सन्दर्भ : क्रिस हानी जन्म दिवस (जून २८) – अफ्रिकी स्वतन्त्रता आन्दोलनका योद्धा तथा कम्युनिस्ट नेता क्रिस हानी – ४
- असार १५, २०८३
नयाँ दिल्ली, ४ फेब्रुअरी (द वायर) । विगत दुई महिनाभन्दा अगाडिदेखि दिल्लीका सीमानाकाहरूमा भइरहेको किसान आन्दोलनलाई कमजोर पार्न भारतको मोदी सरकारले अनेक हठकण्डा अपनाउन थालेको छ । सरकारको निर्देशनमा दिल्ली पुलिसले आन्दोलनकारी किसानहरूले धर्ना प्रदर्शन गरिरहेको स्थान वा सडकको अगाडि ब्यारिकेड बनाउने र किसानहरूका लागि आपूर्ति हुँदै आएको पानी, तरकारीलगायतको आपूर्तिमा रोक लगाउने गरी नाकाबन्दी लगाएको छ ।
यसअघि आन्दोलनकारी किसानहरूलाई पृथकतावादी खालिस्तानीहरूसित जोड्नुका अतिरिक्त किसान नेता–कार्यकर्ताहरूमाथि आतङ्कवादविराधी जाँच आयोगमा बयानका लागि बोलाउने कार्य गर्दै आएको थियो । भारतको गणतन्त्र दिवस जनवरी २६ का दिन भएको किसान ट्रयाक्टर परेडका क्रममा पुलिसले २ सय भन्दा बढी किसानलाई पक्राउ गरी थुनेर राखेको छ ।
सरकारले फलाम, सिमेन्ट र काँतेदार तारका ब्यारिकेड र फलामका किल्लाले घेरा बनाएपछि आन्दोलनरत किसानहरूलाई पानी लिन जान, शौचालय जान र सरसफाइ गर्न असहज स्थिति उत्पन्न भएको बताइएको छ । सरकारले सिंघु, टिकरी र गाजीपुर धर्नास्थलमा ब्यारिकेड निर्माण र नाकाबन्दी गरेको हो । सिंघु र टिकरी बोर्डर दिल्लीको पश्चिममा हरियाणासँगको सीमामा पर्छ भने गाजीपुर दिल्लीको पूर्वतिर उत्तर प्रदेशसँगको सीमा हो ।
इण्डियन एक्सप्रेसको विस्तृत समाचारअनुसार २६ जनवरीका दिन भएको ट्रयाक्टर ¥यालीका क्रममा भएको झडपपछि किसान आन्दोलनलाई कमजोर पार्ने नियतले सरकारले किसानहरूको प्रदर्शनस्थल वरपर सिमेन्टका भिता र फलाम र तारले ब्यारिकेड बनाउने कार्यलाई तिब्रता दिएको हो ।
यसैबीच किसानहरूको आन्दोलनस्थललाई घेर्ने । ब्यारिकेड बनाउने र नाकाबन्दी गर्ने सरकारको कदमको भारतीय कम्युनिष्ट पार्टी (माक्र्सवादी), भाकपा, काङ्ग्रेसलगायत भारतका विपक्षी राजनीतिक दलहरूले कडा विरोध गरेका छन् ।
फेब्रुअरी ३ बुधबारका दिन बसेको भारतीय कम्युनिस्ट पार्टी (माक्र्सवादी) को पोलिट ब्युरोको बैठकले किसान आन्दोलनविरुद्ध दिल्ली पुलिसले लगाएको अमानवीय नाकाबन्दी तुरुन्त हटाउन माग गर्दै एक वक्तव्य जारी ग¥यो ।
Leave a Reply