तीनमहिने चित्रकला तालिमको समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम
- कार्तिक १०, २०८२
काठमाडौँ, २८ माघ । नेपाल मजदुर किसान पार्टी कीर्तिपुर नगर समितिको आयोजनामा ‘श्रमिक’ साप्ताहिक र ‘मजदुर’ दैनिकबारे बुधबार अध्ययन गोष्ठी भयो ।
कार्यक्रममा नेमकिपाका सचिव प्रेम सुवालले भीडको राजनीतिले देश अगाडि नबढ्ने बताउँदै कार्यकर्ताहरूलाई सैद्धान्तिक र माक्र्सवादी विचारले प्रेरित गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
“देशमा अहिले प्रतिनिधिसभा विघटनसँगै नेकपाभित्रका दुई गुटले देश र जनतालाई राजनीतिक शिक्षा दिनुको सट्टा गाली गलौजमा उत्रेर राजनैतिक बौद्धिक टाटपल्टाइ प्रदर्शित गरिरहेको छ”, उहाँले भन्नुभयो ।
सचिव सुवालले राजनीति देश र जनताको सेवाको निम्ति हुनुपर्नेमा सत्तामा गएका पार्टीहरूले सत्ता, भ्रष्टाचार र भागबन्डाको लागि मात्र राजनीति गरिरहेको बताउनुभयो ।
पार्टी स्थापना दिवसको अवसरमा नेमकिपाले विभिन्न नगर र जिल्लामा पुस्तक प्रदर्शनी गरिरहेको र नेमकिपालाई जनताले नजिकबाट हेर्ने अवसर मिलेको उहाँले बताउनुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य नारायण महर्जनले राजनैतिक पार्टीहरू मध्यावधि निर्वाचनबाट भाग्नु गलत रहेको बताउँदै निर्वाचन प्रजातन्त्रको प्रक्रिया भएको बताउनुभयो ।
उहाँले मध्यावधि निर्वाचनबाट करोडौँ जनताले राजनैतिक शिक्षा पाउने बताउनुभयो ।
नेमकिपा कीर्तिपुर नगर समितिका अध्यक्ष हरिकुमार महर्जनको सभापतित्वमा भएको कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य राजवीर डंगोल, वैकल्पिक केन्द्रीय सदस्य नारायणबहादुर दुवाल, रामचन्द्र महर्जन, विश्वक डंगोल, मदन श्रेष्ठ, सानुकाजी महर्जन, नेल्सन महर्जनलगायतले ‘श्रमिक’ र ‘मजुदर’ पत्रिकाका आलेखहरूबारे बोल्नुभएको थियो ।
Leave a Reply