चिनियाँ कम्युनिस्ट पार्टीको आत्म–सुधार शासन, अनुशासन र भ्रष्टाचारविरोधी अभियान
- असार २२, २०८३
गत जनवरी २० मा एकैदिन बेलायतमा कोरोना भाइरसको सङ्क्रमणबाट एक हजार ८२० जनाको मृत्यु भयो । बेलायतका स्वास्थ्यसम्बन्धी अधिकारीहरूले त्यहाँ कोरोना भाइरसको सङ्क्रमण सुरु भएदेखि अहिलेसम्म यति धेरैको एकैदिन ज्यान गएको यो पहिलोपटक भएको बताए । अघिल्लो बुधबारै दिएको जानकारीमा त्यस दिनमात्र ४० हजार जनाभन्दा बढी नागरिक सङ्क्रमित भएको जनाइएको थियो । त्यहाँ यति ठूलो सङ्ख्यामा एकैदिन सङ्क्रमित भेटिएको सङ्ख्या एक लाख नाघेको छ ।
बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले बेलायतमा हालै देखिएको नयाँ प्रजातिको भाइरसले अवस्था झनै अस्तव्यस्त भएको बताउनुभयो । उहाँले यो नयाँ प्रजातिको सङ्क्रमण बेलायतमा प्रवेश गरेपछि यसले पहिलेकोभन्दा धेरै मानिसलाई सङ्क्रमित बनाएको बताउनुहुन्छ । उहाँले बेलायतमा कोरोनाको पहिलो ‘वेभ (तरङ्ग)’ आएर त्यसका कारण उच्च बिन्दुमा पुगेका बेलामा भन्दा अहिले यो नयाँ प्रजातिले झन् ठूलो क्षति पुर्याएको अनुभव एक पत्रकार सम्मेलनमै सुनाउनुभएको थियो ।
उहाँले भन्नुभयो, “सो वेभको उच्च बिन्दुको समयमा भन्दा यस पटकको यो नयाँ प्रजातिको सङ्क्रमणले कम्तीमा पनि ७८ प्रतिशत बढी मात्रामा नागरिकलाई सङ्क्रमित तुल्याएको कुरा हालैको एक अध्ययनले देखाएको छ ।” उहाँले यस अवधिमा एकै दिनमा चार हजार ६०० भन्दा बढी नागरिकलाई अस्पताल भर्ना गर्नुपरेको छ भने अस्पतालमा भेन्टिलेटर र आइसीयू वार्डकै समस्या भएको अवस्थासम्म आएको बताउनुभयो । बेलायतले यस्तो अवस्था महामारी सुरु भएको वर्षदिन यता कहिल्यै भोगेको थिएन ।
त्रास नयाँ प्रजातिको
बेलायतका स्वास्थ्य अधिकारीहरूले पछिल्लो समयमा बेलायतमा कोरोना भाइरसका सङ्क्रमितहरू दिन प्रतिदिन बढ्दै गएका छन् । यसरी बढ्नुमा पनि नयाँ प्रजातिको भाइरसको कारण हुनसक्ने उनीहरूको भनाइ छ ।
उता यहीँबाट नै सुरु भएको भनिएको कोरोनाको नयाँ स्वरुपको भाइरस विश्वका दर्जनौँ देशमा पुगिसकेको छ । विश्व स्वास्थ्य सङ्गठनले दिएको जानकारीअनुसार सो भाइरस गत हप्तामा मात्र विश्वका ६० भन्दा बढी देशमा पुगिसकेको छ । उक्त सङ्गठनले महामारीको यो स्वरुप दिन प्रतिदिन नयाँ नयाँ देशमा पुगिरहेको जनाएको छ ।
कारोनो भाइरसको नयाँ प्रजातिको सङ्क्रमण पहिलेको भन्दा धेरै खतरनाक भएको वैज्ञानिकहरूले बताएका छन् । उनीहरूले पछिल्लो समयमा बेलायतमा कोरोना भाइरसका सङ्क्रमितहरूको सङ्ख्या दिन प्रतिदिन बढ्दै गएको पनि यही भाइरसका कारण हुनसक्ने अनुमान गरेका छन् ।
संसारका कम्तीमा पनि ५० देशमा कोभिडको खोप पुगेको छ । ती सबैजसो देश विश्वका सम्पन्न देशहरूकै सूचीमा पर्दछन् । अनि अर्काे महत्वपूर्ण कुरा त के छ भने संसारमा पुगेको कोभिडको खोपमध्ये कम्तीमा पनि ७५ प्रतिशत खोप सम्पन्न देशहरूमा मात्र पुगेको छ । यो अवस्थाले विश्वका गरिब देशहरूको हालत भोलि के होला ? उनीहरूले आवश्यक र पर्याप्त मात्रामा खोप प्राप्त गर्न सक्लान कि नसक्लान ?
उता गत हप्ता बेलायतका प्रधानमन्त्री जोनसोनले यो भाइरस पहिलेको भन्दा धेरै नै खतरनाक रहेको र त्यसैले सबै नागरिकले पहिलेको भन्दा पनि अझ बढी सुरक्षा मापदण्डहरू अपनाउनुपर्ने बताउनुभएको थियो । पहिलोपटक गतमहिना मात्र इङ्गल्याण्डको केन्टमा देखिएको यो नयाँ प्रजातिको भाइरस पुरानोभन्दा कम्तीमा पनि ७० प्रतिशत बढी सङ्क्रामक भएर फैलिने खालको रहेको अनुसन्धानबाट देखिएको छ ।
बेलायतमा गरिएको एक अध्ययनमा कोरोना भाइरसको पहिलेको सङ्क्रमणमा १ हजार जना सङ्क्रमितमा १० जनाको ज्यान गएको पाइएको थियो भने यो नयाँ प्रजातिको सङ्क्रमणमा भने एक हजार जना सङ्क्रमितहरूमा १३ वा १४ जनाको नै निधन भएको पाइएको छ । त्यस अध्ययनले पहिलेको सङ्क्रमणका समयमा केही लापरबाही गर्ने गरेका ब्रिटिशहरू यो नयाँ भाइरसको नयाँ प्रजातिले भने उनीहरूमा पहिलेको भन्दा बढी त्रास उत्पन्न भएको पाइएको पनि देखाएको छ ।
तर अहिले आएर भने कतिपय देशमा खोप दिन थालिएकोले नागरिकमा आशा भने पलाएको छ । युरोपका देशहरूमा खोप दिने काम तिब्र बन्दैछ । खोपका धेरै डोजहरू खरिद गर्नेमा युरोपेली देशहरू नै अग्रपंक्तिमा देखिएका छन् । युरोपेली युनियनले आगामी अगष्ट महिनाको अन्तिमसम्ममा विभिन्न युरोपेली देशका करिब ७० प्रतिशत नागरिकलाई यो खोप दिइ सकिने कुरा हालैमात्र जानकारी गराएको थियो । पछिल्लो समयमा यो सङ्क्रमण युरोपकै कैयौँ सहरमा पुगिसकेका पाइएको छ । यसका कारण ती देशमा थप सतर्कता अपनाउने गरिएको छ ।
खोपको आश
महामारीको अँध्यारोको वर्षदिन पुग्नै लाग्दा केही नयाँ र सकारात्मक आशाको सञ्चार भएको छ कोरोना खोपको आविष्कारले । जनस्वास्थ्यका मापदण्ड अपनाउनु बाहेकको अर्काे विकल्प नरहेको अवस्थामा खोप आएकोले नागरिकमा केही आशाको सञ्चार गराएको पाइएको छ । तर खोप अझै पर्याप्त नभएको अवस्था एकातर्फ छ भने अर्कातर्फ महामारी निवारणको काम खोपले गर्नसक्ने विश्वासिलो आधार भने अभैm बनिसकेको छैन । हाल विश्वका कैयौँ देशमा खोप पुगिसकेको छ तर यसले के प्रतिशतसम्म काम गर्छ भन्ने बारेमा भने फरक फरक तथ्याङ्क भेटिन्छन् । खोपको प्रचलन भइसकेका देशमा पनि यसका नकारात्मक असरहरू (साइड इफेक्ट) पनि विभिन्न ठाउँमा देखिएका समाचार आएका छन् । जेहोस्, खोपको आविष्कार वैज्ञानिकहरूको बडो सङ्घर्षपूर्ण प्रयासको एउटा परिणाम हो र यसले यो महामारीको औषधि पनि छ भन्ने सन्देश भने दिन सफल भएको छ ।
विश्व स्वास्थ्य सङ्गठनका महानिर्देशक टेड्रोस अधनाम घेब्रियससले हाल देखा परिरहेको विश्वका देशहरू र कोभिड–१९ को खोपका सम्झौताहरूले अहिले तेस्रो विश्वका कतिपय गरिब देशहरूलाई समस्या पर्ने त होइन भन्ने चुनौती बढेको बताउनुहुन्छ । उहाँले बुधबार भन्नुभयो, “अहिले संसारका देशहरू र कोभिडको खोप निर्माताका बीचमा जारी रहेका सम्झौताहरूले यस्तो अवस्थाको सिर्जना भएको छ कि यसले गरिब देशहरूमा खोप उपलब्ध नहुन सक्ने त्रास बढाएको छ ।”
उहाँका अनुसार हाल (बुधबार सम्म) संसारका कम्तीमा पनि ५० देशमा कोभिडको खोप पुगेको छ । ती सबैजसो देश विश्वका सम्पन्न देशहरूकै सूचीमा पर्दछन् । अनि अर्काे महत्वपूर्ण कुरा त के छ भने संसारमा पुगेको कोभिडको खोपमध्ये कम्तीमा पनि ७५ प्रतिशत खोप सम्पन्न देशहरूमा मात्र पुगेको छ । यो अवस्थाले विश्वका गरिब देशहरूको हालत भोलि के होला ? उनीहरूले आवश्यक र पर्याप्त मात्रामा खोप प्राप्त गर्न सक्लान कि नसक्लान ? भन्ने चिन्ता बढाएको छ ।
महानिर्देशक गेब्रियसले खासमा कोभ्याक्ससँग गरिब देशका लागि भनेर गरिएका कतिपय सहयोग र सम्झौताहरूको नजिकमै विश्वका यी देशहरूले आफूखुशी गरिरहेका सम्झौताले समस्या उत्पन्न गर्ला कि भन्ने लागेको चिन्ता व्यक्त गर्नुहुन्छ ।
उहाँले भन्नुभएको छ, “अरू केही हप्तामा नै कोभ्याक्सका लागि अझै धेरै कोरोना खोपका डोजहरू प्राप्त हुनु जरुरी छ । अन्यथा हामीले गरेका प्रतिबद्धताहरूलाई पनि पूरा गर्न सक्ने अवस्था नरहन सक्छ । म कुनै देश या खोप निर्माता कम्पनीलाई भन्न चाहन्न, मलाई लाग्छ यो कुनै एक देशको मात्र प्रयासले हुने होइन, यो विश्वव्यापी पहलको परिणामले मात्र हुन्छ । जसरी विश्वका देश महामारीबाट प्रताडित भएको अवस्था थियो आज सबैले अरु देश या गरिब देशहरूलाई पनि आफूलाई जस्तै अप्ठेरो परेको होला भनेर सोचिदिनुपर्छ ।”
उता विश्वको सबैभन्दा बढी प्रभावित भएको अमेरिकाका नव निर्वाचित राष्ट्रपति जो बाइडेनले कोरोना भाइरस विरुद्धको खोप कार्यक्रमलाई अगाडि बढाउने वाचा गर्नु भएको छ । सबै अमेरिकीलाई खोप लगाउनु एक चुनौतीपूर्ण कार्य भएको उहाँको धारणा छ ।
अमेरिकाले थप २० करोड डोज कोरोना भाइरसविरुद्ध खोप किन्ने जनाएको छ र यसपछि लगभग ३० करोड अमेरिकीलाई खोप दिन पर्याप्त हुने बाइडेनले बताउनुभएको छ । यस भाइरसको सङ्क्रमणबाट अहिलेसम्म सबैभन्दा बढी प्रभावित देखिएको अमेरिकामा कोरोनाजन्य कारणबाट चार लाख २० हजार व्यक्तिको मृत्यु भइसकेको छ । त्यहाँ दुई करोड ५० लाख व्यक्ति कोरोना भाइरस सङ्क्रमित भएका छन् ।
सुरुका महिनाहरूमा निकै प्रभावकारीरुपमा महामारीको नियन्त्रण गरेको भनिएको बेलायत पछिल्लो समयमा बढी प्रभावित देखिन्छ । बेलायतमा एक लाख भन्दा बढी व्यक्तिको यही महामारीका कारण मृत्यु भएको छ ।
यो आलेख तयार पार्दासम्म विश्वभरमा कोरोना सङ्क्रमितको सङ्ख्या १० करोड नाघेको छ । विश्वभर यसबाट २१ लाख भन्दाबढी व्यक्तिको मृत्यु भइसकेको छ ।
महामारीले विश्वलाई सताएको वर्ष दिनभन्दा बढी भयो । यसबीचमा विश्व समुदायसँग चुपचाप लागेर हेर्ने र यसबाट बच्न सतर्कता अपनाउने बाहेकको अर्काे कुनै विकल्प पनि रहेन । तर अहिले खोपको आविष्कार भएकोले यसबाट केही राहतको महसुस विश्व समुदायले गर्न पाएको छ । खोपका पनि केही सीमितताहरू छन् जस्तो कि यसले पूर्णरुपमा यो भाइरस निर्मूल पार्न सक्दैन भने अर्कातर्फ यो लगाएपछि आवधिक रुपमा यसका डोजहरू थप्दै पनि जानुपर्ने हुनसक्छ ।
यसरी एकातर्फ खोपले आशा जगाएको छ भने अर्कातर्फ यो भाइरसका विविध विकसित रुपहरू झन् बलियो गरी देखिँदै गएकाले पनि मानिसमा ढुक्क भएर बस्ने अवस्था देखिँदैन । नयाँ प्रजातिको भाइरसका विरुद्ध पनि पहिलेकै जस्तो लड्नुपर्ने उदाहरण युरोपेली देशहरूले प्रस्तुत गरिरहेका छन् । त्यस्तो अवस्था आउन नदिन अझै पनि विश्व समुदाय यसका नियन्त्रणात्मक विधिहरूमै बढी केन्द्रित हुनु जरुरी देखिन्छ ।
(अन्तर्राष्ट्रिय सञ्चारमा आधारित राससको आलेख)
Leave a Reply