पुँजीवादी तत्वहरूको विरोध गरिनुपर्दछ
- आश्विन १३, २०८३
नेपाल मजदुर किसान पार्टी भनपा ९ दत्तात्रय समितिको अयोजनामा ‘श्रमिक’ साप्ताहिकबारे अन्तरक्रिया कार्यक्रम बिहीबार सम्पन्न भयो ।
जुम विधिबाट भएको उक्त कार्यक्रममा नेमकिपा भनसका अध्यक्ष नारायणबहादुर दुवालले संसद् विघटन औचित्यपूर्ण भएकोले नेमकिपा निर्वाचनको पक्षमा रहेको तर ओलीको समर्थनमा नरहेको प्रस्ट पार्नुभयो ।
उहाले भन्नुभयो, “संसद पुनःस्थापना भए देश अस्थिरतातर्फ धकेल्ने खतरा छ ।”
आयोजक समितिका अध्यक्ष सञ्जय मानन्धरको सभापतित्वमा सम्पन्न कार्यक्रममा रामकृष्ण प्रजापतिले पनि बोल्नुभएको थियो ।
भनपा ९ मा कर्मचारी समाज गठन
त्यस्तै नेमकिपाको ४७ औँ स्थापना दिवसको आवसरमा नेमकिपा दत्तात्रय समितिको आयोजनामा कर्मचारीहरूको भेला भयो ।
कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य एवम् भनपा वडा नं. ९ का वडा अध्यक्ष रवीन्द्र ज्याख्वले कर्मचारीहरूले इमानदारीपूर्वक देश र जनताको सेवा गर्ने लक्ष्य लिई काम गर्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले नेपालमै पहिलोपटक थेरापिबाट फोक्सोको उपचार गर्ने छाती पुनःस्थापना केन्द्र भनपामा सञ्चालन भइसकेको जानकारी गराउनुभयो ।
नेमकिपा भनसका अध्यक्ष नारायणबहादुर दुवालले कर्मचारीहरूले आफ्नो कार्य क्षेत्रमा दक्षता हासिल गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
उहाँले भन्नुभयो, “अध्ययनमा जोड दिई सांस्कृतिकस्तर विकास गर्नेतर्फ सबैले ध्यान दिनु आवश्यक छ ।”
सञ्जय मानन्धरको सभापतित्वमा भएको कार्यक्रममा नेपाल कर्मचारी समाज भक्तपुरका उपाध्यक्ष राजन जति, रामकृष्ण प्रजापति र हरिकृष्ण छुस्याबागले पनि बोल्नुभएको थियो ।
भेलाले रामकृष्ण प्रजापतिको अध्यक्षतामा १३ सदस्यीय नेपाल कर्मचारी समाज भनपा ९ दत्तात्रय समिति गठन गरेको छ ।
Leave a Reply