राष्ट्रवादको गलत व्याख्या …. !?
- कार्तिक १२, २०८३
काभ्रे, २९ माघ । नेमकिपाको ४७ औँ स्थापना दिवसको अवसरमा काभ्रेको पाँचखालमा बिहीबार पुस्तक प्रदर्शनी गरियो ।
पुस्तक प्रदर्शनीपछि भएको कोणसभामा नेमकिपाका वैकल्पिक केन्द्रीय सदस्य नारायणबहादुर दुवालले कम्युनिस्टहरू समाजवादी गणतन्त्रको पक्षमा रहने बताउनुभयो ।
अहिलेको व्यवस्था पुँजीवादी गणतन्त्र भएको चर्चा गर्दै उहाँले नेकपा कम्युनिस्ट पार्टी नभएको स्पष्ट पार्नुभयो ।
उहाँले भन्नुभयो, “नेकपाको अहिलेको झगडा सैद्धान्तिक नभई सत्ता, व्यक्तिगत स्वार्थ र भागबन्डामा सीमित रहेको छ । निर्वाचन प्रजातान्त्रिक प्रक्रिया भएकोले नेमकिपा निर्वाचनको पक्षमा छ ।”
नेमकिपाका अर्का वैकिल्पक केन्द्रीय सदस्य कृष्णबहादुर तामाङले नेमकिपा सच्चा देशभक्त र मजदुर–किसानहरूको पार्टी भएको र पार्टीको निर्देशक सिद्धान्त माक्र्सवाद, लेनिनवाद र माओ त्सेतुङ विचारधारा भएको बताउनुभयो ।
सभामा नेमकिपा पाँचखालका उपाध्यक्ष सूर्यलाल तामाङले जनताको राजनीतिक चेतनास्तर बढाउन नेमकिपाले निर्वाचनमा भाग लिने बताउनुभयो ।
कार्यक्रममा रोशनराज तामाङले पनि बोल्नुभएको थियो ।
Leave a Reply