भर्खरै :

तिब्बतमा गाउँलेको आम्दानी एक सय गुणाले वृद्धि

ल्हासा, १० फेब्रुअरी । तिब्बती पात्रोको नव वर्ष र चिनियाँ परम्परागत पात्रोअनुसार वसन्त चाड मनाउने बेलामा तिब्बती शाननान सहरीय नाइतुङ जिल्ला छाङ चु बस्ती खसुङ समुदाय आवासमा व्यस्त दृश्य देखिएको छ ।
शाननान सहरबाट खसुङ समुदायसम्म पुग्न गाडीद्वारा दश मिनेटमात्र लाग्छ । यस समुदायको आवासलाई तिब्बतमा प्रजातान्त्रिक सुधार गर्ने पहिलो गाउँ मानिएको छ । लगभग ६० वर्षअघि यस आवासले सर्वप्रथम प्रजातान्त्रिक सुधार गर्नुका साथै तिब्बती इतिहासमा पहिलोपटक मुक्त भूदासबाट सहभागी प्रजातान्त्रिक निर्वाचनको आयोजना गरेको थियो । यहाँ तिब्बतको पहिलो गाउँस्तरीय चिनियाँ कम्युनिस्ट पार्टी समिति, पहिलो किसान सङ्घ र पहिलो जन समूहको स्थापना भएको छ ।
खसुङ समुदाय आवास समितिका जिम्मेवार व्यक्तिका अनुसार, स्थानीय बासिन्दाको सरदर वार्षिक आम्दानी २२ हजार ३ सय १ युआन पुगेको छ । यो सन् १९७८ को तुलनामा १११ गुणाले वृद्धि भएको छ । चालीस वर्षमा ठूलो फड्को मारेको छ ।
प्रजातान्त्रिक सुधारअघि खसुङमा ३०२ जना भूदास थिए । त्यसबेला सबै परिवार पशुसँगसँगै टहरामा बस्नुका साथै हरेक दिन सूर्य नउदाएको बेला नै उठेर काम थाल्नुपर्ने ७८ वर्षीय वृद्ध सोलाङ टनचुले सम्झना गर्नुभएको छ ।
सन् १९५९ मार्चमा चिनियाँ कम्युनिस्ट पार्टी केन्द्रीय समितिको नेतृत्वमा तिब्बतका विभिन्न जातीय सर्वसाधारणले प्रजातान्त्रिक सुधार गरेर भूदासबाट मुक्त भएका थिए । बीसौँ शताब्दीको ८० औँ दशकमा सुधार तथा खुलापनले पठारभूमिमा किसानहरूको जैविक शक्तिलाई प्रोत्साहन गरेको छ । भूदासको सन्तान थुतोले गाउँमा पहिलो ट्रक किनेका थिए । तावा ट्रेरेनले चाउचाउ कारखाना सञ्चालन गरेर गाउँलेको आम्दानी वृद्धिमा सहयोग गरेका थिए ।
चिनियाँ कम्युनिस्ट पार्टीको अठारौँ महाधिवेशनदेखि ख सुङ समुदाय आवासमा फेरि ठूलो परिवर्तन भएको छ । राष्ट्रले चार करोड युआनको लगानी गरेर पर्यावरणीय सभ्यता तथा सम्पन्न नमूनाको निर्माण सुरु गरेको छ । त्यहाँ जल, बिजुली, वृक्षारोपन प्रणालीको पुनर्निर्माण गर्नुका साथै सेवा केन्द्र, ग्रामीण पुस्तकालय, तालिम कक्ष, मनोरञ्जन कक्षको निर्माण पनि गरिएको छ । कृषिमा यान्त्रिकीकरण दर ९८ प्रतिशत पुगेर अन्नपातको उत्पादन मात्रा प्रजातान्त्रिक सुधारअघि भन्दा लगभग तीन गुणा बढेको छ । सन् २०१९ मा ग्रामीण अर्थतन्त्रको कुल आम्दानी ३ करोड ८० लाख युआन पुगेको छ । गाउँमा १२ सहकारी सङ्घको स्थापना भएको छ । ढुवानी र पर्यटनको विकास गर्न गाउँमा ४५ वटा गाडी छन् ।
हाल खसुङ समुदाय आवासमा खसुङ सङ्ग्रहालयको स्थापना गरिएको छ । सङ्ग्रहालयको ढोकामा ‘पानी खाएपछि कुवा बनाउनेलाई बिर्सनुहुँदैन, नयाँ जीवन बिताउँदा चिनियाँ कम्युनिस्ट पार्टीलाई बिर्सनुहुँदैन’ भन्ने ब्यानर राखिएको छ । यो इतिहासको प्रमाण हो । यो जनताको आवाज हो ।
सीआरआई

Leave a Reply

Your email address will not be published. Required fields are marked *