भर्खरै :

तिब्बत मुख्य अन्नबाली उत्पादनमा आत्मनिर्भर

तिब्बत स्वायत्त प्रदेशको कृषि तथा ग्रामीण क्षेत्र विभागले जनाएअनुसार, सन् २०२० मा तिब्बतको अन्नबालीको उत्पादन मात्रा १० लाख ३० हजार टन पुगेको छ । तिब्बतमा लगातार ६ वर्षदेखि १० लाख टनभन्दा बढी अन्न उत्पादन हुँदै आएको छ । ‘ते¥हौँ पञ्चवर्षीय योजना’ अवधिमा अन्नबालीको उत्पादन मात्रा ५२ लाख १९ हजार ९ सय टन पुगेको छ । सन् २०२० मा तिब्बतको मुख्य अन्नबालीको रुपमा रहेको जौको उत्पादन मात्रा ८ लाख ३० हजार टन पुगेको छ र जुन सन् २०१५ को तुलनामा १ लाख २१ हजार ५ सय टन वृद्धि भएको हो । तिब्बतको मुख्य अन्नबाली जौको आपूर्ति आफ्नो उत्पादनमा निर्भर भई आत्मनिर्भर भएको छ ।
तिब्बत चीनको छिङ हाई–तिब्बत पठारभूमिमा पर्दछ । त्यहाँ निकै जाडो हुने र अक्सिजन कम हुने गर्छ । वर्षा पनि कम हुन्छ । त्यसैले लामो समयदेखि तिब्बतको कृषि उत्पादन पिछडिएको थियो । परम्परागत खेती तरिकाले पनि कृषि उत्पादन बढाउन सकेको थिएन । तिब्बतको अन्नबाली उत्पादन सधैँ नै न्यून स्तरमा रहेकोले छिङहाई–तिब्बत पठारभूमिमा जौ खेतीको दीर्घकालीन इतिहास छ । जौ किसान तथा पशुपालकको मुख्य खाद्यान्न हो र तिब्बती संस्कृतिसँग घनिष्ट रहेको छ । त्यसैले केही वर्षदेखि तिब्बतले जौ र गहुँको नयाँ प्रजातिको विकास गर्दै उच्च मापदण्डको खेतीयोग्य जमीन निर्माणलाई बढाएको छ । खासगरी ‘ते¥हौँ पञ्चवर्षीय योजना’ अवधिमा तिब्बतले धेरै लगानी गरेर जौको नयाँ प्रजाति विकास गर्दै जौलाई श्रेष्ठता र विशेषता व्यवसायको रूपमा राखेको छ । तिब्बतले जौको उत्पादन क्षमता र प्रशोधन क्षेत्रमा सक्दो प्रयास गरेको छ । साथै, तिब्बत प्रान्तीय सरकारले किसानलाई लाभ दिने र धनी बनाउने नीति कार्यान्वयन गरी अन्नबालीको उत्कृष्ट बीउ वितरण गर्दै आएको छ । फलतः किसानलाई अन्नबाली उत्पादनमा सक्रिय प्रोत्साहन गरिएको र किसानको हित संरक्षण गरिएको छ ।
अन्नबालीको उत्पादन मात्रामा स्थिरताका साथ वृद्धि गर्न प्रत्याभूति गर्ने आधारमा तिब्बतले अन्नबालीको प्रशोधनको सक्रियताका साथ अनुसन्धान र विकास गरेको छ । हालसम्म तिब्बतमा चीनको कृषि तथा ग्रामीण क्षेत्र मन्त्रालयद्वारा प्रमाण गरिएको जौ भौगोलिक द्योतक उत्पादित वस्तु र हरित खाद्यपदार्थको सङ्ख्या सात पुगेको छ । तिब्बत स्वायत्त प्रदेशको कृषि तथा पशुपालन प्रतिष्ठानले हालसम्म जौको चार कोटीका असी किसिमका प्रशोधन उत्पादित वस्तुको अनुसन्धान तथा विकास गरिसकेको छ । जौको प्रधानता रहेको कृषि उपजको प्रशोधनले किसान तथा पशुपालकको आम्दानी बढाउनुका साथै गरिबी निवारण पनि गरेको छ ।
हाल तिब्बतको मुख्य अन्नबाली उत्पादनमा आन्तरिक माग पूरा गरी आत्मनिर्भर भएको छ । यसबाहेक, ‘विश्वको छानो’ बाट आउने अन्नबालीका पिठो तथा बिस्कुट आदि खाद्यपर्दाथले सुपरमार्केटको सान बढाएको छ ।
–सीआरआई

Leave a Reply

Your email address will not be published. Required fields are marked *