संयुक्त राष्ट्र सङ्घमा कसले के बोले ?
- आश्विन १०, २०८३
प्योङयाङ, ७ फेब्रुअरी । कोरियाली समाजवादी महिला सङ्घको छैटौँ केन्द्रीय समितिको दसौँ विस्तारित बैठक गत साताको बुधबार सम्पन्न भयो ।
बैठकमा सङ्घका केन्द्रीय समितिका सदस्य र वैकल्पिक केन्द्रीय सदस्यहरू सहभागी थिए । कोरियाली मजदुर पार्टीको जनवर्गीय सङ्गठन कोरियाली समाजवादी महिला सङ्घको बैठकमा सङ्गठनले हाल सामना गरिरहेका समस्याबारे छलफल भएको थियो । त्यस्तै कोरियाली मजदुर पार्टीको आठौँ महाधिवेशनमा महासचिव किम जङ उनद्वारा प्रस्तुत पार्टी प्रतिवेदनको पूर्ण पालनाका लागि पूरा गर्नुपर्ने जिम्मेवारीबारे बैठकमा छलफल भएको थियो ।
महासचिव किमको सो प्रतिवेदनको अध्ययन र व्यवहारमा लागु गर्ने विषयमा महिला सङ्घले प्रतिबद्धता व्यक्त गरेको छ ।
महिला सङ्घले समाजवादी निर्माणको शक्तिशाली बलको रूपमा सबै तहमा महिला सङ्गठन गर्ने विषयमा जोड दिएको थियो । विस्तारित बैठकमा विभिन्न प्रस्तावहरू पारित गरिएको थियो ।
Leave a Reply