भर्खरै :

चीनमा वसन्त चाडको तयारी, तीतो विगत, मीठो आगत

 
 
चीनको परम्परागत वसन्त चाड नजिकिँदै गएको परिप्रेक्ष्यमा मानिसहरू अझ विशेषगरी बाहिर गएर काम गरिरहेका कर्मचारीहरूमा आफ्नो जन्मथलो फर्केने इच्छा झन् झन् बढ्दै गएको देखिन्छ । चीन राष्ट्रको परम्परागत सभ्यताको प्रतिनिधित्व गर्ने वसन्त चाडले विभिन्न पुस्ताका चिनियाँहरूको सुमधुर स्मरणको पनि रेकर्ड गर्ने गरेको छ । तर यस्तो जाडो याममा चीनका विविध स्थानमा समयसमयमा नयाँ कोरोना महामारी देखा परेको खबर आउने गरेको छ । वसन्त चाडको लामो बिदामा विभिन्न स्थानका जनताको आवत जावत, नातेदार बीचको भेटघाट र साथीहरू भेला भएर भोज खाने तरिकाबाट महामारीको सङ्क्रमण र फैलावट हुन नदिनका लागि चीनका विभिन्न स्थानले अघिपछि गरी वसन्त चाडको अवधिमा अति आवश्यक बिना आफ्नो जन्मथलो नफर्कन अनुरोध गर्दै तत्स्थानमै वसन्त चाड मनाउन आह्वान गरेको छ । यस्तो अनुरोध विशेष गरी बाहिरी प्रान्तबाट आएर काम गरिरहेका कामदारहरूलाई गरिएको हो । यसका अतिरिक्त विभिन्न स्थानले शृङ्खलाबद्ध मनोरञ्जनात्मक गतिबिधिको आयोजना गरेका छन् । त्यसबाट तत्स्थानमै रहेका जनताले वसन्त चाडको रमाइलो वातावरणको अनुभव गर्नसक्ने छन् ।

चच्याङ प्रान्तले वसन्त चाडमा ठूलो उपहार, पर्यटन कार्डको वितरण, विशेषतायुक्त सांस्कृतिक गतिबिधिको आयोजना गरी भिडियोमार्फत शुभकामनाको आदानप्रदान आदि रमाइलो कार्यक्रम प्रस्तुत गरेको छ । सछ्वान प्रान्तले विभिन्न उमेरका जनताको रुचिलाई पूरा पार्नका लागि परम्परागत र आधुनिक तत्व समेटिएको वसन्त चाड मनाउने रङ्गीचङ्गी कार्यक्रमको आयोजना गरेको छ । फुचेन प्रान्तले इन्टरनेटमार्फत १० वटा सौन्दर्य जोड १० हजार शुभकामना शब्द शीर्षकको गतिविधि आयोजना गर्दै थुप्रै प्रकारका उपहार जित्नका लागि एउटै परिवारका सदस्यलाई कार्यक्रममा सहभागी गराउने प्रयत्न गरेको छ । त्यसैगरी शाङहाई डिस्नी पार्कले चिनियाँ परम्परागत प्रचलन सहित रोचक वस्तुहरूद्वारा समस्त पार्कलाई सजाएको छ । चिनियाँ पात्रोअनुसार सन् २०२१ अर्थात् गाई वर्षको बेल नामका गाई मुकुण्डो लगाएका कार्टुनले वसन्त चाडको अवधिमा चिनियाँ परम्परागत पोशाक लाएर यात्रुसँगै वसन्त चाड मनाउने छन् ।
हाल तीव्र गतिले विकसित भइरहेको इन्टरनेट मानिसहरूबीच दुःखसुखको उपभोग गर्ने र सम्पर्क राख्ने महत्वपूर्ण पुल बनिसकेको छ । जति टाढा भएतापनि मानिसहरूले इमेल, भिडियो र विच्याटमार्फत सजिलैसँग आपसमा चाडपर्वको शुभकामना र अभिवादन आदानप्रदान गर्न सक्छन् । नयाँ कोरोना महामारीलाई पूरै खत्तम नपारुन्जेलसम्म तत्स्थानमै बसेर इन्टरनेटमार्फत आफ्ना नातेदार र साथीलाई वसन्त चाडको शुभकामना गर्नु नै अपेक्षाकृत उपयुक्त र सुरक्षित उपाय हो ।
तत्स्थानमै वसन्त चाड मनाएर महामारीबाट सुरक्षित रहन सकेतापनि मानिस बीचको साँचो भावना भने रोकिँदैन । अस्थायी विछोडको उद्देश्य निकट भविष्यमा महामारी जितेर अझ राम्रोसँग भेट हुनसक्नेछ ।
परिवारको त्यागद्वारा स्वास्थ्य सुरक्षाको प्रत्याभूति
चीनको बसन्त चाड नेपालको दशैं जस्तो सबभन्दा ठूलो परम्परागत चाड हो । सामान्यतया बाहिर काम गर्न गएकाहरू कठिनाइ पार गर्दै बसन्त चाडमै घरमा मनाउन फर्कने गर्छन् । तर, हालै चीनका केही ठाउँमा केही कोभिड बिरामी देखा परेकोले महामारी नियन्त्रण गर्न चीनका विभिन्न स्थानीय सरकारले मानिसहरूका मनलाई तान्ने यसै चाडको अवधिमा तर्कसङ्गत छनौट गरी काम गर्ने तत्स्थानमै बसन्त चाड मनाउन प्रस्ताव दिएका छन् । काम गर्न बाहिर गएकाहरूमध्येका धेरैजसोले अन्त्यमा आफ्नो तर्क र भावनाबीच काम गर्ने स्थानमै चाड मनाउने कठिन छनोट गरेका छन् ।
अनि काम गर्ने स्थानमा बसन्त चाड मनाउनेहरूको सङ्ख्या कति छ ? केही समयअधि चीनको यातायात तथा ढुवानी मन्त्रालयबाट प्राप्त तथ्याङ्कबमोजिम, सन् २०२१ को बसन्त चाडको अवधिमा पु¥याइने यात्रुहरूको सङ्ख्या १ अर्ब १५ करोड २० लाख पुग्ने अनुमान गरिएको छ जुन सन् २०२० को तुलनामा २० प्रतिशतले घटेको छ र सन् २०१९ को तुलनामा ६० प्रतिशतले कम भएको हो । यति धेरै मानिस घर नफर्किकन काम गर्ने स्थानमा कसरी चाड मनाउँछन् ?
स्थानीय सरकारहरू न्यानो नीति अँगाल्दै
महामारीको प्रभावमा चालु वर्षको बसन्त चाडको लागि धेरै जनाले घर नफर्किकन काम गर्ने स्थानमै मनाउने छनौट गरेका छन् । यसै सन्दर्भमा सबभन्दा ठूलो चाडमा घर नफर्कने चुनौतीको सामना गर्न विभिन्न ठाउँका सरकारले न्यानो नीति अङ्गाल्दै घर नफर्कनेहरूका लागि ठूलो कोसेलीको तयारी गरेका छन् । जस्तै भनौँ, चच्याङ, च्याङ सु, फुच्यान प्रान्तहरूमा त्यहाँ काम गर्ने मानिसहरूका लागि नगद वा इलेक्ट्रोनिक रातो खाम र आर्थिक सहायता गरिरहेका छन् । चिनियाँहरूको विचारमा आमाबुबा भएको ठाउँ नै घर हो । काम गर्न बाहिर गएकाहरू घर नफर्केमा घरमा रहेका केही वृद्धवृद्धाहरूमा असर पार्नेछ । यस्तो समस्याको समाधान गर्न चीनको नागरिक मामिला मन्त्रालयले शहर तथा ग्रामीण क्षेत्रका आवास क्षेत्र, स्वयम्सेवक, पेशागत निवृत्तिभरण सेवाका संस्थाहरू मिलाएको छ जुन ती वृद्धवृद्धाहरूको लागि चिकित्सा, खाना डेलिभरी, सपिङ गर्ने र हेरचार गर्ने सेवा प्रदान गरिरहेका छन् । यसका अतिरिक्त, चीनका धेरै ठाउँमा अनलाइन प्रदर्शनी, अनलाइन ओपेरा प्रदर्शनी, अनलाइन पर्यटनलगायत विविध किसिमका अनलाइन कार्यक्रमहरूको पनि आयोजना गरिरहेका छन् । विभिन्न स्थानीय सरकारहरूले उल्लेखित सदिच्छापूर्ण कदमहरूमार्फत् मानिसहरूको बसन्त चाड मनाउने अनुकूल वातावरण मिलाइरहेका छन् ।
उद्यमहरूबाट थप आर्थिक कदम चालिँदै
चीनका विभिन्न ठाउँका उद्यमहरूले स्थानीय सरकारको न्यानो कदमको साथै थप आर्थिक कदम पनि चालिरहेका छन् । च्याङसु प्रान्तमा अवस्थित चिनछन कपडा कम्पनीले घर नफर्कने कर्मचारीहरूलाई लक्षित गरी चार्ड खर्च, ओभरटाइम तलबको वितरण गरेको छ । साथै महामारी भएपछि कर्मचारीहरूले पालोपालैमा नातेदार हेर्न घर जान पाउने छन् । फुच्यान प्रान्तमा एक उद्यमले कर्मचारीहरू बसन्त चाडमा घर नफर्कन प्रोत्साहन गर्न ३ करोड चिनियाँ युआन वितरण गरेको छ । ती उद्यमहरूले नगदद्वारा घर नफर्कनेहरूको राम्रो बसन्त चाडको लागि थप आर्थिक फाइदा दिइरहेका छन् ।
चीनमा कोभिड महामारीको नियन्त्रण प्रभावकारी भएको कारण देश र सरकारको सामान्जस्यता र बस्दोबस्तको लागि स–साना परिवारहरूको त्यागसँग पनि घनिष्ट सम्बन्ध छ । उनीहरूले देशको ठूलो सुरक्षाको प्रत्याभूति दिइरहेका छन् । सरकार तथा उद्यमहरूको विविध कदमहरू चालेपछि कतिपय साना परिवारहरूले एकेक सुरक्षित र खुशी बसन्त चाड मनाउन सक्ने विश्वास छ ।
स्रोतः सीआरआई

Leave a Reply

Your email address will not be published. Required fields are marked *