धर्म र समाज परिवर्तनकोे अन्तरसम्बन्ध– २
- आश्विन १३, २०८३
प्रधानमन्त्री केपी ओली जनताको विश्वास जित्न मीठो सपना बाँड्थे, मीठो सपना बाँडेर मख्ख पार्थे । अख्तियार दुरूपयोग अनुसन्धान आयोगको स्थापना दिवसमा प्रम ओलीले भने, नेपाललाई भ्रष्टाचार नभएको देश बनाउने रे १ सभ्य नागरिकको देश बनाउने रे १ सुशासनको देश बनाउने रे १ साँच्चै नेपाल भ्रष्टाचारमुक्त, सभ्य नागरिक र सुशासनको देश बनाउने ओलीको इच्छा या सपना कति राम्रो थियो । यस्तो राम्रो सपना बुनेका ओलीले समाजवादको कुरा किन्न बुन्न चाहेनन्, यो संसदीय व्यवस्थाबाट आफ्नो सपना पूरा हुँदैन भनी किन चिन्तन मनन गरेनन् ।
भ्रष्टाचार नहुने देश बनाउने, सभ्य नागरिक र सुशासनको देश बनाउने कुरा आयोगको कार्यक्रममा बोलेर पूरा हुँदैन । यस्तै कुरा हालै राजधानीको दरबारमार्गमा आयोजित सभामा बोल्नुपथ्र्यो । पार्टी नेता, मन्त्री, सांसद, कार्यकर्ता र जनप्रतिनिधिहरूको भेलामा बोल्नुपथ्र्यो । आफ्नो पार्टी कार्यक्रम या पार्टी नेता तथा कार्यकर्ता भेलामा नबोली बाहिर अन्य सरकारी कार्यक्रममा बोलेर कसरी देशमा सुशासन कायम हुन्छ ? चरित्रवान, नैतिकवान, देशभक्त, स्वच्छ, इमानदार या पवित्र नागरिक तयार हुन्छ ?
सबभन्दा पहिले सरकारको नेतृत्व गरिरहेको सत्तारूढ दलका नेता, मन्त्री, सांसद, जनप्रतिनिधि र कार्यकर्ताहरू भ्रष्टाचारबाट मुक्त हुनुपर्छ । अन्य ठूला दलका नेता तथा कार्यकर्ता, सरकारी तथा गैरसरकारी निकायका पदाधिकारी, सदस्य र उच्चपदस्थ व्यक्तिहरू भ्रष्टाचारबाट मुक्त हुनुपर्छ । त्यस्तै हरेक दल मातहतका कर्मचारी स·ठन, शुभचिन्तक र समर्थकहरू भ्रष्टाचार, घुस, अनियमितताबाट मुक्त हुनुपर्छ । आफ्नो दल र जनवर्गीय स·ठनअन्तर्गतका कुनै पनि नागरिकले भ्रष्टाचार नगरेमा, पक्षपात नगरेमा, न्याय र समानताको निम्ति लडेमा, सिद्धान्त र विचारको राजनीति गरेमा सुशासनको अनुभूति हुन्छ ।
सत्तारूढ दलका नेता, मन्त्री र सांसदहरू विकास र योजना बाँडेर पदको दुरूपयोग गरी अकुत सम्पत्ति कुम्ल्याउने बाटो बनाउँछन्, पैसाको राजनीति गर्छन् भने कसरी भ्रष्टाचार नभएको देश बन्छ ? देशका आपराधिक व्यक्तिहरूलाई स्थान दिएर, आपराधिक व्यक्तिहरूलाई बढावा र प्रोत्साहन दिएर, उनीहरूको सेरोफेरोमा रहेर या वरिपरि बसेर देशमा कसरी सुशासन कायम हुन्छ ? आपराधिक कार्य गर्नेलाई साथ दिने र आर्थिक अनियमितता गर्ने व्यक्तिहरू नेकपाभित्रै छन् । नेता, मन्त्री र सांसदहरू नै भूमाफिया, डन, घुस्याहा, कमिसनखोर, कालाबजारी र सामाजिक अपराधीहरूको पछि लाग्छन्, दगुर्छन्, भ्रष्टाचार नगर्न र नगराउन प्रतिबद्धता जनाउँदैनन् या प्रतिबद्धता व्यवहारमा लागू गर्दैनन् भने प्रम ओलीले भनेझैँ देश कसरी सभ्य नागरिकहरूको बन्छ ?
Leave a Reply