भर्खरै :

सक्कली सुन भन्दै रु. ५५ लाख ठगी

काठमाडौँ, २८ माघ । काठमाडौँमा एउटा आपराधिक समूहले एक किलो नक्कली सुन दिएर ५० रूपैयाँ लाख ठगी गरेको छ । उक्त समूहले काठमाडौँको ताहाचल बस्ने एक व्यक्तिलाई सुन जस्तो देखिने एक किलो पहेँलो धातुलाई सक्कली सुन हो भन्दै ५५ लाख रूपैयाँ ठगी गरेको महानगरीय अपराध महाशाखाले जनाएको छ ।
महाशाखाको टोलीले ठगी गरेको आरोपमा ६ जनालाई पक्राउ गरी आवश्यक अनुसन्धानका लागि महानगरीय प्रहरी परिसर काठमाडौँलाई बुझाएको छ । पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका– १६ बस्ने काभ्रेका ३२ वर्षीय सन्तबहादुर लामा, काठमाडौँ तार्केश्वर नगरपालिका– ५ शान्तिटोल बस्ने नुवाकोटका ४५ वर्षीय ऋषमान घले, मेख तामाङ, जेरी तामाङ, राज तामाङ र काठमाडौँ महानगरपालिका ताहाचल बस्ने झापाका अभयकुमार चौधरी रहेका छन् ।
माघ ११ गते उक्त सुनजस्तो देखिने एक किलो पहेँलो धातु सक्कली सुन हो भन्दै उक्त ठगी गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय अपराध महाशाखा मीनभवनबाट खटिएको प्रहरीले उनीहरूलाई उपत्यकाको विभिन्न स्थानबाट पक्राउ गरेको थियो । उनीहरूको साथबाट प्रहरीले रू. नौ लाख ५० हजार नगदसहित ठगी गरेको रकमबाट खरिद गरेको मोटरसाइकल र पाँच वटा मोबाइल बरामद गरेको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *