भर्खरै :

प्रजिअको मनोमानीमा निर्दोष व्यक्तिहरु पक्राउ

सुर्खेत, १६ माघ । सुर्खेतका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीको आदेशमा नेपाल मजदुर किसान पार्टी सुर्खेत जिल्ला समितिका कोषाध्यक्ष गोविन्दनाथ योगीसहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
सुर्खेतमा स्थानीय विकास अधिकारी हुँदा निज रेग्मीले पार्टीका प्रतिनिधिहरूको नक्कली हस्ताक्षर गरी बिल मिलाएका थिए । नेमकिपाका प्रतिनिधि योगीको नेतृत्वमा भएको छानबिन पछि अधिकारी रेग्मीलाई उनले गरेको किर्तेका लागि माफी मगाइएको थियो । त्यही रिसइवीमा बिनाकारण प्रजिअ रेग्मीले योगी सहितलाई पक्राउ गरेका हुन् । नेमकिपा सुर्खेतले सबैको शीघ्र रिहाइको माग गरेको छ ।
गोविन्दनाथ योगीले आफ्नो घरजग्गा नामसारीका लागि मालपोत कार्यालय सुर्खेतमा ३४ दिन अगाडि निवेदन दिएका थिए । कर्मचारीले घूस नपाउने भएपछि उनको फाइल लुकाएको थियो । फाइल लुकाएको विषयमा विवाद भएपछि प्रमुख मालपोत अधिकृतको उपस्थितिमा छलफल भएको थियो । कर्मचारीबाट गल्ती भएको हो भनी प्रमुख मालपोत अधिकृतसमेत मानिरहेको अवस्थामा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।
गल्ती गर्ने कर्मचारीलाई कारबाही गर्नुको सट्टा निर्दोष नागरिकलाई पक्राउ गरी प्रमुख जिल्ला अधिकारीले कानुनको दुरुपयोग गरेको स्थानीय जनताको भनाइ छ ।
गोविन्दनाथ योगीसहित गणेश खड्का, सेरजू शाही, गंगानाथ योगी र यमनाथ योगीलाई पक्राउ गरिएको हो ।

One response to “प्रजिअको मनोमानीमा निर्दोष व्यक्तिहरु पक्राउ”

  1. jp says:

    विनास काल विपरीत बुद्धि

Leave a Reply

Your email address will not be published. Required fields are marked *