सन्दर्भ : क्रिस हानी जन्म दिवस (जून २८) – अफ्रिकी स्वतन्त्रता आन्दोलनका योद्धा तथा कम्युनिस्ट नेता क्रिस हानी – ४
- असार १५, २०८३
TOB समूहका अध्यक्ष तेन्जिन दावा लामाको कागज व्यहोरा
मैले मेरो वंश–जातलाई प्रतिनिधित्व हुने गरी Tibetan original blood (TOB) भन्ने शब्द ऋचभबतभ गरेको हुँ, जसको कुनै सङ्गठन छैन । म संस्थापक अध्यक्ष रहेको (The Original Brother) नामको ‘मोटर साइकल क्लव’ मा सुरुमा ४५/५० जना सदस्य रहेकोमा हाल १२ जना मात्र छौँ । The Original Brother ‘मोटरसाइकल क्लव’ लाई औपचारिक रूपमा दर्ता गर्ने क्रममा छु । Tibetan original blood को Uniform/jacket insignia प्रयोग गर्ने कुनै लिखित नियम छैन । तर, कार्यक्रम हुँदा क्लबको टिसर्ट लगाउने गरिएको हो ।
भदौ २३ गते जेनजी युवा समूहले आन्दोलन गर्दै छ भन्ने सामाजिक सञ्जालबाट थाहा भएको थियो । भदौ २३ गते बिहान करिब ०९ः०० बजे मलाई सोनाम शेर्पाले फोन गरी साथीभाइहरू आन्दोलनमा जाने तयारी गर्दै छन् भनेपछि म पनि कोठाबाट १०ः४० बजे निस्केको हुँ । हामीहरू चावहिल चोकमा भेला भई करिब १०/१२ वटा मोटरसाइकलमा २/२ जना बसेर धोबि खोलाको बाटो हुँदै बिजुली बजार पुलमा अन्दाजी ११ः४० बजे पुगेका थियौँ । नयाँ बानेश्वर चोक पुगेर आकाशेपुल कट्न नसकेपछि मोटरसाइकल साइडमा राखी प्रदर्शनमा सहभागी भएको हुँ । मैले भिडमा एक जनाबाट ह्यान्डमाइक मागेर ‘के.पी. मोरो, रन्डिको छोरो’ ‘मेरो देश मेरो शान’ जस्ता नारा लगाएको थिएँ । एक्कासि मेरो टाउकोमा २ वटा ढुङ्गाले चोट लागेर रगत बग्न थालेपछि पुनः धोबिखोला हुँदै घर गएको हुँ । सामाजिक सन्जालमा Tibetan original blood लेखिएको ज्याकेट लगाई प्रदर्शनमा सहभागी भएको मानिस मै हुँ । नेपालमा बसेर ‘एक चीन नीति’ को विरोध गर्न पाइँदैन भन्ने मलाई थाहा छ । नेपालको संविधान, सार्वभौमसत्ता र अखण्डताबारे मेरो कुनै विरोध छैन । भदौ २३ गते प्रदर्शन स्थलमा मैले Hate speech /separatist slog बल पृथकतावादी नारा लगाएको थिइन ।
“मलाई मेरो देश मलाई फिर्ता चाहियो, मेरो देश मेरो शान” भन्ने नारा मैले भ्रष्टाचारबाट मुक्त आफ्नै देश नेपाल चाहियो भन्ने सन्दर्भमा लगाएको हुँ । हामी संसद् भवनसम्म पुग्नै सकेनौँ र सामाजिक सञ्जालमा देखिएका संसद् भवन आसपास ठुलो आवाज निकाल्दै शान्तिपूर्वक प्रदर्शनमा बुलेटबाइक चलाएका व्यक्तिहरू हामी तथा हाम्रो समूह होइन ।
राष्ट्रिय ट्रमा सेन्टर महाबौद्धका डा. रुपेश यादवको कागज व्यहोरा
भदौ २३ गते नियमित रुटिनमा काम कारबाही चलिरहेको थियो । भदौ २३ गते मेरो ड्युटी आईसीयूमा थियो । उक्त दिनको आन्दोलन बच्चाहरूको भएकोले राज्य कठोर रूपमा प्रस्तुत नहोला; ठुलो सुरक्षा थ्रेट नहोला र सामान्य लाठीचार्जसम्म होला भन्ने आकलन थियो । तर, मिडियाबाट गोली चलेको जानकारी पाएपछि अप्रेसन युनिटको नियमित अप्रेसनहरू छिटो सकाई अप्रेसन थिएटर खाली राख्ने तयारी थालेका थियौँ ।
राष्ट्रिय ट्रमा सेन्टरमा यो युनिटमा काम गर्ने जम्मा ११ जनामात्र छौँ । लगभग दिनको १३ः०० बजेतिर गोली लागेका घाइते बच्चाहरू अस्पतालमा आउन थाले । छर्रासम्म लागेका घाइतेहरू आउलान् भन्ने अपेक्षाविपरीत ठुलो सङ्ख्यामा Gun Shot का घाइतेहरू (जोर्नी, थाई, हिप, स्पनाइनल कर्डमा गोली लागेका) ओइरिन थाले । त्यसपछि अस्पतालमा स्वास्थ्य इमर्जेन्सी घोषणा गरी घाइतेको उपचारमा संलग्न रह्यौँ । घाइतेको अवस्थाअनुसार Yellow, Green, Black, Red Zone मा विभाजित गरी उपचार प्रक्रिया अगाडि बढायौँ ।
२३ गतेको एकजना घाइतेको खुट्टासमेत काट्नु परेको थियो । २४ गते कोटेश्वरलगायतका स्थानबाट घाइतेहरू आउन थाले । उपचारको लागि आएका बिरामीमध्ये केही त आन्दोलनमा सहभागी नभएकाहरू थिए । उनीहरू कफी पिउँदै गरेको अवस्थामा सर्भाइकल स्पाइनल कर्डमा गोली लागेर गम्भीर अवस्थाका रहेछन् । यो घटनामा १७/१८ वर्षका बच्चा उमेरका घाइते धेरै थिए ।
Leave a Reply