निर्वाचनबारे संवाद ५
- चैत्र १०, २०८२
रत्ननगर (चितवन), २७ जेठ । भरतपुर महानगरपालिका २९ का वडाध्यक्षसहितका जनप्रतिनिधिलाई मानव बेचबिखन विरुद्ध स्थानीय तहको काम, कर्तव्य र अधिकारको विषयमा प्रशिक्षण दिइएको छ ।
माइती नेपाल चितवनले शुक्रबार भरतपुरको कविलासमा उनीहरुलाई प्रशिक्षण दिएको हो । स्थानीय क्षेत्रका हरेक समस्या समाधानमा उनीहरुको भूमिका महत्वपूर्ण हुने भएकाले वैदेशिक रोजगार, मानव बेचबिखन र बालअधिकारको विषयमा अभिमुखीकरण गरिएको माइती नेपालका क्षेत्रीय कार्यक्रम अधिकृत युवराज दवाडीले जानकारी दिनुभयो ।
मानव बेचबिखन र वैदेशिक रोजगारको बदलिँदो स्वरुप र मानव बेचबिखनविरुद्ध स्थानीय तहको काम कर्तव्य र अधिकारका विषयमा जनप्रतिनिधिलाई जानकारी गराएको दवाडीले जानकारी दिनुभयो । नवनिर्वाचित वडा अध्यक्ष मनबहादुर रानामगरले राज्यबाट प्रशिक्षण पाउनुभन्दा अघि नै मानव बेचबिखनविरुद्ध अभिमुखीकरण हुुन पाउनु महत्वपूर्ण उपलब्धि भएको बताउँदै गाउँमा हुने अवाञ्छित क्रियाकलाप विरुद्ध आफू सक्रिय हुने बताउनुभयो ।
उहाँले राजमार्ग जोडिएको यो क्षेत्रमा बालश्रमको प्रयोग भएको पाइएको भन्दै यसतर्फ पनि आफू सचेत रहेको उल्लेख गर्नुभयो । नवनिर्वाचित महिला सदस्य भीमकुमारी थापाले बालश्रम र मानव बेचबिखन विरुद्ध गाउँमा एउटा समिति बन्नसके कार्यक्रम प्रभावकारी हुने विचार व्यक्त गर्नुभयो ।
जनप्रतिनिधिलाई पहिलो पटक प्रशिक्षण दिइएको माइती नेपालकी मनोविमर्शकर्ता जयन्ती खनालले बताउनु भयो । रासस
Leave a Reply