भर्खरै :

कोभिडको खोपमा असमानताप्रति विश्व स्वास्थ्य सङ्गठनको चासो

विश्व स्वास्थ्य सङ्गठनले कोभिड–१९ का खोप उत्पादकहरूलाई उल्लेख मात्रामा खोपको उत्पादन बढाउन र प्राथमिकतामा रहेका जनसङ्ख्यामा खोप लगाइसकेपछि खोप अन्य जनसमुदायलाई लगाउन देशहरूलाई आग्रह गरेको छ ।
संसारभर कोभिड–१९ खोपमा असमान पहुँचको नकारात्मक प्रभावमा जोड दिँदै विश्व स्वास्थ्य सङ्गठनका महानिर्देशक डा. टेड्रोस अधानम घिब्रियेससले संसारभर उत्पादन भएको खोपको सङ्ख्या कोभिड–१९ बाट सङ्क्रमित बिरामीभन्दा बढी भइसकेको भन्दै ‘छोटो समयावधिमा यस्तो उल्लेखनीय उपलब्धि सुखद् समाचार’ भएको बताए ।
“तर, चार खण्डको तीन खण्ड खोप अहिले पनि विश्वको कुल गार्हस्थ उत्पादनको झन्डै ६० प्रतिशत ओगटेका दस देशमा मात्र केन्द्रित छ । जबकि संसारका झन्डै १३० देशका २ अर्ब ५० करोड जनताले अहिलेसम्म पहिलो मात्राको खोप नै लगाउन सकेका छैनन्”, उनले भने ।
सबै देशलाई सरकारको काँधमा आफ्ना जनताको सुरक्षा गर्ने दायित्व छ”, टेड्रोसले भने । “तर, खोप भएका देशहरूले आफ्ना स्वास्थ्यकर्मी र ज्येष्ठ नागरिकलाई खोप लगाइसकेपछि आफ्ना ती नागरिकको रक्षाको गर्ने सबभन्दा उत्तम उपाय भनेको खोप अरु देशलाई पनि बाँड्नु हो । ताकि ती देशहरूले पनि त्यही काम गर्न सकुन्”, उनले भने ।
“खोप लगाउनमा जति धेरै विलम्ब हुन्छ, त्यत्ति नै खतरा कायम नै रहनेछ । भाइरसले अरू रुपमा धारण गर्ने सम्भावना पनि उत्तिकै रहन्छ”, उनले चेतावनी दिए । “सबैतिर भाइरसलाई नदबाएसम्म हामीले सबैतिर यसलाई समाप्त पार्न सक्ने छैनौं”, टेड्रोसले भने ।
विश्व स्वास्थ्य सङ्गठनले खोप उत्पादकहरूलाई उत्पादन बढाउन आग्रह गर्दै अन्य उत्पादकहरूलाई पनि खोप उत्पादन गराउन अनुमति पत्रका प्रावधान खारेज गर्न भनेको छ । एचआइभी र हेपाटाइटिस सीको उपचारमा जस्तै उपचार सहज बनाउन खोप उत्पादकहरूलाई आग्रह गरिएको छ ।
“विश्वभर उत्पादन बढाउनुले गरिबी देशलाई धनी देशको कम मात्र निर्भर बनाउनेछ”, टेड्रोसले भने, “यो अभूतपूर्व समय हो । आफ्नो उत्पादन सुपथ मोलमा उपलब्ध गराउने सबै उत्पादकहरूको हामी कदर गर्न चाहन्छौँ ।”
उनले विश्व स्वास्थ्य सङ्गठनलाई खोप चाँडै उपलब्ध गराउन उत्पादकहरूलाई आग्रह गर्दै त्यसले खोप प्रयोगलाई अझ फराकिलो बनाउन सकिने धारणा राखे ।
विश्वव्यापी महामारी बनेको कोभिड–१९ रोकथामको लागि आज संसारका धेरै देशमा खोप अभियान सञ्चालन भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *