चिनियाँ कम्युनिस्ट पार्टीको आत्म–सुधार शासन, अनुशासन र भ्रष्टाचारविरोधी अभियान
- असार २२, २०८३
डोनाल्ड ट्रम्पको कुशासनबाट मुक्त भएको खुशियाली मनाउँदै गर्दा ट्रम्पको राष्ट्रपति कार्यकालमा संरा अमेरिकी श्वेत सर्वोच्चतावादको कच्चा राजनीति निहीत रहेको कुरा हामीले भुल्न हुँदैन । उनी सन् १९६० दसकतिरको दक्षिणी अमेरिकातिरका विभेदकारी गर्भनरले जस्तै कुरा गर्छन् । अनि सन् २०२० को चुनावमा पराजय भोगेपछि उनी अमेरिकी गृहयुद्धअघिको पृथकतावादी सिनेटरले जस्तै कुरा गर्न थालेका छन् । ट्रम्पको ध्वंसात्मक राजनीतिमाथि दिगो विजय हासिल गर्न हामीले उनलाई सत्तामा ल्याएको जातिवादमाथि जीत हासिल गर्न जरुरी छ । यो जल्दोबल्दो चुनौती संरा अमेरिका एक्लैको मात्र चुनौती होइन, बरु संसारका अधिकांश बहुजातीय समाजको साझा समस्या हो ।
ट्रम्पले श्वेत, पुरानो पुस्ता, कम पढेलेखेका, दक्षिणी र पश्चिमी, ग्रामीण र स–साना सहरमा बस्ने र कट्टरपन्थी क्रिस्चियन जनतालगायत अमेरिकी समाजको एउटा हिस्सालाई अमेरिकामा पुरानै जातिवादी विगत फेरि ल्याउन सकिने विचार बेचेका छन् । अमेरिकी वयस्कको झण्डै २०–२५ प्रतिशत मानिसहरू यही समुदायअन्तर्गत छन् । सन् २०१६ को निर्वाचनमा यी मानिसहरू ट्रम्पका कट्टर समर्थक बनेर निस्के । यिनीहरूको आडमा रिपब्लिकन पार्टीमाथि आफ्नो नियन्त्रण जमाउन ट्रम्पलाई केही गा¥हो भएन । प्रत्यक्ष मतमा ३० लाखले पछि परे पनि तिनै समुदायकै आधारमा ट्रम्पले इलेक्ट्रोल कलेजमा विजय प्राप्त गर्न सफल भए ।
अमेरिकी राजनीतिका यस्ता अरू पनि धेरै असामान्य प्रवृत्तिले ट्रम्पलाई सन् २०१६ को निर्वाचनमा विजयी हुन सफल भए । यदि मतदाता नामावली दर्ता स्वतः हुने र मतदानको लागि उत्साहित गर्ने वा अझ अनिवार्य ठानिने देशमा जस्तै धेरै अमेरिकी मतदाताहरूले मतदानमा भाग लिएका भए सन् २०१६ को निर्वाचनमा ट्रम्प विजय त के विजयको नजिक पनि पुग्ने थिएनन् । तर, अफ्रिकी अमेरिकी, गरिब र युवाहरूलाई मतदान अमेरिकी राजनीतिमा तेर्सिने गरेका हजार बाधा अडचनको कारण धनी श्वेत जनताको राजनीतिक र आर्थिक क्षेत्रमा सर्वोच्चता कायम नै छ । सारमा उनीहरूको ध्येय ट्रम्पजस्ता नेताहरूलाई निर्वाचित गर्नु हुने गरेको छ ।
ट्रम्पको अशोभनीय राजनीतिले पुरानो पुस्ताका श्वेत कट्टर इसाईहरू र केही युवा मतदाताहरू समेतलाई उनको जातिवादी आह्वानले प्रभावित बनाएको पुष्टि गरेको छ । जस्तै जनवरी ६ मा संसद् भवनमा हुलहुज्जत गर्ने मानिसहरू त्यस्तै मानिसहरू थिए । उनीहरूले इलोक्ट्रोल कलेजमा जो बाइडेन विजयी भएको प्रमाणिकरण गर्न उपराष्ट्रपति माइक पेन्सलाई समेत अपमान गर्न छोडेनन् । ट्रम्पको जातिवादी धङधङीलाई निकै थोरै जानीफकारहरूले मात्र रोनाल्ड रेगनको उस्तै राजनीतिसँग दाँज्ने धृष्टता गरेको देखियो । रेगनले पनि ट्रम्पकै जस्तो उद्देश्य पूर्तिको लागि ‘अमेरिकालाई पुनः महान बनाऔँ !’ भन्ने नारा दिएका थिए ।
अमेरिकी समाजमा दास राख्ने चलनको सुरुवातसँगै जातिवादी राजनीतिले त्यहाँको राजनीतिले विशेष प्रभाव पार्दै आएको छ । तथापि, जातिवादी राजनीतिमात्र अमेरिकी समस्या भने होइन । ट्रम्पको राजनीतिक शैली र अन्य बहुजातीय देशहरूको राजनीतिक शैली समान छ । ती देशहरूमा जातिवाद नै शक्ति संरचनाको आधार बन्ने गरेको छ ।
उदाहरणको लागि इजरायलका अर्का भ्रष्ट र उत्तेजनात्मक राजनीतिक नेता प्रधानमन्त्री बेन्जामिन नेतान्यहुलाई लिऔँ । इजरायली अरब जनतामाथि दमन गरेर नेतान्यहु शक्तिमा आसिन छन् । प्यालेस्टाइनी जनताका आधारभूत न्यायबाट समेत वञ्चित गरी उनले शासन चलाएका छन् । इजरायली शासकहरूसँग अमेरिकी श्वेत कट्टर इसाइवादीहरूसँग गज्जबको मिलजुल छ । ट्रम्प र नेतान्याहुको असमावेशी राजनीति उही खालको छ ।
अर्को उदाहरण हुन्–ब्राजिलका जाएर बोल्सोनारो । उनलाई ‘भूमध्य क्षेत्रका ट्रम्प’ पनि भनिन्छ । ट्रम्प र बोल्सोनारोबीचको सम्बन्ध पनि उनीहरूको शैली र मनोभावनामा मात्र सीमित छैन । संरा अमेरिकी श्वेत कट्टर इसाईवादीहरूले बोल्सोनारोलाई आफ्नो दाजुभाइ ठान्ने गरेका छन् । ब्राजिलको राष्ट्रपति पदमा बोल्सोनारोलाई विजय बनाउन ती अमेरिकीहरूले भित्रभित्र भूमिका खेलेका थिए । बोल्सोनारोले अहिले अफ्रिकी–ब्राजिली संस्कृति र ब्राजिलका आदिबासी जनतामाथि हमला गर्ने गरेका छन् ।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग ट्रम्पको निकटको सम्बन्ध पनि हेर्नोस् । कसै कसैले पुटिनसँग ट्रम्पलाई सम्झौतामा ल्याउने ‘विशेष पदार्थ’ नै भएको दाबी गर्छन् । कसै कसैले भने उनीहरूको साझा आर्थिक स्वार्थ देख्छन् । तर, उनीहरूको सम्बन्धको अर्को पाटो भनेको राजनीतिक निकटता नै हो । पुटिनको सफलताको मूल कारण भनेको आदिबासी रुसीहरूलाई रुसको बहुजातीय समाजका वास्तविक नेताहरू आफू नै भएको देखाउन सक्नु हो । रुसी पुरातनपन्थसँग पुटिनको राजनीतिक सम्बन्धले श्वेत कट्टर इसाईहरूसँग ट्रम्पको राजनीतिक सम्बन्धको झझल्को दिने गरेको छ ।
ट्रम्पका अर्का कट्टर प्रशंसक हुन्–भारतका प्रधानमन्त्री नरेन्द्र मोदी । सन् २०२० मा भएको ट्रम्पको भारत भ्रमणको क्रममा दुवै नेताहरूले एक अर्काको खुबै प्रशंसा गरेका थिए । भारतमा मोदीको आधार भनेको अतिदक्षिणपन्थी हिन्दू राष्ट्रवादीहरू हुन् जसले भारतका अल्पसङ्ख्यक मुसलमानहरूविरुद्ध घृणा फैलाउने अभिव्यक्ति दिने गरेका छन् । सन् २०१९ मा मोदी सरकारले सैनिक रूपमा मुसलमान बाहुल्य कास्मिर क्षेत्रमाथि कब्जा जमाउँदा थोरै मात्र अन्तर्राष्ट्रिय चासो देखियो । तर, घरेलु राजनीतिमा आफ्नो अभिष्ट पूरा गर्न हिंसात्मक जातीय दमनको त्यो एउटा उदाहरण थियो ।
जातीय अहङ्कारवाद लगभग हरेक बहुजातीय देशमा देखिएको छ । ट्रम्पले यो सन्दर्भमा चीनको सिन्जियाङबारे पनि विवादास्पद कुरा बोल्ने गरेका छन् । म्यानमार सरकारले मुसलमान रोहिन्ग्या जनतालाई हिंसात्मकरूपमा गरेको निकालाको विषयमा ट्रम्प सरकार झण्डै मौन नै बस्यो ।
यदि संसारभर जातिवादी राजनीतिमा कुनै एउटा दिगो कुरा छ भने त्यो आदिबासी जनतामाथिको दमन नै हो । संसारभर आदिबासी जनताबाट भूमि खोसिएको छ । उनीहरूलाई बाध्य बनाएर सेवामा लगाइएको छ । कतिको निर्मम हत्या भएको छ । ती आदिबासी जनतालाई पछि बस्न आएका मानिसहरूले गरिबीको दलदलमा धकेलेको छ । तर, यतिसम्मको दमनले पनि कब्जाकारीहरूलाई कहिल्यै तुष्टि प्राप्त भएको छैन । आदिबासीहरूमाथि हानि पु¥याउने, आम नरसंहार गर्नेले मात्र नपुगेर कब्जाकारीहरूले आफ्नो दुःख र समस्याका सबै दोष आदिबासी जनताकै थाप्लामा थोपर्ने गरेका छन् । आदिबासी जनतालाई उल्टै उनीहरूले अल्छी, विश्वास गर्न नसकिने, खतरनाक भनी गाली गर्ने गरेका छन् । मानौं कि आदिबासी जनताले उनीहरूको भूमि चोरेका हुन् ।
यद्यपि अहिले केही राम्रा समाचार आएको छ । ट्रम्पको पराजय र त्यसपछि उठेको अमेरिकी उत्तेजनाको कारण जनवरी ६ मा संसद् भवनमाथि हमला भयो । यो घटनाबाट हामी खराबभन्दा खराब भावना, भय र पक्षपातभन्दा पर जान सक्ने पाठ सिक्न सक्छौँ । अमेरिकामा श्वेत जातिवादीहरूले सत्तामा आफ्नो नियन्त्रण गुमाउँदैछन् र उनीहरूलाई यो कुरा राम्ररी थाहा छ । समय वास्तवमै परिवर्तन भइरहेको छ । अमेरिकी जनताले चुनावमा पराजित गरेका छन् । संसद् भवनमा हमलाअघि जोर्जियाका मतदाताहरूले एक जना अफ्रिकी अमेरिकी र एक जना यहुदीलाई संरा अमेरिकी सिनेटर पदमा निर्वाचित गरेका थिए । त्यसअघिको निर्वाचनमा ती दुवै क्षेत्रमा ट्रम्पकै पक्षधरहरूले विजय हासिल गरेका थिए ।
ट्रम्पको बहिर्गमन त्यसकारण गहिरो गरी घाइते अमेरिकी समाजको लागि मात्र नभई संसारभरका बहुजातीय समाजहरूको लागि एउटा नयाँ आरम्भको अवसर हो । जातीय घृणा र जातीय अहङ्कारवादको आधारमा शासन गर्ने कसैलाई छुट छैन । ट्रम्प पछिको युगमा जहाँसुकै पनि सरकारहरूले घृणा फैलाउनेहरूलाई पराजित गर्न जरुरी छ ।
अगाडिको यात्रा तय गर्न संसारले इतिहासतिर फर्केर पनि हेर्न जरुरी छ । सन् १९४८ मा दोस्रो विश्वयुद्धमा भएका निर्ममताको छाँयामा नवगठित संयुक्त राष्ट्र सङ्घका सबै सदस्यहरूले मानवअधिकारको विश्वव्यापी घोषणापत्र जारी गरेका थिए । त्यो भव्य घोषणा विश्वव्यापी मानवीय आत्मसम्मानको सिद्धान्तमा आधारित थियो । ‘जात, रङ, लिङ, भाषा, धर्म, राजनीति वा अन्य कुनै पनि आधार, राष्ट्रिय वा सामाजिक उत्पत्ति, सम्पत्ति, जन्म वा अन्य पहिचानको आधारमा कुनै पनि विभेद गर्न नपाइने’ सो घोषणापत्रमा उल्लेख छ ।
विश्वव्यापी घोषणापत्र नै हाम्रो दिशासूचक हुनुपर्छ । आगामी सन् २०२३ मा यो घोषणापत्र पारित भएको ७५ वर्ष पुग्दै छ । हामीले घृणा फैलाउने, सन्काहा र विभाजनकारीहरूलाई अस्वीकार गर्ने आधार छन् । ट्रम्पले अमेरिकालाई भद्रगोल अवस्थामा पु¥याए । कोभिड–१९ को कारण अमेरिकामा चार लाख मानिसको मृत्यु भयो । तै पनि उनी आफ्ना समर्थकहरूलाई मुखमा लगाएको मास्क निकाल्न भन्दै थिए । अब हामी ट्रम्पको शासनबाट मुक्त भइसकेका छौं । हामीले महामारी अन्त्य गर्न तम्तयार भएर लाग्न सक्ने भयौं र गहिरो गरी विभाजित अमेरिकी समाजको उपचार गर्न सक्ने भएका छौं ।
(लेखक कोलोम्बिया विश्वविद्यालयको स्वास्थ्य नीति र व्यवस्थापन तथा दिगो विकासका प्राध्यापक हुन् । उनका विभिन्न कृतिहरू प्रकाशित छन् ।)
स्रोत ः प्रोजेक्ट सिन्डिकेट
नेपाली अनुवाद ः सुमन
Leave a Reply