यासुकुनी मन्दिरको भ्रमण र आर्थिक प्रस्तावहरूले जापानको ‘शान्तिको देश’ मकुन्डो च्यात्छ
- कार्तिक १०, २०८३
सान्टियागो, ११ फेब्रुअरी । कोभिड–१९ महामारीको कारण श्रम बजारमा ल्याटिन अमेरिका र क्यारिबियाली क्षेत्रका महिलाहरूको अवस्था दस वर्ष पछाडि धकेलिएको ल्याटिन अमेरिका र क्यारिबियाली क्षेत्र आर्थिक आयोग (इक्लाक) ले बुधबार सार्वजनिक गरेको विशेष प्रतिवेदनले जनाएको छ ।
इक्लाकले महामारीको विषयमा पछिल्लो समय जारी गरेको ‘समानतासहितको दिगो पुनःस्थापनाभित्र महिलाको आर्थिक स्वायतत्ता’ शीर्षकको प्रतिवेदनमा सन् २०२० मा रोजगार बजारमा महिलाहरूको सहभागिता दर ४६ प्रतिशत थियो भने पुरुषहरूको ६९ प्रतिशत रहेको उल्लेख छ । सन् २०१९ मा भने त्यो दर क्रमशः ५२ र ७३.६ प्रतिशत थियो ।
प्रतिवेदनले सन् २०२० मा श्रम बजारबाट महिलाहरू ठूलो सङ्ख्याबाट बाहिरिएको तर उनीहरू घरायसी कामकै व्यस्तताको कारण रोजगारीको खोजी पनि फेरि नफर्किनसकेको बताएको छ ।
सन् २०२० मा सो क्षेत्रको कुलगार्हस्थ उत्पादन (जीडीपी) ७.७ प्रतिशतले घटेको र स्वास्थ्य सङ्कटको रोजगारीमा प्रभावले घरायसी आम्दानीमा नकारात्मक असर गरेको प्रतिवेदन भनिएको छ ।
संयुक्त राष्ट्र सङ्घको क्षेत्रीय सङ्गठन इक्लाकले सन् २०२० मा ल्याटिन अमेरिकाका झण्डै ११ करोड ८० लाख महिलाहरू गरिबीको दलदलमा फसेको चर्चा गर्दै अघिल्लो सन् २०१९ को तुलनामा यो २ करोड ३० लाखले बढी भएको बताइएको छ ।
“महामारीको सामनाको अग्रपङ्क्तिमा सो क्षेत्रका महिलाहरू नै छन्”, स्वास्थ्य क्षेत्रमा काम गर्ने कुल जनशक्तिमध्ये ७३.२ प्रतिशत महिला भएको भन्दै इक्लाकका कार्यकारी सचिव एलिसिया बार्सिनेकाले भनिन् ।
ती महिलाहरूले दैनिक धेरै लामो समय काम गर्नेजस्ता अप्ठ्यारो अवस्थाको कारण सङ्क्रमण र तलबमा विभेदको जोखिम बढेको भन्दै बार्सिनेकाले पुरुषको तुलनामा महिलाको आम्दानी २३.७ प्रतिशतले कम भएको बताइन् ।
महामारीको सबभन्दा बढी प्रभावित क्षेत्रहरूमध्ये एउटा क्षेत्र घरेलु रोजगारी पनि हो । त्यो क्षेत्रमा अधिकांश मजदुरहरू महिला नै छन् ।
महिलाको लागि श्रमको अवस्थामा सुधार गर्न ल्याटिन अमेरिका र क्यारिबियाली क्षेत्रले स्याहार अर्थतन्त्रमा लगानी गर्नुका साथै त्यसलाई पुनःस्थापनाको गतिशील क्षेत्रको रूपमा स्वीकानुपर्ने उनले भनिन् । त्यसले जनताको जीवनमा बहुपक्षीय सुधार गर्न, समय र आम्दानीको पुनःवितरण, श्रममा सहभागिता, वृद्धि र कार राजस्वमा पनि सुधार गर्न भूमिका खेल्ने उनले भनिन् ।
“सरकारले आफ्नो खोप रणनीतिअन्तर्गत सरसफाइ, यातायात, स्याहारका साथै शैक्षिक प्रणाली र घरेलु स्वास्थ्यमा काम गरिरहेका व्यक्तिहरूलाई स्वास्थ्यकर्मीहरूसँगै प्राथमिकता दिइनुपर्छ । ती सबै क्षेत्रमा काम गरिरहेका श्रम शक्ति महिला छन् । उनीहरू नै जीवनको दिगोपना र स्याहारका प्रमुख आधार हुन्”, उनले भनिन् ।
Leave a Reply