सन्दर्भ : क्रिस हानी जन्म दिवस (जून २८) – अफ्रिकी स्वतन्त्रता आन्दोलनका योद्धा तथा कम्युनिस्ट नेता क्रिस हानी – ४
- असार १५, २०८३
नागरिक आन्दोलनको दिशाहीनताबारे यसअघि पनि धेरै चर्चा भइसकेको छ । पछिल्लो समय राजधानीमा नागरिक आन्दोलनको नाममा भइरहेका गतिविधि प्रचारमाध्यममा चर्चामा छन् । सञ्चारकर्मी, स्तम्भकार, अखबारी लेख (अप–एड) का लेखक र सेलिब्रिटीहरूको बाहुल्य भएको हुनाले नागरिक आन्दोलनको सञ्चारमाध्यममा चर्चा बढी हुनु अनौठो कुरा होइन । खासमा अहिलेको नागरिकको आन्दोलनको शक्ति सडक कार्यक्रममा भन्दा सञ्चारमाध्यम र अझ विशेषतः अनलाइन मिडियामा निहीत छ । सडक गतिविधि त त्यस्ता समाचारको लागि बहानामात्र बनेका छन् ।
यतिबेलाको नागरिक आन्दोलनको लक्ष्य के हो भन्ने विषयमा फराकिलो मतान्तर देखिएको छ । प्रतिनिधिसभा विघटनको विरोध, प्रधानमन्त्री केपी ओलीको विरोध, नेकपा विभाजनको विरोध, ओलीको ठाउँमा अर्को नेकपा वा नेपाली काङ्ग्रेसको नेतालाई प्रधानमन्त्री बनाउन, सम्पदाको संरक्षण, सहिदको सम्मान, समावेशिताको पक्षधरता, संविधान संशोधनमध्ये कुन लक्ष्य नागरिक आन्दोलनको प्रमुख लक्ष्य हो ? स्वनामधन्य दस जना नागरिक अगुवालाई यो प्रश्न गरे कम्तीमा एघार थरी उत्तर आउनेछ । नागरिक आन्दोलनमा लागेका केही अनुहारहरूले यतिबेला संविधान संशोधनको माग पनि सार्वजनिकरूपमा उठाइरहेका छन् । संविधान संशोधन केका लागि ? सही अर्थमा समाजवादी प्रावधानहरू समावेश गर्न, ‘एक मधेस–एक प्रदेश’ जस्ता विखण्डनकारी मुद्दा समावेश गर्न, आलङ्कारिक वा संवैधानिक राजतन्त्र राख्न अथवा प्रतिनिधिसभा विघटनको अधिकार प्रधानमन्त्रीमा निहीत भएको शब्दतः उल्लेख गर्न ? नागरिक अगुवाहरूले यो विषय पनि स्पष्ट बनाउन जरूरी छ ।
जनतालाई अधिकारसम्पन्न बनाउने र राजनीतिकरूपमा शिक्षित गर्नु नै नागरिक अभियानको ध्येय हुँदो हो त जनताको ताजा जनादेशलाई के नागरिक अगुवाहरूले अस्वीकार गर्नु नैतिकता हो ? निर्वाचनमार्फत जनताले ताजा आदेश जारी गर्नेछन् । त्यसले नागरिकलाई अझ बलियो बनाउने हो । निर्वाचनको विरोध गरेर नागरिक अभियानको नाममा उनीहरू कसलाई बलियो बनाउन खोजिरहेका छन् ? राजनीतिक दलको रङ लगाउन पनि नचाहने अनि फेरि राजनीति पनि गर्न चाहने घोडाको मिलनलाई कसरी नागरिक अभियान भन्न सकिन्छ ? नागरिक अभियानको यस्तै दोहोरो चरित्रको कारण आज नागरिक अभियान कहिले कमलपोखरीको माटोमा त कहिले सहिद स्मारकहरूमा देखिने गरेको छ । नागरिक अभियानको नाममा नागरिकलाई कमजोर बनाउने गतिविधिले जनतालाई भ्रममा पार्ने सम्भावनालाई उपेक्षा गर्न सकिन्न ।
नागरिक आन्दोलन ओलीलाई प्रधानमन्त्रीबाट च्युत गर्ने ध्येयको लागि भएको बताइएको छ । निःसन्देह ओली दूधले धोइएका नेता होइनन् । उचित र उत्तम विकल्पको लागि ओलीलाई सत्ताच्युत गर्नमा कुनै दुईमत नहोला । तर, के ओलीको सट्टा पुष्पकमल दाहाल, माधव नेपाल, झलनाथ खनाल अथवा शेरबहादुर देउवा वा बाबुराम भट्टराईलाई प्रधानमन्त्री बनाउन खोजिंदै छ ? अथवा अर्को खिलराज रेग्मीको खोजी भइरहेको छ ? भारतका एक जना पूर्वकूटनीतिज्ञले नेपालमा ‘स्वच्छ छवि’का प्रधानमन्त्रीको खोजी भइरहेको सार्वजनिक अभिव्यक्ति दिएका थिए । ‘स्वच्छ छवि’ कुनै बेला राजा ज्ञानेन्द्रले प्रयोगमा ल्याएको शब्द थियो । सबै नेताहरू फोहोर छविका भएकाले अब स्वच्छ छविको नेतालाई सरकार सुम्पिने ज्ञानेन्द्रको आशय थियो । यतिबेला भारतले पनि ठीक ज्ञानेन्द्रकै झल्को दिने गरी ‘स्वच्छ छवि’ को नेता खोजिरहेको छ । के नागरिक आन्दोलन पनि ‘स्वच्छ छवि’ को प्रधानमन्त्रीको खोजी गर्न सडकमा उत्रेको हो ?

Leave a Reply