चिनियाँ कम्युनिस्ट पार्टीको आत्म–सुधार शासन, अनुशासन र भ्रष्टाचारविरोधी अभियान
- असार २२, २०८३
बुधबार बिहान दिल्ली र उत्तर प्रदेशको सीमावर्ती गाजियापुरमा धर्ना बस्दै गरेका भारतीय किसानहरूको अनुहारमा उति कान्ति थिएन । केही किसानहरू मेसमा खाना पकाउँदै थिए भने अरू किसानहरू स–साना झुण्डमा अघिल्लो दिनको प्रदर्शनको समीक्षा गर्नुका साथै आगामी दिनका सङ्घर्षका कार्यक्रमबारे कुराकानी गर्दै थिए ।
“अर्को आँधीबेहरी अघिको मौन अवधि हो यो”, बिहारको मोतिहारी जिल्लाबाट सङ्घर्षमा आएका जितेन्द्र यादवले भने । उनले धर्नास्थलमा सामूहिक भान्छाको बन्दोबस्त गर्दै आएका छन् ।
मुटु कमाउने जाडोको पर्वाह नगरी दुई महिना दिल्लीबाट बाहिर धर्ना कसेपछि गत मङ्गलबार मोदी सरकारले लागू गरेका तीन वटा कृषि कानुनको खारेजीको माग गर्दै देशकै राजधानीमा तीनतिरबाट प्रवेश गरेका थिए । उत्तरको सिङ्गु, पश्चिमको तिक्री र दक्षिणपुर्वबाट गाजिपुरबाट किसानहरू दिल्लीभित्र प्रवेश गरेका थिए ।
एक लाखभन्दा बढी किसानहरू ट्र्याक्टरमा बसेर नाराबाजीका साथ शान्तिपूर्वक तीन नाकाबाट दिल्लीभित्र पस्न खोजेका थिए । तीनमध्ये गाजिपुरको नाकामा भने किसानहरूले प्रहरीले राखेका सबै अवरोध तोड्दै दिल्लीमा मध्यबिन्दुमा पुगेका थिए । उनीहरू त्यहाँ पुग्दा भारतको गणतन्त्र दिवसको अवसरमा आयोजित प्रदर्शन भर्खर सकिएको थियो ।
गाजिपुरको आय कर कार्यालय क्षेत्रमा प्रदर्शनकारी र प्रहरीबीच झडप भएको थियो । प्रहरीले प्रदर्शनकारीमाथि अश्रुग्यास र लाठी प्रहार गरेका थिए । किसानहरूलाई अघि जान रोक्न प्रहरी दमनमा उत्रेको थियो । ट्र्याक्टर पल्टिँदा २७ वर्षका नवरीत सिंहको निधन भएको थियो । किसानहरूले उनीमाथि गोली हानिएको दाबी गरेका थिए । प्रहरीले उनीहरूको दाबी ठाडै अस्वीकार गरेका थिए ।
त्यहाँबाट नजिकै रहेको लाल किल्लामा केही किसानहरू उक्लेर सिख झण्डा फहराएका थिए । त्यहाँ पनि किसान र प्रदर्शनकारीहरूबीच झडप भएको थियो । दिल्ली प्रहरीका अनुसार ३९४ जना प्रहरी घाइते भएका छन् । ती मध्ये केहीको अवस्था गम्भीर छ । किसानहरूतर्फ कति घाइते भयो, कुनै तथ्याङ्क नै सार्वजनिक भएन । तर, घाइते किसानहरूलाई चिकित्सकहरूले ताका लगाइरहेका दृश्य भने प्रसारण भएको थियो ।
प्रदर्शनका भोलिपल्ट गाजिपुरका प्रदर्शनकारीहरूले आयकर कार्यालयमा मारिएका किसानको सम्मानमा केही समय मौन धारणा गरियो । त्यहाँ किसानहरूले लाल किल्लामा भएको घटनाप्रति दुःख व्यक्त गर्दै सञ्चारमाध्यमहरूले मङ्गलबारको प्रदर्शनलाई हिंसात्मक प्रदर्शन भनी शान्तिपूर्ण प्रदर्शनको बदनाम गरेकोमा आक्रोश पोखे ।
“हामीमाथि फूलको वर्षा भएको छ”, उत्तर प्रदेशको पिलिभितबाट आएका किसान सर्वदत्त सिंहले भने, “महिला, केटाकेटी र ज्येष्ठ नागरिकहरू सबै आफ्ना घरबाट बाहिर आएर हाम्रो स्वागत गरे । त्यस्ता कुनै पनि दृश्य सञ्चारमाध्यमहरूले देखाएनन् ।”
किसानहरूले कानुन खारेज नहुञ्जेल आफ्नो प्रदर्शन जारी राख्ने सङ्कल्प दोहो¥याएका छन् । किसानहरू ट्र्याक्टरमा बसेर नारा लगाइरहेका थिए–मोदी तिम्रो तानाशाह चल्दैन चल्दैन ।”
षड्यन्त्र
प्रदर्शनको अघिल्लो दिन गाजिपुरको धर्नास्थलमा किसानहरूले खचाखच भरिएको थियो । बुधबार अधिकांश किसानहरू आ–आफ्ना गाउँ फर्किसकेकाले त्यो ठाउँ सुनसान थियो । किसान सङ्घर्षको समन्वय गरिरहेको छाता सङ्गठन संयुक्त किसान मोर्चाका स्वयम्सेवकहरूले किसानहरूलाई मद्दत गरिरहेका थिए ।
उत्तरप्रदेशको मैनपुरीका किसान राम शरणले धेरै किसानहरू विशेषतः ट्र्याक्टर जुलुसमा सहभागी बन्न पहिलोपटक दिल्लीमा आएको बताए । लखिमपुर खेरीबाट आएका उमेरले २५ वर्षका शिख किसान रञ्जित सिंहले यो कुरामा सहमति जनाए, “कम्तीमा ८० प्रतिशत किसानहरू पहिलोपटक दिल्लीमा आएका थिए र उनीहरूलाई दिल्लीका बाटा थाहा थिएन ।”
शरणले भने, “तामिलनाडुका जनता पनि सहभागी बने । हामीले उनीहरूका भाषा बुझेनौँ । उनीहरूलाई हामीले कसरी बाटोको विषयमा सम्झायौँ होला ?”
उनले जुलुसको तोकिएको बाटोभन्दा अर्को बाटोमा पठाउन प्रहरी नै जिम्मेवार भएको बताए । “प्रहरीले किन आयकर कार्यालय वा लालकिल्लाको बाटो हुँदै जुलुस जान दियो ? लकडाउनको बेलामा हामीलाई घरबाट बाहिर जान पनि निषेध थियो । कहिले किन ती बाटामा किसानहरूलाई प्रहरीले रोक्न सकेन ?”
गाजिपुर पुगेका संवाददाताहरूले किसानहरूबीच जुलुस मार्गबारे केही अन्योल भएको बताए । तर, उनीहरूमध्ये नै कोहीले भने दिल्लीबाहिर धर्ना बसेर मात्र माग पूरा नहुने कुरा पनि गर्दै थिए । उनीहरूले ६० दिन त दिल्लीबाहिर सडकमा बिताइसके । अब उनीहरू आफ्नो विरोध प्रदर्शन गर्न दिल्लीको मुटुमै पस्न चाहन्थे ।
प्रदर्शनको भोलिपल्ट गाजिपुरमा रहेका थोरै किसानहरूले पनि यो कुरामा सहमति देखाए ।
प्रदर्शनस्थलमा घुसपैठियाहरूबाट सजग रहन स्वयम्सेवकहरू किसानहरूलाई सजग पार्दै थिए । गाजिपुरमा उपस्थित प्रदर्शनकारीहरूमध्ये धेरैले भारतीय जनता पार्टीले आन्दोलनमा मान्छे घुसाएर किसान सङ्घर्षलाई अन्यत्र मोड्न खोजिरहेको बताए ।
Leave a Reply