आणविक निरीक्षणमा इरानको अडान
- असार ९, २०८३
भक्तपुर, माघ २४ । भक्तपुर आरम्भ नेपालको आयोजनामा माघ १६, १७, १८ र १९ गते घर जग्गा नापी तालिम र माघ २४ गते टोनर रिफिलिङ्ग तालिमको समापन तथा प्रमाण–पत्र, प्रशंसा–पत्र वितरण बासु माविको हलमा सम्पन्न भयो ।
नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवम् बाग्मती प्रदेशसभाका सांसद सुरेन्द्रराज गोसाईले भूमिसुधार लागू गर्न नेमकिपाले गरेको सङ्घर्षको घटना बताउँदै तालिममा सिकेका सीपलाई जीवनउपयोगी बनाउन जोड दिनुभयो ।
कार्यक्रममा घरजग्गा नापी तालिमका प्रशिक्षार्थी जय प्रजापतिले तालिममा सिकेका सीपबारे मन्तव्य दिनुभयो भने प्रिन्टर टोनर रिफिलिङ्ग तालिमका प्रशिक्षार्थी नीरस थुयाजुले तालिममा सिकेको अनुभवबारे बताउनुभयो । घरजग्गा नापी तालिममा ४८ जना प्रशिक्षार्थीहरूको उपस्थिति रह्यो भने टोनर रिफिलिङ्गमा १८ जना प्रशिक्षार्थीहरूको उपस्थिति रह्यो ।
उक्त कार्यक्रममा आयोजक संस्थाका अध्यक्ष बालकृष्ण बनमालाको सभापतित्वमा भएको कार्यक्रममा घरजग्गा नापी तालिमका संयोजक अमरमान भुजू र प्रिन्टर रिफिलिङ्गका संयोजक न्हुज किजूले पनि आ–आफ्ना विचार व्यक्त गर्नुभयो ।
Leave a Reply