गत वर्ष उपद्रो हुनुमा तत्कालीन सरकारमा बसेको एमाले र नेपाली काङ्ग्रेस दोषी
- आश्विन १४, २०८३
नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घको पाँचौं पूर्ण बैठक शुक्रबार काभ्रेमा सुरू भएको छ । बैठकमा केन्द्रीय सदस्यहरूलाई प्रशिक्षण दिँदै नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सचिव प्रेम सुवालले कम्युनिस्ट सरकारले सदैव उत्पादनका मुख्य–मुख्य साधनहरू सामाजिकीकरण गर्ने र सर्वहारा वर्गलाई शासक वर्गमा उठाउने काम गर्ने बताउनुभयो ।
सचिव सुवालले वर्तमान नेकपाले पटक–पटक आफू सरकारमा गएर पनि यी दुवै काम कहिले पनि नगरेको हुँदा नेकपा कम्युनिस्ट पार्टी नभई पुँजीवादी पार्टी भएको स्पष्ट छ भन्नुभयो ।
ओली–दाहालबीचको झगडा सिद्धान्त र विचारको सङ्घर्ष नभई प्रधानमन्त्री पदका साथै व्यक्तिगत स्वार्थको लागि भइरहेको स्पष्ट पार्दै उहाँले भन्नुभयो, “भीडको राजनीतिले देशलाई कहिले पनि सही मार्गनिर्देश गर्नसक्दैन । विचार र सिद्धान्तको राजनीतिले मात्र सही दिशा दिने भएकोले विद्यार्थी कार्यकर्ताहरूले पार्टीको निर्देशनअनुसार विचार र सिद्धान्तलाई ध्यान दिई अगाडि बढ्नु आवश्यक छ । ”
पार्टीका अर्का केन्द्रीय सदस्य एवम् भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले पक्षपात, गुन्डागर्दी, अपराध र भ्रष्टाचारलाई राजनीतिको संज्ञा दिननहुने बताउँदै विद्यार्थीहरूले देश र जनताको सेवाभावको राजनीति गर्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले अर्थतन्त्र जसको हातमा छ शासन उसको हातमा हुने अहिलेको व्यवस्थामा पुँजीपति वर्गले कामदार वर्गमाथि शोषण गरी नै रहने स्पष्ट पार्नुभयो ।
बैठकमा सङ्घका केन्द्रीय सदस्यहरूले आ–आफ्नो जिम्मेवारी क्षेत्रबारे व्यक्तिगत तथा सा·ठनिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । सङ्घका अध्यक्ष सविन ख्याजूले बैठक शनिबारसम्म चल्ने जानकारी दिनुभयो ।
Leave a Reply