भर्खरै :

चिनियाँ खोपबाट नेपालको महामारी नियन्त्रणमा सहयोग

विश्वमा फैलिरहेको महामारीको सामना गर्न खोप एक मात्रै उपाय बनेको छ । खोप आएपछि विभिन्न मुलुकमा लगाउने कार्यक्रम सुरू भएको छ भने जनवरी २७ तारिख नेपालमा कोरोना विरूद्धको खोप लगाउने कार्यक्रम पनि सुरू भएको छ । त्यसपछि चीनले नेपाललाई ३ लाख डोज खोप अनुदान दिई नेपालको महामारी नियन्त्रण प्रक्रियालाई सहयोग गर्ने घोषणा गरेको छ । चीनको अनुदानबाट चीन–नेपाल मित्रतामा चीनको उच्च ध्यान देखिनुका साथै कोरोना विरूद्धको खोपलाई विश्वको सार्वजनिक उत्पादित वस्तु बनाउने चीनको वचनलाई फेरि एक पटक व्यवहारमा उतारिएको छ ।
सन् २०२० को अन्तसँगै चीनको कोरोना विरूद्धको खोप आएपछि आन्तरिक तथा अन्तर्राष्ट्रिय क्षेत्रबाट ध्यानाकर्षित विषय बनेको छ । चिनियाँ खोप सुरक्षा तथा प्रभावकारी भएकाले सर्बिया, कम्बोडिया, पेरू, मलेसिया, हंगेरीलगायत विभिन्न मुलुकले चिनियाँ खोप खरिद गरेका छन् भने सेशेल्सका राष्ट्रपति वाभेल रामकालावान, टर्कीका राष्ट्रपति रेसेप टायिप एर्डोगन, इन्डोनेसियाका राष्ट्रपति जोको विदोदोलगायतका नेताले चिनियाँ खोप लगाउनु भएको छ । हाल चिनियाँ खोप खरिद गर्नका लागि १६ वटा मुलुक तथा क्षेत्रले ५० करोड डोजको सम्झौता गरेका छन् । आन्तरिक तथा अन्तर्राष्ट्रिय ठूलो चाहना भएसँगै चीनले पनि नेपाललाई खोप निःशुल्क अनुदान गर्ने प्राथमिकतामा राखेको हो जसबाट चीन–नेपाल मित्रतामा चीनको उच्च ध्यान दिएको देखिन्छ ।
७३ औँ विश्व स्वास्थ्य सभामा चीनका राष्ट्राध्यक्ष सी चिनफिङले चिनियाँ खोप आएपछि विश्वको सार्वजनिक स्वास्थ्य उत्पादित वस्तुका रूपमा राखेर विकासोन्मुख मुलुकमा खोपको प्रयोगलाई योगदान गर्ने स्पष्ट विचार व्यक्त गर्नुभएको छ । त्यसपछि चीन कोभिड–१९ विरूद्ध खोप कार्यान्वयन कार्यक्रममा संलग्न भएको छ । चिनियाँ खोपको अध्ययन तथा विकास विश्वमा अग्रस्थानमा रहनुका साथै प्रशस्त उत्पादन क्षमता रहे पनि चीनले उक्त कार्यक्रममा संलग्न हुने निर्णय गरेको छ । किनभने चीनले व्यावहारिक रूपमा खोपको उचित वितरण निश्चित गरी विकासोन्मुख मुलुकलाई खोप प्रदान गर्ने कुरालाई प्राथमिकतामा राखेको छ । देशभरि २ लाख ७० हजार जनामा महामारी सङ्क्रमण भएपछि नेपालले पनि खोप लगाउने कार्यक्रम सुरू गरेको छ । तर खरिद खर्च निकै ठूलो भएकोले हाल नेपाल सरकारले अन्तर्राष्ट्रिय एकाइलगायतलाई अनुदानमा खोप उपलब्ध गराउन माग गरेको छ । असल छिमेकी, मित्रता, साझेदारीका रूपमा चीनले तत्काल सहयोग गरी नेपाललाई खोप अनुदान गरेको छ र कोरोना खोपलाई सार्वजनिक उत्पादित वस्तु बनाएर महामारी जित्न मानव जातिलाई सहयोग गर्ने आफ्नो वचनलाई व्यवहारमा उतारेको छ ।
भाइरसबाट कुनै पनि व्यक्ति अलग हुन सक्दैन । खोप विश्वको सार्वजनिक उत्पादित वस्तुका रूपमा आएर मात्रै हामीले साँच्चिकै महामारीलाई जित्न सक्छौँ। त्यसका लागि चीनले प्रयास गरिरहेको छ । भविष्यमा चीनले नेपाललगायत विश्वलाई सुरक्षा खोप प्रदान गरी साझा स्वास्थ्य समुदायको निर्माण गर्नेछ ।
सीआरआई

Leave a Reply

Your email address will not be published. Required fields are marked *