहरू स्वाभाविक रूपले जिज्ञासा राख्छन् – दाइ, हजुरले निर्वाचनमा विजय पाएपछि हामीले के पाउनेछौँ ? “हेर भाइ, मैले र हाम्रो दलले बहुमत ल्याउने सम्भावना छ, चित्ताएजस्तो भयो भने नयाँ भाइहरूलाई ठाउँ–ठाउँमा नोकरीमा लगाइदिनेछौँ । केही नभए २–४ जना निर्माण व्यवसायी, ठेकेदारसँग परिचय गराइदिनेछौँ र त्यसबाट बरोबर नाफाको केही भाग पाउँदै जानेछौँ ।”
मन्त्री स्तरको नेताले आश्वासन दिँदै भने, “भाइ, तिमीहरूलाई विदेशमा छात्रवृत्तिमा पठाइदिनेछौँ, त्यसमा योग्यताले पुगेन भने भन्सार, एयरपोर्ट र अरु त्यस्तै कमाउने ठाउँमा पठाइदिनेछौँ ।”
तर, समाजमा आमूल परिवर्तन ल्याउने आदर्श बोकेका नेताहरूले आफ्ना कार्यकर्ताहरूलाई “भाइहरूले एक न एक विषयमा विशेषता हासिल गर्नेछन्† हरेक ठाउँ र विषयमा योग्य प्रतिस्पर्धीको रूपमा उपस्थित हुन आवश्यक छ । पढ्ने ठाउँ र विषय आ–आफ्ना परिवार, आ–आफ्नो परिवेश माध्यमिक विद्यालयमा आफूले प्राप्त गरेका विषय र अङ्कले ठुलो काम गर्नेछ । मेहनत नगर्ने खेलाडी पछाडि परेजस्तै अध्ययन नगर्ने, जिम्मेवारीपूर्वक काम नगर्ने कार्यकर्ताको प्रदर्शन राम्रो नभएका धेरै उदाहरण छन् । त्यसकारण, राम्रो उद्देश्यअनुसार मनैदेखि इमानदारीपूर्वक काम गर्ने कार्यकर्ता समयमा अबल भएर देश र जनताको हितमा प्रस्तुत भएको हामीले देख्नेछौँ ।”
तर, निर्वाचन जित्न वा अन्य काममा खटाउँदा २–४ मानिस ढालेर आए पनि तिमीहरूलाई २४ घण्टाभित्र छुटकारा गराउने वचन र आदर्शबाट सञ्चालित कार्यकर्ताहरू अन्ततः गुण्डा, अपराधी, जनविरोधी र देशद्रोहीको रूपमा हामीले प्रत्यक्ष तथा अप्रत्यक्षरूपमा देख्नेछौँ ।
धेरै अनुभवले बताउँछ कि – गलत ढङ्गले तालिम दिएका कार्यकर्ताबाट त्यस्तै दोषपूर्ण परिणाम आउँछ भने राम्रो र सकारात्मक रूपबाट तयार पारेका कार्यकर्ता सकारात्मक र असल नागरिक देशले पाउनेछ । आ–आफ्ना राजनैतिक उद्देश्य प्रचार गर्न पत्रकारिताका फरक–फरक शिक्षालय छन् । केहीले कमाउने उद्देश्यले दैनिक वा साप्ताहिक चलाएका हुन्छन्, भित्री पृष्ठमा सरकारी र निजी कम्पनीहरूको विज्ञापन नै ७०–८० प्रतिशतले ढाकेको हुन्छ । स–साना गरिब देश र आफ्नै खुट्टामा उभिन चाहेका देश र राष्ट्रहरूलाई आक्रमण, आपसी लडाइँ र विध्वंश गर्ने साम्राज्यवादी र विस्तारवादीहरूको पक्षमा लाग्नेहरू र तिनीहरूकै पुँजीको सानो टुक्रोलाई भगवान्को ‘प्रसाद’ थाप्नेहरूको पत्रकारिता पहेँलो पत्रकारिता वा झूटा र अरुको रोटीको पछाडि दगुर्ने पत्रकारिता भन्ने चलन छ । शरीर बेच्नुभन्दा गलत कामको लागि आफ्नो बौद्धिक क्षमता बेच्नु भनेको सा¥है घृणित काम हुनेछ – जल्लादको जस्तो !
साधारण कर्मचारी आफ्नो परिवार पाल्न र इमानदारीपूर्वक दिइएको काममा तल्लीन हुन्छन् र अनुगृहित हुन्छ । तर, आज सिंहदरबारदेखि गाउँका एक कार्यालय (विद्यालय) का पिउन वा कर्मचारीहरूसमेत घुस वा कम मूल्यमा नक्कली सामान खरिद गरी महँगो सामानको मूल्यबाट २–४ रूपैयाँदेखि पदअनुसार लाखौँ लाखसम्म रकम पु¥याउँछन् । यो दुःखद र आश्चर्यजनक विषय हो । खाता–पिता परिवारका माथिल्लो दर्जासम्मको अध्ययन र धेरै धेरै देशमा डुलेकाहरूसमेत हरेक क्षेत्रमा माथिल्लै परिवारको सूची सबभन्दा लामो होला । यसकारण, सारा जनतालाई गरिबीमा छटपटाएर कर्मचारीहरूको तलबको निम्ति विदेशीसँग ऋण लिनु विदेशी पुँजीकै दलाली हो ।
Leave a Reply