थरको अन्तिम अक्षर ह्रस्व !
- असार २३, २०८३
-वरिष्ठ पत्रकार देवप्रकाश त्रिपाठीले आकाशको छिमेकी (संरा अमेरिका) लाई खुसी पार्न जमिनको छिमेकी (चीन) लाई बिच्काउने रास्वपा सरकारको कामले नेपालको भविष्य थप अन्धकार बनाउने चिन्ता व्यक्त गरेको सार्वजनिक भयो ।
-समाचार प्रकाशित भयो– संरा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार अमेरिका र इरानबिच सम्झौता हुने वा आवश्यक परे सैन्य कारबाही गर्ने दोहो¥याएपछि विश्व बजारमा तेलको भाउ पुनः बढेको छ ।
-विश्लेषक मुमाराम खनालले प्राइम टीभीमा भने, “हिजो नेका, एमाले, माओवादीको नाङ्गो नाच हेरेका जनता अहिले रास्वपाको बाँदर नाच हेर्न बाध्य छन् । के रवि लामिछाने नेल्सन मण्डेलाजस्तो जेलबाट छुट्ने, सहकारी ठग्ने, जलाउनेमा यिनीहरूको हात भएको प्रत्येक भिडियोमा छैन ? तत्कालीन सरकारले माओवादीलाई आतङ्ककारीको आरोप लगाई गोली ठोकेको थियो । के अहिले यिनीहरूले मुक्ति पाउने ?”
-गएको भदौ २३ गते निहत्था जनताको हत्या र भदौ २४ गते देशभरि आगजनीको उपद्रव हुनुअघि रास्वपाका सभापति रवि लामिछानेले भनेका थिए, “हामीलाई एकसय दिन सरकार चलाउन दिनुस् । मात्र १३ वटा मन्त्रालय सबै रास्वपाले चलाउँछ । यो देशमा थिति कसरी बसाल्नुपर्छ, रातारात गरेर देखाइदिन्छौँ !
-सामाजिक सञ्जाल फेसबुकमा सार्वजनिक भयो – विदशी प्रतिनिधिलाई भेट अस्वीकार गर्दै आएको बालेनले २५ अर्ब ऋण लिन एडीबीका अध्यक्षलाई प्रधानमन्त्री कार्यालयमा भेटे । के रास्वपा सरकारले देशलाई ऋणको पासोमा फसाउँदै छ ?
-रास्वपाका पूर्वसांसद एवम् पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठले रास्वपाको वर्तमान सरकार इतिहासमै नालायक भएको बताएको सार्वजनिक भयो ।
Leave a Reply