नेपालीहरू भारतविरोधी होइनन् – २
- कार्तिक १२, २०८३
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँबाट श्वास प्रश्वास पुनःस्थापन केन्द्रको उद्घाटन गर्न पाउँदा हामी अत्यन्त खुसी छौँ । भक्तपुर नगरपालिकाले जनताको स्वास्थ्यलाई प्राथमिकतामा राखी निरन्तर काम गर्दै आएकोमा आजबाट थप एउटा सेवा विस्तार गर्दै छौँ । यस केन्द्रको उद्घाटन २०७६ चैत ३ गते गर्ने र सोही दिनबाटै सेवा सञ्चालनमा ल्याउने हाम्रो तयारी थियो तर अन्तिम समयमा आएर कोभिडका कारण रोकिनुप¥यो । आज झन्डै १० महिनापछि यो कार्यक्रम गर्दै छौँ ।
आज पनि कोभिडकै कारण जापानबाट आउने प्रतिनिधि साथीहरू आउन सक्नुभएन । उहाँहरूको भिडियो सन्देश प्राप्त भएको छ । यस सेवा सञ्चालनको लागि सहयोग गर्ने जापान सरकार र सहयोगी संस्था जिम्टेफप्रति आभार व्यक्त गर्दछौँ । हाम्रा चिकित्सकहरूले जापानमा गएर दमखोकीको उपचारसम्बन्धी तालिम लिएर आउनुभएको छ । ती तालिम प्राप्त चिकित्सकहरूबाट अहिले स्वास्थ्यकर्मीहरूलाई तालिम दिने कार्य पनि भइरहेको छ ।
नेपालमा सर्नेभन्दा नसर्ने रोगहरूले जनता आक्रान्त बन्दै छन् । दमखोकीजस्ता श्वासप्रश्वास सम्बन्धी रोगले धेरै जनता पीडित छन् । विश्व वातावरणमा आएको परिवर्तन, अनियन्त्रित जङ्गल फडानी, तीव्रगतिमा सहरीकरण, औद्योगिकीकरणसँगै धुलो, ध्वनि र रसायन उद्योगहरूबाट हुने वातावरण प्रदूषण तथा अनियन्त्रितरूपमा आयातीत सवारीसाधनहरूले श्वासप्रश्वाससम्बन्धी रोगलाई मलजल दिइरहेको छ । सरकारको तर्फबाट उचित प्रयास र जनता सचेत नभएसम्म यसलाई नियन्त्रण गर्न सम्भव छैन ।
विश्वको औसतभन्दा बढी नेपालमा वातावरण प्रदूषण भएको र काठमाडौँ उपत्यका झन् बढी प्रदूषित भएको विभिन्न रिपोर्टहरूमा जनाइएको छ । भक्तपुरवासीहरूमा बढ्दै गएको दम खोकीको उपचारसम्बन्धी खोजी गर्दै जाने क्रममा श्वासप्रश्वास पुनः स्थापन केन्द्र सञ्चालन गर्नेमा हामी पुग्यौँ । यसलाई व्यवस्थितरूपमा अगाडि बढाउनेछौँ ।
आर्थिक उदारीकरणसँगै स्वास्थ्य सेवा पनि बिस्तारै निजीकरण हुँदै गएपछि गरिब जनताको लागि स्वास्थ्य उपचार निकै महँगो हुन पुग्यो । स्वास्थ्य उपचारमा नागरिकहरूको सहज पहुँच र सस्तो र गुणस्तरीय स्वास्थ्य उपचार सेवा प्रदान गर्ने उद्देश्यले भक्तपुर नगरपालिकाले च्याम्हासिंह, भगवतीस्थान र ब्यासी गरी तीनवटा जनस्वास्थ्य सेवा केन्द्रहरू सञ्चालन गर्दै आएको छ । कोभिड महामारीबीच पनि भक्तपुर नगरपालिकाबाट सञ्चालित ती स्वास्थ्य केन्द्रहरू बन्द भएनन् । जनतालाई सङ्कट परेको बेला झन् बढी सेवा गर्नुपर्छ भन्ने भावनाले स्वास्थ्य मापदण्डको पालना गरी निरन्तर सेवा प्रदान गर्दै आयौँ ।
ओपीडी सेवा, इमर्जेन्सी सेवा, हाडजोर्नी, नाक, कान, घाँटी, एक्स रे, दन्त सेवा, ल्याबसहित १९ थरीको स्वास्थ्य सेवा प्रदान गर्दै आएकोमा २०७७।७८ को बितेको ६ महिना (साउनदेखि पुस मसान्तसम्म)मा भनपाबाट सञ्चालित जनस्वास्थ्य केन्द्रहरूबाट कुल ५५ हजारभन्दा बढी बिरामीले उपचार पाएका छन् । मासिक ९ हजारभन्दा बढी अर्थात् औसतमा दैनिक ३ सत्न्दा बढी नागरिकले स्वास्थ्य उपचार सेवा पाउँदै आएका छन् ।
त्यसैगरी नगर प्रमुखको अध्यक्षतामा गठित व्यवस्थापन समितिको निर्देशनमा जिल्ला सामुदायिक आँखा केन्द्र च्याम्हासिंहमा सञ्चालनमा छ । त्यस केन्द्रबाट आ.व. २०७७।७८ को बितेको ६ महिनामा १५,३६८ जनालाई सेवा प्रदान गरेको छ । त्यस केन्द्रबाट आँखा जाँच, चस्मा जाँच, मोतिबिन्दु शल्यक्रिया, जलविन्दुको जाँचलगायतको सेवा प्रदान गर्दै आएको छ । उक्त सेवाबाट जनता आँखाको सामान्य उपचारको लागि काठमाडौँको तीलगंगा आँखा अस्पतालसम्म जानुपर्ने बाध्यता हटेको छ । ख्वप अस्पतालकै प्राङ्गणमा व्यवस्थित आँखा अस्पताल बनाउने तयारीलाई पनि अगाडि बढाइरहेका छौँ ।
माघ महिनाको २४ गतेदेखि भक्तपुर नगरपालिका क्षेत्रभित्र नगरस्तरीय नागरिक आरोग्य केन्द्र पनि सञ्चालनमा आएको छ । आर्युवेदिक औषधिको उपचारमा पनि भक्तपुरमा सहज सेवा उपलब्ध भएको जानकारी गराउन चाहन्छौँ ।
देशकै सानो नगरमध्ये पर्ने भक्तपुर नगरपालिकाभित्र स्तरीय क्यान्सर अस्पताल, सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुर अस्पतालजस्ता सरकारी अस्पतालहरू छन् । भक्तपुर क्यान्सर अस्पताल जनताकै जग्गा र पैसाबाट निर्माण भएकोलाई नेपाल अर्बुद रोग निवारण संस्था नामको गैरसरकारी संस्थाले निजी अस्पतालझैँ चलाएको र त्यहाँ भ्रष्टाचारको समाचार बाहिरिन थालेपछि नगरपालिकाले आफ्नै व्यवस्थापन समिति गठन गरेर सञ्चालन सुरु ग¥यो । सर्वोच्च अदालतको अन्तरिम आदेशको कारण त्यहाँ नगरपालिकाले प्रत्यक्ष काम गर्न पाएन तर उक्त अस्पताललाई सरकारी स्वामित्वमा ल्याउन भने निरन्तर जोड दिइरह्यो । २०७७ कार्तिक महिनादेखि मन्त्रिपरिषद्बाट गठित भक्तपुर क्यान्सर अस्पताल गठन आदेशको आधारमा सरकारी स्वामित्व प्राप्त भएको छ । अब अन्य सरकारी अस्पतालसरह नै जनताले सेवा सुविधा पाउने भएका छन् ।
भक्तपुर नपामा जनप्रतिनिधिले पदभार ग्रहणसँगै भक्तपुर अस्पतालमा पनि विगतका कमी कमजोरी हटाइ राम्रो सेवा प्रदान गर्ने उद्देश्यले सुधारका निकै प्रयासहरू भए । अस्पतालसँगैका जग्गा केही वर्षको लागि अस्पताललाई प्रदान गरी त्यहाँ आईसीयूभन्दा कम र सामान्त्न्दा माथिको हाइ डिपेन्डेन्सी युनिटसमेतको बन्दोबस्तसँगै अहिले २०० बेडको स्वीकृति आएकोे जानकारी प्राप्त भएको छ । उक्त अस्पतालमा ५ जना नर्स र अन्य केही स्टाफहरू नगरपालिकाले खटाई सेवामा सहज बनाइरहेको छ । खुसीको कुरा हो, यो वर्ष भक्तपुर अस्पताल बाग्मती प्रदेशकै एक उत्कृष्ट अस्पताल हुन सफल भएको छ ।
भक्तपुर नगरपालिकालाई २५ शय्याको अस्पताल सञ्चालनको लागि स्वीकृति प्राप्त छ । सुविधासम्पन्न अस्पताल निर्माण गर्ने उद्देश्यले ख्वप अस्पताल भवन निर्माणको काम तीव्रगतिमा भइरहेको छ । उक्त भवन सञ्चालनमा केही ढिला हुने सम्भावना भएकोेले छिट्टै नै हामीसँग उपलब्ध भवनहरूमा अस्पताल सञ्चालनको तयारी प्रक्रिया अगाडि बढाउँदै छौँ ।
भक्तपुर नगरपालिकाले निर्वाचन घोषणापत्रअनुसार देशमै पहिलोपटक घरदैलो नर्सिंङ सेवा सुरु ग¥यो । वडा – वडामा खुला व्यायामशालाहरू स्थापना गरी सम्पूर्ण नागरिकलाई शारीरिक व्यायामको अवसर प्रदान गर्यो । कोभिडको बेला सुविधासम्पन्न आइसोलेसन केन्द्र, क्वारेनटाइनको बन्दोबस्त र ती केन्द्रहरू र घरघरमा एकान्तबास बसेका नागरिकहरूलाई स्वास्थ्य सेवा, सरसफाइ र परामर्श सेवा प्रदान गर्दै आयो । सम्पूर्ण जनप्रतिनिधिहरू सदा जनताको साथ र सेवामा समर्पित रहँदै आउनुभएको छ ।
क्यान्सर, मस्तिष्कघात, मृगौला र मुटु रोगजस्ता घातक रोग लागेका बिरामीहरूलाई सरकारी सुविधाको अतिरिक्त प्रतिव्यक्ति १० हजारका दरले आर्थिक सहयोग नगरपालिकाले प्रदान गर्दै आएको छ ।
भक्तपुर नगरपालिका सधँै जनताको साथमा छ । भक्तपुर शिक्षा, सम्पदा संरक्षण र सरसफाइमा उत्कृष्टतासँगै अब स्वास्थ्य उपचारमा पनि उत्कृष्ट सेवा प्रदान गर्ने हाम्रो उद्देश्य हो । नगरपालिकाको काममा निरन्तर साथ र सहयोग प्रदान गर्नुभएका सम्पूर्ण नगरवासी दाजुभाइ दिदी बहिनीहरूलाई हार्दिक धन्यवाद ज्ञापन गर्दै निरन्तर सहयोगको अपेक्षासहित बिदा हुन्छु ।
(२०७७ माघ २९ गते, बिहीबार श्वासप्रश्वास पुनःस्थापन केन्द्रको भवन उद्घाटन तथा उपचार सेवा शुभारम्भ कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको मन्तव्य)
Leave a Reply