भर्खरै :

राष्ट्रपति सीको वसन्त पर्वको शुभकामना सन्देश

पेइचिङ, १० फेब्रुअरी । चीनका राष्ट्रपति सी चिनफिङले चिनियाँ कम्युनिस्ट पार्टी केन्द्रीय समिति र राज्य परिषद्को तर्फबाट सबै चिनियाँ जनतालाई वसन्त चाडको अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ ।
चिनियाँ कम्युनिस्ट पार्टीका महासचिव तथा केन्द्रीय सैनिक आयोगका अध्यक्ष राजधानी पेइचिङको ग्रेट हल अफ द पिपुल्समा आयोजित भेलामा सबै जनजाति समूह, हङकङ, मकाउ, ताइवान र विदेशमा रहेका सबै देशभक्त जनतालाई वसन्त पर्वको हार्दिक शुभकामना व्यक्त गर्नुभयो ।
आगामी फेब्रुअरी १२ मा यो वर्षको वसन्त पर्व अथवा चिनियाँ चन्द्रमासको नयाँ वर्ष परेको छ ।
“सबै कोणमा मध्यम ढङ्गले समृद्ध समाज बनाउने पहिलो शताब्दी लक्ष्य हासिल हुनु ठूलो महत्वको कोशेढुङ्गा हो”, राष्ट्रपति सीले भन्नुभयो ।
विनम्रता र सजगताको लागि आह्वान गर्दै सीले दोस्रो शताब्दी लक्ष्य हासिल गर्ने र चिनियाँ राष्ट्रको महान् पुनःजागरण प्रयासको लागि आग्रह गर्नुभयो । उहाँले शान्ति रक्षा र समग्र मानव जातिको विकासको लागि नयाँ र महान् योगदानको लागि आग्रह गर्नुभयो ।
चीनका नेताहरू ली खस्याङ, ली चाङ्सु, वाङ याङ, वाङ हुनिङ, चाओ लिची, हान चेङ र वाङ छिशानलगायत भेलामा सहभागी थिए ।
कार्यक्रममा सीले सन् २०२० मा पार्टीको नेतृत्वमा चीनले हासिल गरेका उपलब्धिबारे चर्चा गर्दै कोभिड–१९ महामारीलाई नियन्त्रणमा ल्याउने चीन पहिलो देश भएको, आर्थिक विकासमा सकारात्मक उपलब्धि हासिल गर्ने प्रमुख अर्थतन्त्रमा चीन नेतृत्वमा परेको, सबै कोणबाट मध्यम स्तरको समृद्ध समाज निर्माणमा ऐतिहासिक प्रगति हासिल भएको र तोकिएको समयमा नै गरिबी निवारण गर्न सफल भएको चर्चा गर्नुभयो ।
“चीनले विज्ञान र प्राविधिक अनुसन्धान परियोजनामा प्रमुख उपलब्धि हासिल ग¥यो । बेल्ट एन्ड रोड परियोजनालाई अघि बढाउन मूर्त प्रगति हासिल गर्न र तेह«ौँ पञ्चवर्षीय योजना कार्यान्वयनमा सफलता हासिल भएको छ । त्यस्तै मानव जातिको साझा भविष्यको समुदाय बनाउन विश्वव्यापी समर्थन जुटाउन सकेका छौँ”, सीले भन्नुभयो ।
“तथ्यले फेरि एकपल्ट चिनियाँ विशेषतासहितको समाजवादी व्यवस्था अतुलनीयरूपमा अत्यावश्यक र सिर्जनात्मक भएको देखाएको छ”, उहाँले भन्नुभयो ।
“चिनियाँ कम्युनिस्ट पार्टीको पछि सबै जनजातिहरू र सिङ्गो पार्टी पङ्क्ति एकजुट हुँदासम्म जस्तोसुकै कठिनाइ पनि हामी सामना गर्न सक्छौँ”, सीले भन्नुभयो ।
उहाँले सन् २०२१ मा महामारी नियन्त्रणमा अझ बढी सफलता हासिल गर्ने, सामाजिक र आर्थिक विकासका थप काम गर्ने र देशको चौधौँ पञ्चवर्षीय योजनालाई देश विकासको निम्ति अझ अघि बढाउने बताउनुभयो । यसले चिनियाँ कम्युनिस्ट पार्टीको शताब्दी लक्ष्य हासिल गर्न महत्वपूर्ण योगदान हुने सीको भनाइ थियो ।
एक सय वर्षको अवधिमा चिनियाँ कम्युनिस्ट पार्टी संसारकै सबभन्दा ठूलो सत्तारुढ माक्र्सवादी पार्टी भएको र विगत ७० वर्षदेखि संसारकै सबभन्दा ठूलो समाजवादी देशको सरकार सञ्चालन गरिरहेको उहाँले बताउनुभयो ।
चिनियाँ कम्युनिस्ट पार्टीमा हाल ९ करोड १० लाखभन्दा बढी सदस्यहरू छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *