सन्दर्भ : क्रिस हानी जन्म दिवस (जून २८) – अफ्रिकी स्वतन्त्रता आन्दोलनका योद्धा तथा कम्युनिस्ट नेता क्रिस हानी – ४
- असार १५, २०८३
जोहनेसवर्ग, ३ फेब्रुअरी (टेलिसुर) । विश्वव्यापी महामारीको रूपमा फैलिएको कोभिड–१९ सङ्क्रमित बिरामीहरूको उपचारका लागि क्युवाली चिकित्सा टोली विभिन्न देश पुगेसँगै क्युवाली मेडिकल ब्रिगेडलाई नोवेल शान्ति पुरस्कार दिन प्रस्ताव गर्नेहरूको लाम बढ्दै गएको छ । सोही क्रममा दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसाले पनि क्युवाली चिकित्सकहरूको निःस्वार्थ र निडर भई दक्षिण अफ्रिकीलगायत विभिन्न राष्ट्रियताका बिरामीको उपचार गरेबापत नोवेल शान्ति पुरस्कार प्रदान गर्न प्रस्ताव गर्नुभएको छ ।
आफ्नो देशमा कोभिड–१९ को सङ्क्रमण रोकथामका लागि टेलिभिजन सम्बोधनमार्फत राष्ट्रको नाममा सम्बोधन गर्दै राष्ट्रपति रामाफोसाले दक्षिण अफ्रिकामा रोग नियन्त्रण र सङ्क्रमित बिरामीहरूको उपचारका लागि क्युवाली चिकित्सा टीमको सेवाको उच्च प्रशंसा गर्नुभयो । सो अवसरमा उहाँले विश्वसनीय औषधिसहित चिकित्सा टोली पठाएर गुण लगाएकोमा क्युवाली सरकार र जनताप्रति हार्दिक आभार व्यक्त गर्नुभयो ।
राष्ट्रपति रामाफोसाले एउटा सानो टापु देशले आफ्नो देशको ३७०० भन्दा बढी दक्ष चिकित्सकहरू कोभिड–१९ विरूद्ध लड्न सबभन्दा बढी सङ्क्रमित देशहरूमा पठाउनु कम सानो सफलता नभएको उल्लेख गर्दै त्यो क्युवाली नेता र जनताको एकताका कारण सम्भव भएको बताउनुभयो ।
रामाफोसाले दक्षिण अफ्रिकाको मन्त्रिपरिषदले क्युवाको हेनरी रिर्भ इन्टरनेसनल कन्टिजेन्ट अफ डक्टर्सलाई विपत्तिको स्थिति र कोभिड–१९ विरूद्धको महामारीविरूद्ध लड्न विशेष योगदान पु¥याएकोेमा नोबेल शान्ति पुरस्कार दिन सिफारिस गरेको जानकारी दिनुभयो ।
दक्षिण अफ्रिकामा मात्र क्युवाली चिकित्सा टोलीले ५० हजारभन्दा बढी कोभिड–१९ का बिरामीको उपचार गरिसकेको छ ।
गत अप्रिल महिनादेखि क्युवाको हेनरी रिभ इन्टरनेसनल कन्टिजेन्ट अफ डक्टर्सका २ सत्न्दा बढी सदस्यहरू दक्षिण अफ्रिकाका विभिन्न सहरका अस्पतालहरूमा उपचार सेवा तथा जनचेतना वृद्धिको कार्यमा संलग्न छन् ।
यसअघि इटाली, कुवेत, कतार, ट्युनिसिया, भेनेजुुयला, अर्जेन्टिना, हैटी, सुरिनाम, निकारागुवा, कोस्टारिकालगायत देशका सरकारहरूले पनि क्युवाली चिकित्सा ब्रिगेडलाई नोबेल शान्ति पुरस्कारले सम्मानित गर्न सिफारिस गरिसकेको छ ।
Leave a Reply